• १७ असार २०८१, सोमबार

ट्रिपरले जिपलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते

blog

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा भएको दुर्घटना । तस्बिर :हरि कोइराला

हरि कोइराला
उर्लाबारी, फागुन १८ गते ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान यात्रुवहाक जिपलाई ट्रिपरले ठक्कर दिँदा दुई जनको मृत्यु भएको छ ।

बेलबारीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ज २८५६ नम्बरको जिपलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.२–००१ ख ९६७६ नम्बरको ट्रिपरले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार मृतक र घाइतेको सनाखत भएको छैन । उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकालाई उपचारका लागि कोशी अस्पताल पठाउँदै गर्दा दुई जनाको बाटोमै मृत्यु भएको हो । साथै अन्य तीन जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

ट्रिपरले जिपलाई ठक्कर दिनु अघि काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–००१ ख २७१८ नम्बरको यात्रुवहाक बसलाई समेत ठक्कर दिएको बसका चालक छत्रकुमार मास्केले बताउनु भयो । प्रहरीले ट्रिपर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।