• १३ साउन २०८१, आइतबार

अस्पतालको शौचालय बिरामीमैत्री बनाउन प्रस्ताव

blog

दमक अस्पतालमा बिरामीको लाइन । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल
दमक, फागुन १९ गते ।
 झापाको दमकमा रहेको सरकारी दमक अस्पतालमा बिरामीमैत्री शौचालय नभएको भन्दै नगर सभामा बिरामीमैत्री शौचालय बनाउन प्रस्ताव आएको पाइएको छ । पेनासहितको शौचालय बनाउनका लागि नगर सभामा प्रस्ताव प्रस्तुत भएर पास भएको पाइएको हो ।

दमक नगरपालिकाको लेखा समितिका संयोजक गोपालकृष्ण सङ्ग्रौलाले नगर सभामा अस्पतालको विषयमा यस्तो प्रस्ताव राख्नु भएको थियो । दमक नगरपालिका मातहत रहेको अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी स्वास्थ्य जाँच तथा उपचारका लागि यहाँ आउने गरेका छन् । शौचालयहरूमा कमोट राखिएका कारण सेवाग्राहीले दिसा र पिसाब जँचाउन अन्यन्त्र गएर ल्याउनु पर्ने देखिएको छ, श्रेष्ठले नगर सभामा भन्नुभयो ।

‘‘यस्तो समस्या निराकरणका लागि छुट्टै पेना राखेको शौचालय बनाउन आवश्यक देखिएको सुझाव पेस गर्दछु,’’ उहाँले प्रतिवेदनमा भन्नु भएको छ । उहाँले नगर सभामा प्रस्तुत गरेर प्रस्ताव पास भएको जनाइएको छ । नगर सभा सदस्यहरूले दमक अस्पताल अस्तव्यस्त रहेको, शौचालय छिरिनसक्नुको रहने गरेको भन्दै बारम्बार कुरा उठाउने गरेका छन् ।

नगर अस्पताल भए पनि छिमेकी पालिकाहरूबाट समेत अधिक बिरामी आउने भएकाले चाप धेरै भएको उल्लेख गर्दै अस्पतालको स्तरवृद्धि र आवश्यकता अनुसार स्वास्थ्यकर्मीहरू पदपूर्ति गर्नु पर्ने सुझाव पनि नगर सभामा आएको छ । अस्पतालमा जाँच तथा उपचारका लागि आएका बिरामीले दुईदेखि तीन दिनमा मात्र जाँच, उपचार र औषधी लिएर जान सक्ने अवस्था छ ।

छिमेकी पालिकाहरूको नजिकको पहुँचमा रहेको एकमात्र ठुलो सरकारी अस्पताल भएको कारणले अस्पतालका सेवा सुविधा अस्तव्यस्त हुन पुगेका छन्, लेखा समितिको प्रतिवेदनमा श्रेष्ठले उल्लेख गर्नु भएको छ । नगर सभा सदस्यहरूले समेत अस्पतालको अस्तव्यस्तताको विषयमा कुरा उठाएका थिए ।

अस्पताल व्यवस्थापन समितिका संयोजक समेत रहनु भएका दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले अस्पतालको विषयमा उठेका सवालहरूलाई गम्भीर रूपमा लिइएको र सुधारको प्रयासहरू भइरहेको बताउनु भयो । हामी भौतिक सुधारदेखि लिएर आन्तरिक सुधारसम्मका कामहरू गरिरहेका छौ, उहाँले भन्नुभयो ।