संसारी माइस्थान सिमसारमा पर्यटकको घुइँचो
हरियाली चिया बगान, बगानको बीचमा स्वच्छ र सफा पोखरी, चिटिक्क परेका रङ्गीन घरहरु, सँगै रहेका विभिन्न मूर्तिहरु, नजिकै प्रतिकात्मक हवाइजहाज, वरीपरी पिकनिक खाने तथा घुम्न आउने पर्यटकको घुइचो ।
फोहोर व्यवस्थापन गर्न अधिकार सम्पन्न सर्वपक्षीय समिति
झापाको दमक नगरपालिकाले ल्याण्डफिल साइटको व्यवस्थापन सहित फोहोर समस्याको दिगो समाधानका लागि अधिकार सम्पन्न सर्वपक्षीय समिति बनाएको जनाएको छ । एक साताअघि देखि फोहोर नउठ्दा आक्रोश बढेको थियो ।
अस्पताललाई अनुमतिउपर छानबिन
कानुनी मापदण्डविपरीत अस्पतालको क्षमता वृद्धि गर्ने अनुमति दिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाएको छ । विराटनगर अस्पताल चोकमा ५० श-याको अस्पतालको स्तरोन्नति गरेर १०० श-या बनाउन अनुमति दिँदा कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले कानुनी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि अख्तियारले अनुसन्धान गर्न थालेको हो ।
तस्करी रोक्न सुरक्षाकर्मीलाई तालिम
सङ्खुवासभामा सवारीसाधनबाट हुनसक्ने चोरी तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीलाई तालिमको व्यवस्था भएको छ । तस्करले सामग्री ओसारपसार गर्दा सवारीसाधनको प्रयोग गर्न थालेपछि चोरी रोक्न प्रहरीलाई सवारीसाधन खानतलासीसम्बन्धी पाँचदिने अनुशिक्षण तालिम दिइएको हो ।
धानको राम्रो मूल्य पाएपछि किसान खुसी
झापामा विगतका वर्षको तुलनामा यस वर्ष धानको भाउ आकासिएपछि किसान खुसी भएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष २५ देखि ५० प्रतिशतसम्म धानको मूल्य वृद्धि भएपछि किसान खुसी भएका हुन् । अघिल्लो वर्ष यो समयमा धानको मूल्य एक हजारदेखि अधिकतम एक हजार दुई सय रुपियाँ प्रतिमन रहेकामा अहिले एक हजार पाँच सयदेखि एक हजार छ सय रुपियाँसम्म किसानले पाएका छन् । न्यूनतम समर्थन मूल्यमा समेत धान बिक्री नहुँदा लागत मूल्य उठाउन समस्या हुने गरेकामा यस वर्ष धानको मूल्य राम्रो पाएको कमल गाउँपालिकाका किसान मदन आचार्यले बताउनुभयो ।
विधि र प्रक्रियाको विरुद्धमा उत्रनु बेइमानी हो : नेता पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनप्रति आपत्ति जनाउनुभएको छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले विधि र प्रक्रियासम्मत ढङ्गले आफैँले प्रदेशको नाम कोशी राख्नमा सहयोग गरी एमालेलाई आरोपित गरेर आक्रमणमा उत्रनु बेइमानी भएको बताउनुभयो ।
हल्दिबारीमा भेटिए पुरातात्त्विक इँटा
दक्षिण झापाको हल्दिबारी गाउँपालिका-४ च्याङ्ग्राबन्ध गाउँमा पुरातात्त्विक महत्त्वका सामग्री भेटिएका छन् । स्थानीयवासीले खेतबारी जोत्ने र खाल्डो खन्ने क्रममा अनौठा इँटा, भाँडाकुँडा र इनार भेटेका हुन् ।
खोटाङमा धान उत्पादन घट्यो
खोटाङमा यस वर्ष धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा एक हजार ६ सय १२.७३ मेट्रिक टन कम धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र खोटाङले जनाएको छ ।
लोपोन्मुख लेप्चा समुदायले मनाए नामवन
लोपोन्मुख लेप्चा समुदायले आज नामआल-नामवन-नामसुङ-२३४४ अर्थात् नयाँ वर्ष मनाएका छन् । लाप्चा समुदायले आफ्नो समुदायको सांस्कृतिक पर्वकै रूपमा यो नामवन मनाउने गरेका छन् ।