• १९ असार २०८१, बुधबार

आगलागीमा परी बालकको मृत्यु

blog

विष्णुप्रसाद पोखरेल

दमक, फागुन १२ गते । झापा गाउँपालिकामा भएको आगलागीमा परेर एक बालकको ज्यान गएको छ । शुक्रबार अपराह्न ४ बजेतिर झापा गाउँपालिका–४ भामटोली इनाम हुसेन शेखको घरनजिकै रहेको परालको कुन्यूमा आगलागी हुँदा बालकको ज्यान गएको हो ।

प्रहरीका अनुसार कुन्यूको परालनजिकै घरको च्यापमा खेलिरहेका शेखका साढे ४ वर्षका छोरा अतिप हुसेनको जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताउनुभयो । 

परालको कुन्यूबाट सुरु भएको आगो सल्कँदै घरसम्म पुगेको थियो । भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकलको साहयताले शुक्रबार बेलुका करिब ७ बजेतिर आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।