सुपरमाई हाइड्रोको उत्पादन बन्द
इलाममा सञ्चालित सुपरमाई हाइड्रोपावरको उत्पादन स्थानीयद्वारा बन्द गरिएको छ । हाइड्रोले छोड्नुपर्ने जति पानी खोलामा नछोडेको र स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयवासीले सोमबार रातिदेखि उत्पादन बन्द गराएका हुन् ।
उद्यौलीमा रमाउँदै पूर्वका किरात समुदाय
किरात समुदायले हरेक वर्ष मनाउँदै आएको उद्यौली पर्व विभिन्न कार्यक्रम गरी यस वर्ष पनि भव्य रूपले मनाउन जुटेका छन् । किरातजन्य सामाजिक सङ्घसंस्थाले अघिल्ला वर्षझैँ यसवर्ष पनि विशेष उत्सवका साथ उद्यौली पर्व मनाउने तयारीमा जुटेका हुन् ।
सुपरमाई जलविद्युत् आयोजनाको उत्पादन बन्द
आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाले पावरहाउसको गेटमै ताला लगाएपछि गएरातिदेखि उत्पादन बन्द भएको स्थानीय सुमन बेघाले बताउनुभयो ।
बिरामीको मृत्यु भएपछि अस्पतालमा तनाव
झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा तनाव भएको छ । अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतक परिवार र आफन्तले अस्पताल घेराउ गर्दै तोडफोड गर्न खोजेपछि तनाव भएको बताइएको छ ।
नेपाल-भारत सीमामा हात्तीको गतिविधि आदानप्रदान गर्न सूचना सञ्जाल
हात्ती संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण एवम् मानव-हात्ती सहअस्तित्वका लागि नेपाल र भारत दुबैतर्फ काम सुरु भएको छ । भारतको अछामदेखि पश्चिम बङ्गाल राज्यको महानन्द वाइल्डलाईफ सेङ्गचुरी हुँदै कोशीटप्पुसम्म घुम्न आउने जङ्गली हात्तीले गर्दा झापामा मानव-हात्ती द्वन्दको अवस्था विकराल बन्दै गएको छ ।
धूप बनाउने तालिम सम्पन्न
सुनसरीको सदरमुकाम इनरुवामा महिलाहरुका लागि धूप बनाउने तालिम सम्पन्न भएको छ । हाम्रो सहयात्रा मञ्च सुनसरीको सहकार्य तथा विन्दावासनि दाहाल दिदीबहिनी समूहको आयोजनामा धुप बनाउने सम्बन्धी एक दिने तालिम सम्पन्न भएको हो ।
दैनिक आठ घण्टा बन्द
सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी–घुर्मी सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । सडकको स्तरोन्नतीसँगै कालोपत्रे गर्नु पर्ने भएकाले एक महिनाका लागि दैनिक आठ घण्टा सडक बन्द गरिएको कटारीस्थित योजना
छ महिनामा पनि फर्किएन रेल
भारतबाट औद्योगिक कच्चा पदार्थ बोकेको रेल २ जुन २०२३ मा विराटनगर भन्सारमा आउँदा नेपाली पक्षले भव्य स्वागत गरेको ६ महिना बितिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले महत्त्वका साथ उद्घाटन गरेपछि कार्गो रेल नियमित हुने अपेक्षा थियो । आरती स्ट्रिप्स प्रालिको औद्योगिक कच्चा पदार्थ झारेर फर्केको उक्त कार्गो रेल फेरि फर्केर भने आएको छैन । रेल फर्केर नआउनुको कारण बारे उद्योगी र भन्सार कार्यालयको बुझाइ फरकफरक छ ।
चियाको उर्वरभूमिका किसान धानखेतीमा आकर्षित
सूर्योदय नगरपालिका–१ मकरजुङका टीकाराम अधिकारीले यस वर्ष पोहोरभन्दा तीन मुरी बढी धान फलाउनुभयो । “अघिल्लो साल १५ मुरी फलेको ठाउँमा यो साल १८ मुरी थन्क्याएँ, चियामा मूल्य छैन, अब जसोतसो धानमै बल गर्ने बेला भयो”, अधिकारीले रासससँग भन्नुभयो ।
सप्तकोसीमा पचपन्न सय मिटर लामो झोलुङ्गे पुल बन्ने
नेपालकै ठुलो सप्तकोसी नदीमा झोलुङ्गे पुल बन्ने भएको छ । सुनसरीको वराहक्षेत्र वडा नम्बर ६ को ठाकुरबारीबाट श्रीलङ्का टप्पु जोडिने झोलुङ्गे पुलको निर्माण हुने भएको हो ।
शिक्षा क्षेत्रका दानवीर कृष्णबहादुर, जसले गरे एक करोड ३९ लाख सहयोग
लाहुरमा कमाएको धेरै रकम खर्चेर यहाँका समाजसेवी कृष्णबहादुर राईले जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा विद्यालयमा भवन निर्माण गरिदिनुभएको छ ।
सुशासनको पक्षमा पत्रकारले कलम चलाउनुपर्छ : उपसभामुख रानामगर
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरले पत्रकारले सुशासनका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिनुभएको छ ।
चिराइतोले मूल्य पाउँदा भोजपुरका किसान उत्साहित
बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् । चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन (४० केजी) ५० हजारले बिक्री भएकाले किसान उत्साहित बनेका हुन् ।
सवारी दुर्घटनामा एकको मृत्यु
झापाको कमल गाउँपालिकामा भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । बससँग स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको हो ।
बाख्रापालनबाट आम्दानी गर्दै पूर्णकुमार
फाकफोकथुम गाउँपालिका-४ इलामका पूर्णकुमार राई (दिपेन) ले छ वर्ष दुबईमा बसेर फर्केपछि फाकफोकथुम-४ लुम्देस्थित फावाखोला डाँडामा व्यावसायिक बाख्रापलन व्यवसाय सञ्चालन गर्नुभयो ।
भोलिदेखि चासोक तङ्नाम
लिम्बु समुदायको मुख्य पर्व चासोक तङ्नाम भोलिदेखि सुरु हुँदैछ । सोमबार धरान १५ स्थित किराँत याक्थुम चुम्लुङहिममा पत्रकार सम्मेलन गरी किराँत याक्थुम चुम्लुङ धरान नगरले सो कुरा जानकारी गराएको हो ।
घर आगलागी हुँदा सुत्केरीसहित परिवार बिचल्लीमा
दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ ।
पञ्चवर्षीय रोजगार रणनीति तयार गर्दै छौँ
रतुवामाई नगरपालिका मोरङको दक्षिणपूर्वी ग्रामीण भूगोल समेटेर बनेको नगरपालिका हो । नगरपालिकामा भर्खर विकासको जग बस्दै छ । यस नगरको आर्थिक समृद्धिको आधार पशुपालन र कृषि हो । पूर्वमा झापा र भारत, दक्षिणमा भारत,
कक्षामा छैनन् विद्यार्थी
खोटाङको एक सामुदायिक विद्यालयमा विद्यार्थी नहुँदा कक्षाकोठा खाली छन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११, राजापानीस्थित भीमकन्या प्राथमिक विद्यालयको कक्षा २ खाली रहेको छ । कक्षा ३ सम्म पठनपाठन
बिरामीको विश्वास जित्दै नगरअस्पताल
आइतबार बिहानदेखि धेरै पेट दुखेपछि वराहक्षेत्र नगर अस्पताल आउनुभएको सुनसरी वराहक्षेत्र ८ का ५० वर्षीय राधा बराल नगर अस्पतालको आकस्मिक कक्षमा उपचारपछि घर फर्कनुभयो । उपचारपछि स्वास्थ्यमा सुधार भएको बताउनुहुँदै बरालले भन्नुभयो “नगरमै अस्पताल भएकाले छिटो उपचार पाइयो ।”
दुग्ध पदार्थ बिक्री नहुँदा कृषकलाई ‘मिल्क होलिडे’ को त्रास
सूर्योदय नगरपालिका–११ का गोपाल भट्टराईले प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्नुहुन्छ । ज्योति पुञ्ज गाईफार्म दर्ता गरेर व्यावसायिक दुग्ध उत्पादन गरिरहनुभएका उहाँले स्थानीय सुप्रभात डेरी उद्योगलाई दुग्ध बिक्री गर्नुहुन्छ ।
फापर खेती लगाउन किसानको मोह हराउन थाल्यो
ताप्लेजुङका किसानले रैथाने बाली फापर खेती लगाउन छोडेका छन् । पछिल्लो समय फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा फापर नै लोप हुने अवस्थामा पुगेको छ ।
सुनसरीको चक्रघट्टी कञ्चनजङ्घा गोल्डकपको फाइनल प्रवेश
सुनसरीको चक्रघट्टी फुटबल क्लब ताप्लेजुङमा जारी प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा तेह्रथुमको आठराई गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै चक्रघट्टी फाइनल प्रवेश गरेको हो।
प्रविधिको विकासबाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासलाई विदेशी मुद्रा आर्जनको माध्यम बनाउन सकिने बताउनुभएको छ।