ताप्लेजुङमा दादुरा–रुबेला खोप अभियान फागुन १८ देखि
आइतबारदेखि देशव्यापी रूपमा सुरु भएको दादुरा–रुबेला राष्ट्रिय खोप अभियान ताप्लेजुङमा आउँदो शुक्रबारदेखि सञ्चालन हुने भएको छ ।
दाङमा एक लाख बढी बालबालिकालाई खोप लगाउने लक्ष्य
दाङमा दादुरा-रुबेला रोग विरुद्धको खोप अभियान–२०८०-०८१ सुरु भएको छ । जिल्ला खोप समन्वय समिति दाङले घोराही उपमहानगरपालिका–१४ बालमन्दिर आधारभूत विद्यालयमा कार्यक्रमको आयोजना गरेर बालबालिकालाई खोप लगाउन सुरु गरेको हो ।
भाषा, धर्म र संस्कृतिको संरक्षण गर्न सङ्ग्रहालय
भाषा, धर्म र संस्कृतिको संरक्षण गर्न सङ्ग्रहालय निर्माण गरिएको छ ।
गाँजा बोक्ने एम्बुलेन्स नियन्त्रणमा
सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराबाट गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । आइतबार बिहान सशस्त्र प्रहरीले गाँजासहित को १ च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।
मुख्यमन्त्री कार्की हात्ती प्रभावित क्षेत्रमा
जीव जनवार, जङ्गल, जनता र जनप्रतिनिधि भन्ने नारासहित प्रकृति संरक्षण र पर्यटन प्रवर्द्धनका लागि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की हात्ती प्रभावित क्षेत्रको पैदल यात्रामा निस्कनुभएको छ । मुख्यमन्त्री कार्की पैदल यात्राको पाँचौँ दिन सुनसरीका हात्ती प्रभावित क्षेत्रका जनतासँग साक्षात्कार गर्दै प्रभावित क्षेत्रको पैदल यात्रा हुनुहुन्छ ।
मानसिक रोगले ग्रसित फुरदिकुलाई उपचार गर्न खर्च अभाव
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको सात वर्षअघि छिमेकी जिल्ला भोजपुरका दाजाङ शेर्पासँग प्रेम विवाह भएको थियो । प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभएकी फुरदिकुको श्रीमान् (दाजाङ शेर्पा)को तीन वर्षअघि मुटु रोगका कारण मृत्यु भयो ।
दोभान–सन्थाक्रा सडक कालोपत्रे हुँदै
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाको प्रशासकीय केन्द्र सान्थाक्रा जोड्ने सडक कालोपत्रे हुने भएको छ । सोही गाउँपालिका–३ खाम्लुङको दोभान बजारदेखि सान्थाक्रासम्म नौ किलोमिटर सडक कालोपत्रे हुने भएको हो ।
शेर्पा विद्यार्थी सङ्घ ताप्लेजुङमा नयाँ कार्यसमिति चयन
शेर्पा समुदायका विद्यार्थीहरूको छाता सङ्गठन नेपाल शेर्पा विद्यार्थी सङ्घ ताप्लेजुङको नयाँ कार्यसमिति चयन भएको छ । सदरमुकाम फुङ्लिङमा शनिवार सम्पन्न सङ्घको तेस्रो जिल्ला अधिवेशनले मिङ्मा दिकी शेर्पा अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको हो ।
उपचार गर्न नसक्दा खोरमा
उपचार अभावमा खोटाङमा एक महिला खोरमा थुनिएर बस्न बाध्य भएकी छिन् । घरपरिवारको आर्थिक अवस्था कमजोर भएपछि उपचारका लागि अस्पताल लैजान नसक्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलाकी ३० वर्षीया फुर्दिकु शेर्पा खोरमा थुनिनुपरेको हो ।
गोरखापत्र अनलाइनकर्मी कटवाललाई पितृशोक
गोरखापत्र अनलाइनका डिजाइनर लोकबहादुर कटवाललाई पितृशोक परेको छ । उहाँका पिता शेरबहादुर कटवालको आइतबार राती १: ०० बजे निधन भएको हो । धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं ४ चानुवा मा रहेको उहाँको निवासमा निधन भएको हो स्वर्गीय कटवालका चार छोरा र एक छोरी हुनुहुन्छ । उहाँ लामो समय देखि अर्बुद रोग (क्यान्सर) बाट पीडित हुनुहुन्थ्यो ।
पिकनिक खान गएको बस दुर्घटना, १४ जना घाइते
झापाको दोमुखामा पिकनिक खाएर फर्किँदै गरेको औषधी व्यवसायी सवार बस शिवसताक्षी नगरपालिका १० माइधारमा दुर्घटनामा परेको छ ।
बेलबारीको विजयी सुरुवात
राइजिङ व्रदर्श छटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिता २०२४ को उद्घाटन खेलमा बेलबारी फुटबल क्लब विजयी भएको छ ।
स्वर्णिम साहित्य समाजको अक्षयकोष स्थापना
स्वर्णिम साहित्य समाज वराहक्षेत्रले स्वर्णिम मातृभाषा साहित्य पुरस्कारका लागि अक्षय कोषको घोषणा गरिएको छ ।
आगलागीमा परी बालकको मृत्यु
झापा गाउँपालिकामा भएको आगलागीमा परेर एक बालकको ज्यान गएको छ । शुक्रबार अपराह्न ४ बजेतिर झापा गाउँपालिका–४ भामटोली इनाम हुसेन शेखको घरनजिकै रहेको परालको कुन्यूमा आगलागी हुँदा बालकको ज्यान गएको हो ।
निःशुल्क उपचार घोषणा कार्यान्वयनमा आलटाल
कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्न विभिन्न अस्पतालसँग सम्झौता गरे पनि अस्पतालले भने त्यसको कार्यान्वयनमा आलटाल गर्ने गरेका छन् । अस्पतालले विभिन्न बाहना र कागजातको माग गर्दै उपचार खर्च लिन छोडेका छैनन् ।
धरानमा एयरपोर्ट बनाउन सकिँदैनः मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मिहिन ढङ्गले अध्ययन नगरी धरानमा तत्काल हवाईमैदान बनाउन नसकिने बताउनुभएको छ ।
पाथीभरा केबलकारमा सर्वपक्षीय सहमति आवश्यक
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पाथीभरामा केबलकार निर्माण गर्न सर्वपक्षीय सहमति आवश्यक हुने उल्लेख गरेको छ ।
झापाको जङ्गलमा मुख्यमन्त्री कार्कीको पैदलयात्रा
प्रकृति संरक्षण र पर्यटन प्रवर्धनका लागि हात्ती प्रभावित क्षेत्रमा पैदलयात्रामा निस्कनुभएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहितको टोलीले तीन दिनमा १ सय किलोमिटरभन्दा बढी पैदलयात्रा सकेको छ ।
सात महिनामा ९ हजार नागरिकता वितरण
जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको सात महिनामा झण्डै नौ हजार नागरिकता वितरण गरेको छ ।
घरमाथि ट्रक पल्टिँदा तीन बालबालिकाको च्यापिएर मृत्यु
मोरङको बुढीग३ंगा गाउँपालिकास्थित निमुवा भन्ने ठाउँमा घरमाथि मालवाहक लहरी (ट्रक) पल्टिदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड टेम्केको पोल्टामा
चौधौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि टेम्केमैयुङ गाउँपालिकाले हासिल गरेको छ । प्रतियोगितामा आठ स्वर्ण, दुई रजत र चार कास्य पदकसहित टेम्केमैयुम गाउँपालिका प्रथम भएको हो ।
हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसान हर्षित
हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन् । बिहीबारको हिमपात तथा वर्षादले यहाँका किसान उत्साहित भएका हुन् । लामो समय खडेरीको मार खेपेका जिल्लाका किसान वर्षाद तथा हिमपातपछि गहुँबालीलाई फाइदा भएको तथा अन्य अन्नबाली लगाउने अवसर मिलेकामा हर्षित भएका हुन् ।
श्रीमानको कुटाइले एक महिला घाइते
ताप्लेजुङमा श्रीमानको कुटपिटबाट एक महिला घाइते हुनुभएको छ । जिल्लाको मैवाखोला गाउँपालिका–६ फाकुम्बाका दिलबहादुर बस्नेतको कुटपिटबाट २६ वर्षीया मनमाया शेर्पा (बस्नेत) घाइते हुनुभएको हो ।
रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालय उद्घाटन
पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामको साखेजुङमा रहेको रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालयको बिहीबार औपचारिक उद्घाटन गर्नुभएको छ । इलाम नगरपालिका–१, साँखेजुङमा रहेको शिक्षालय २०७४ सालदेखि सञ्चालनमा आएको थियो । शिक्षालयको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री खनालले प्राविधिक शिक्षा अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो ।