• १२ साउन २०८१, शनिबार

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड टेम्केको पोल्टामा

blog

टक्सार (भोजपुर),  फागुन ११ गते । चौधौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि टेम्केमैयुङ गाउँपालिकाले हासिल गरेको  छ । प्रतियोगितामा आठ स्वर्ण, दुई रजत र चार कास्य पदकसहित टेम्केमैयुम गाउँपालिका प्रथम भएको हो । 

प्रतियोगितामा साल्पासिलिछो गाउँपालिकाले छ स्वर्ण, छ रजत र एक कास्य पदकसहित दोस्रो भएको छ भने भोजपुर नगरपालिका पाँच स्वर्ण, सात रजत र आठ काँस्यसहित तेस्रो भएको छ । त्यसैगरी, पाँच स्वर्ण, तीन रजत र चार कास्यसहित षडानन्द नगरपालिका चौथो भएको छ । गत वर्षको विजेता अरुण गाउँपालिकाले भने यस वर्ष तीन स्वर्ण, एक रजत र छ काँस्य पदकमा चित्त बुझाएको छ । 

जिल्ला खेलकुद विकास समितिको आयोजना तथा षडानन्द नगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिताका विजेता पालिकालाई पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद राजेन्द्रकुमार राईलगायतले पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । रासस