गृहजिल्लामा आँखाका बिरामीको शल्यक्रिया गर्दै डा. रुइत
नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले आजदेखि गृहजिल्लाका मोतियाबिन्दुका बिरामीको शल्यक्रिया सुरु गर्ने हुनुभएको छ । उहाँले आजदेखि ताप्लेजुङको फुङ्लिङमा आँखाका समस्या भएका सर्वसाधरणको शल्यक्रिया गर्ने जानकारी दिनुभयो ।
विराटनगरबाट ‘माउन्टेन’ उडान सुरु हुन्छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सगरमाथा क्षेत्रबाट प्रदेश राजधानीको विराटनगरमा माउन्टेन उडान भर्ने बताउनुभएको छ ।
कनकाईमा कला र संस्कृति साहित्य महोत्सव
झापाको कनकाई नगरपालिकामा कला, संस्कृति तथा साहित्य महोत्सवमा देशभरका साहित्यकारहरुको जमघट भएको छ ।
त्रियुगा पुलको निर्माण तीव्र
मदन भण्डारी राजमार्गसँग स्थानीय तोरीबारी सडकलाई जोड्ने गरी निर्माण सुरु गरिएको उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित त्रियुगा पुलको निर्माण तीव्र गतिमा भएको छ ।
हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित
इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ भन्ने उहाँलाई लागेको थिएन ।
अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि कमललाई
झापाको शिवसताक्षी नगरपालिकामा भएको झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिकाले जितेको छ ।
फुर्दिकु शेर्पाको स्वास्थ्यमा सामान्य सुधार
खोटाङ–दिक्तेल–रूपाकोट मझुवागढी नगरपालिका –१३, नुनथलाकी फुर्दिकु शेर्पाको स्वास्थ्य स्थितिमा सामान्य सुधार आएको छ ।
देश बनाउन इमान्दारिता र सुशासन चाहिन्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि इमान्दारिता र सुशासन आवश्यक रहेको बताउनुभएको छ । बुधबार सुनसरीको इनरुवामा एमालेको कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
विवाईसी सेमिफाइनलमा
झापाको भुटानिज रिफ्युजी क्लब (विवाईसी) बेलडाँगी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुन्दर चौबिसे
पूर्वको पर्यटकीय नगरी भेडेटारबाट पूर्वमा अवस्थित चौबिसे क्षेत्र धनकुटा जिल्लाको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हो ।
फुङ्लिङमा निःशुल्क आँखा शिविर
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा बुधबारदेखि आँखा शिविर सुरु भएको छ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा तीन दिने निःशुल्क आँखा शिविर सुरु भएको हो ।
सडक दुर्घटनामा युवतीको मृत्यु
ओखलढुङ्गाकी १९ वर्षीय सम्झना राईको काठमाडौँमा भएको सडक दुर्घटनामा ज्यान गएको छ । मानेभञ्ज्याङ गाउँपालिका–२ वाक्साकी १९ वर्षीय राईको काठमाडौँ महानगरपालिका–६ बौद्ध प्रहरी वृत्त अगाडि भएको सडक दुर्घटनामा ज्यान गएको हो ।
अख्तियारमा २४ हजार उजुरी, १६२ मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयले बुधबार मोरङको कानेपोखरीमा स्थानीय तहको सुशासन प्रवर्द्धन सम्बन्धी कार्यक्रमको आयोजना गरेको छ ।
‘सीप भएमा खाली हात बस्नु पर्दैन’
न रोजेर पाइन्छ न खोजेर पाइन्छ, श्रम गर्न सीप नै चाहिन्छ भन्ने भनाइलाई वराहक्षेत्र–९ सोह्र नम्बरका ४६ का धनबहादुर राईले व्यवहारमा उतार्नु भएको छ ।
संस्कृति जोगाउन माझी समुदायले मनाए लदी पूजा
संस्कृति लोपहुन नदिई बचाई राख्न धनकुटाको तमोर नदी किनारमा बसोबास गर्दैआएका माझी समुदायले सामूहिक रूपमा लदी पूजा गरेका छन् ।
कोशीमा बढ्यो गाँजा ओसारपसार धन्दा, माघयता दुई हजार किलो बरामद
पूर्वी नेपालका पहाडी जिल्लाहरूमा उत्पादन भएको गाँजा मोरङको सीमावर्ती क्षेत्रमा भण्डारण गरी भारतमा बिक्री गर्न गिरोह सक्रिय रहेको पाइएको छ ।
सहकारीको भल्ट फुटाएर चोरी
मोरङको लेटाङ-२ फडानीस्थित एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाबाट गए राति १२ लाख ८१ हजार ३० रुपियाँ चोरी भएको छ।
ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन
नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा ताप्लेजुङमा आजदेखि निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङद्वारा तीन दिनसम्म शिविर सञ्चालन हुने जनाइएको छ ।
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
दाङको घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
एमाले ‘मिसन ८४’ मा छ : अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताउनुभएको छ । ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उहाँको भनाइ थियो ।
बिर्तामोड उवासङ्घको निर्वाचनमा न्यौपाने विजयी
बिर्तामोड उद्योग वाणिज्य सङ्घको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने निर्वाचित हुनुभएको छ । मतगणनाको बुधवार अन्तिम मतपरणिाम अनुसार राजु न्यौपानेले २ हजार २२५ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
‘मानव–हात्ती सहअस्तित्वको नीति अपनाइन्छ’
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्ती आतङ्क नभएर आम्दानीको स्रोत भएकाले मानव–हात्ती सहअस्तित्वको नीति बनाएर कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
विद्यालय बन्द भएपछि भारत जान्छन् विद्यार्थी
सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा हुनुहुन्छ । “भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु”, उहाँले भन्नुभयो ।
शाकाहारी गाउँको शताब्दी यात्रा
एउटा पूरै गाउँ शाकाहारी छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । त्यसको इतिहास एक शताब्दीको छ भन्दा थप आश्चर्य लाग्न सक्छ । तर धनकुटाको एउटा गाउँले यस्तै शाकाहारी इतिहास बोकेको छ । धनकुटाको सहिदभूमि गाउँपालिका–२ को साम्बु गाउँ त्यही शाकाहारी गाउँ हो । त्यहाँ रहेका जुनसुकै जात वा जातिका बासिन्दा शाकाहारमै रहेका छन् । स्थानीय ७४ वर्षीय भरतलाल राईले आफ्नो भान्सामा कहिल्यै मासुका परिकार नपाकेको सुनाउनुभयो । त्यो मात्र होइन; घरमा राँगा, बङ्गुर, हाँस, कुखुरा, परेवा र बाख्रा जस्ता मासुका लागि प्रयोग हुने पशुपन्छीको बासस्थान नै छैन । उहाँले थाहा पाएदेखि नै न घरमा माछामासु भित्रिन्छ न त घरमा गोठ वा खोर बनाइएका छन् । भरतलालको घरअगाडि तुलसीको मठ छ । मठसँगै बाँसका लिङ्गामा सत्यनाम लेखिएका सेता रङका ध्वजा छन् ।