कार्य सम्पादनमा सूर्योदय पहिलो
स्थानीय तह कार्य सम्पादनमा इलामका १० पालिका मध्ये सूर्योदय नगरपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्याङ्कनको नतिजा अनुसार सूर्योदय नगरपालिका ४१ दशमलव ८५ अङ्कसहित जिल्लाको पहिलो भएको हो ।
धरान रन शनिबार
धरान १० के नेवा च्यारिटी रनको १२औँ संस्करण फागुन १२ गते शनिबार हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै धरान रन समूह १२ वर्ष पूरा भएको गौरवमय अवसरमा विगत भन्दा फरक र भव्यरुपले मनाउने तयारी पूरा भएको संस्थापक सन्तोष राईले बताउनुभयो ।
ताप्लेजुङमा स्थायी शिक्षकको पदस्थापन
ताप्लेजुङमा पच्चीस जना स्थायी शिक्षकलाई विभिन्न स्थानीय तहमा पदस्थापन गरिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईले शिक्षा विकास निर्देशनालय धनकुटाबाट सिफारिस भएर आएका निम्न माध्यमिक तहका शिक्षकलाई विभिन्न स्थानीय तहमा पदस्थापन गरेको हो ।
बुढासुब्बा गोल्डकप फागुन अन्तिममा
धरानको चर्चित फुटबल प्रतियोगिता वुढासुब्बा गोल्डकपको २४औँ संस्करण फागुन २६ देखि चैत्र ३ गतेसम्म हुने भएको छ । धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी ९० प्रतिशत पूरा भइसकेको जानकारी दिएको हो ।
सगरमाथा क्षेत्रमा आधुनिक सार्वजनिक शौचालय
विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न आउनेजाने तथा सगरमाथा बेस क्याम्प, खुम्बु क्षेत्रको भ्रमण गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक र स्थानीय बासिन्दाको सुविधाका लागि खुम्बु क्षेत्रमा आधुनिक सार्वजनिक शौचालय निर्माण भएको छ ।
पौराणिक महत्व बोेकेको दन्तकाली मन्दिर
धरानको विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिक स्थल दन्तकाली मन्दिरमा हिजोआज बिहानैदेखि दर्शनार्थीको भीडभाड बढ्न थालेको छ ।
मैवाखोला कार्यसम्पादन मूल्याङ्कनमा प्रथम
ताप्लेजुङको मैवाखोलाखा गाउँपालिका कार्य सम्पादन मूल्याङ्कनमा प्रदेशमै प्रथम भएको छ ।
सात वर्षपछि महाभारतमा खानेपानी
निर्माण सुरु भएको झण्डै सात वर्षपछि साँगुरीगढी गाउँपालिका-७ माखावा लिफ्टिङ खानेपानी योजनाको पानी पुगेको छ ।
तमोर ‘कोरिडोर’बाट नेपाल, भारत र चीन जोडिए
राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर कोरिडोरबाट चीन र भारत जोडिएका हुन्
न्यायिक समितिमा धाउँछन् बिल्लीबाठ मिटरब्याजपीडित
विराटनगर–१८ का ६८ वर्षीय महेशलाल मण्डलले २०६९ सालमा छोरीको विवाहका लागि एक लाख सात हजार रुपियाँ ऋण लिनुभएको थियो । ऋण लिँदा सुनीलकुमार साहसँग सयकडा अढाईको ब्याजदर सर्त थियो । साहले महेशलालकी श्रीमती सुमित्रादेवी मण्डलको नाममा भएको साढे चार कट्ठा जग्गा धितो राखेर दिएको ऋणले मण्डलकी छोरीको विवाह भयो । मण्डलले त्यसपछि जति बुझाए पनि ऋण सकिएन । ११ वर्षपछि मण्डलका नाममा साहलाई बुझाउन १९ लाख ९३ हजारको तमसुक छ ।
सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण
नेपाली सेनाले सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण गरेको छ । खुम्बु भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई दृष्टिगत गरी तीन हजार चार सय मिटरको उचाइमा अवस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ फुङ्गी थेङ्गामा चारकोठाको दुईसिटे शौचालय निर्माण गरेको नेपाली सेना रणशुर गुल्म नाम्चेले जनाएको छ ।
चौदण्डी गढी र उदयपुरगढी पालिका उत्कृष्ट बेलका सबैभन्दा कमजोर
प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कन अनुसार आर्थिक वर्ष २०७९-८० मा उदयपुरका दुई पालिका उत्कृष्ट बनेका छन् । स्थानीय सरकारले एक वर्षमा गरेको विभिन्न कामको मूल्याङ्कनमा नेकपा एमालेले नेतृत्व गरेको चौदण्डी गढी नगरपालिका र नेकपा एकीकृत समाजवादीले नेतृत्व गरेको उदयपुर गढी गाउँपालिका उत्कृष्ट बनेका हुन ।
बेसार प्रवर्द्धनमा जुट्यो इलामको रोङ गाउँपालिका
गुन्द्रुक, र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवर्द्धधन सुरु गरेको छ । बाँदरलगायत जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि गाउँपालिका बेसार उत्पादन र प्रवद्र्धनमा लागेको हो ।
चीनसँग जोडियो तमोर कोरिडोर
निर्माणाधीन तमोर कोरिडोर सडकले छिमेकी देश चीनलाई जोडेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोला खण्डमा बाँकी रहेको ट्र्याक निर्माणको काम मङ्गलबार सम्पन्न भएसँगै तमोर कोरिडोरले चीनलाई जोडेको हो । तमोर कोरिडोर नेपालसँग छिमेकी देश चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दुरी भएको सडकका रूपमा लिने गरिएको छ ।
वन्खण्डी र प्रितम दासको प्राण प्रतिष्ठा
धार्मिक पर्यटकीय तीर्थस्थल रामधुनी मन्दिर परिसरमा श्री चन्द्र बाबा, बाबा वन्खण्डी र प्रितम दासको मूर्तिको प्राण प्रतिष्ठा विधिवत् रूपमा गरिएको छ।
इँवाखोलाको उत्पादन ठप्प
ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोलाबाट उत्पादित इँवाखोला जलविद्युत आयोजनाको उत्पादन विगत आठ महिनादेखि ठप्प छ ।
प्रकृति संरक्षण र पर्यटन प्रवर्द्धनका लागि पैदलयात्रा
पछिल्लो समय झापा सहित पूर्वी नेपालमा भारतबाट आउने गरेका जङ्गली हात्तीले मानवीय र भौतिक रूपमा ठुलो क्षति पुर्याउन थालेपछि कोशी प्रदेश सरकारले मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा ‘प्रकृति संरक्षण र पर्यटन प्रवर्द्धनका लागि हात्ती प्रभावित क्षेत्रमा पैदलयात्रा २०८०’ सुरु गरेको छ ।
लोपोन्मुख सामग्री संरक्षण गर्न जालपामा सांस्कृतिक सङ्ग्रहालय
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपामा सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको छ । पुर्खाले प्रयोग गरेका घरेलु सामग्री सङ्कलन गरी जालपामा सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको हो ।
इलामको रोङमा बेसार खेती प्रवर्द्धन गरिँदै
इलामको रोङ गाउँपालिकाले बेसार खेती प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । किसानलाई बाँदर लगायतका जङ्गली जनावरले हैरान बनाएपछि वैकल्पिक खेतीका रूपमा गाउँपालिकाले बेसार खेती प्रवर्द्धन कार्यक्रम सुरु गरेको हो ।
छोरीलाई साथमा लिएर आत्मदाह गर्ने मायाको मृत्यु
श्रीमान् अन्य महिलासँग लागेको भन्दै पाँच वर्षीया छोरी वर्षा विकलाई साथमा लिएर आत्मदाह प्रयास गर्ने महिलाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँ बस्ने घाइते २८ वर्षीया माया रम्तेलको मृत्यु भएको हो ।
३४ वर्षपछि श्रीश्री १०८ विष्णुमहायज्ञ
मोरङको सुनवर्षी नगरपालिका वडा नं. ९ डाइनियाँमा ३४ वर्षपछि श्रीश्री १०८ विष्णु महायज्ञ हुने भएको छ । श्रीश्री १०८ विष्णुमहायज्ञ आयोजक मुल समारोह समितिले आयोजना महायज्ञ आयोजना गर्न लागेको हो ।
घुर ताप्दा जलेर गम्भीर घाइते राजवंशीको मृत्यु
घुर ताप्ने क्रममा जलेर गम्भीर घाइते हुनुभएको झापाको बाह्रदशी गाउँपालिका वडा नं. ५ का ५६ वर्षीया कमला राजवंशीको मृत्यु भएको छ । गत माघ २८ गते घुर ताप्ने क्रममा कमलाको कम्मर मुनि जलेको वडाध्यक्ष बीरबहादुर राजवंशीले जनाउनु भयो ।
माङसेवुङमा एकैपटक चारवटा सिँचाइ आयोजना थालिए
इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड ३३ लाख ६७ हजारको लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ ।
धुलो दूधको माग घटेपछि ‘डेरी’ सञ्चालनमा समस्या
झापामा दूध तथा दुग्धजन्य सामग्री उत्पादन एवम् बिक्री (डेरी सञ्चालन) गर्दै आएकाहरूले स्वदेशमा उत्पादन भएको धुलो दूधको माग घटेपछि व्यवसाय सञ्चालनमा समस्या भएको गुनासो गरेका छन् ।