मोरङको जङ्गलमा मृत हात्ती फेला
उहाँले पोष्टमार्टमपछि घटनाबारे थप विवरण आउने बताउनुभयो ।
सुन्तलामा रमाउँदै सामवेद
घर वरिपरि पहेँलै अनि लटरम्म सुन्तला । बोटदेखि भुइँसम्म लत्रिएका दाना, देख्दै टिपौँ टिपौँ लाग्ने सुन्तला स्याहार्दै इलाम नगरपालिका–५ का किसान सामवेद चापागाईंको दिन जान्छ अचेल ।
कृषि, शिक्षा र पर्यटन विशेष प्राथमिकतामा
चौबिसे गाउँपालिका धनकुटाका सात स्थानीय तहमध्ये एक हो । करिब १९ हजार जनसङ्ख्या रहेको यो पालिकाको अध्यक्षमा राजकुमार चेम्जोङ निर्वाचित हुनुभएको छ । स्वास्थ्य, शिक्षा,
कन्याम र अन्तुमा पर्यटकको भिड
अङ्ग्रेजी नयाँ वर्ष २०२४ मनाउन कन्याम र अन्तुमा स्वदेशी र विदेशी पर्यटक भरिभराउ भएका छन् । बाह्रै महिना पर्यटकले भरिभराउ हुने कन्याम र अन्तुमा अङ्ग्रेजी नयाँ वर्षको स्वागत गर्न आइतबार थप भिडभाड बढेको छ । नेपालका विभिन्न जिल्लाका र विशेष गरी भारतीय पर्यटकले यहाँका प्रायः सबै होटल, होमस्टे बुकिङ गरिसकेका छन् ।
घरभन्दा शौचालय राम्रो
आमनेसामने दुई भिन्न संरचना छन्, एउटा मान्द्रो (चित्रो) ले बेरेको र मान्द्राले नै छाएको छाप्रो र अर्को चाहिँ ढुङ्गाको गारोको र जस्ताले छाएको । झट्ट हेर्दा यी दुई बेग्लाबेग्लै परिवारका संरचना जस्तो लाग्छ तर यी एकै परिवारका संरचना हुन्– एउटा घर र एउटा शौचालय । यी ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–३ का छत्र दर्जीका संरचना हुन् । मान्द्रो परिवार बस्ने घर हो र सुविधासम्पन्न जस्ताले छाएको शौचालय । शौचालयको छानो जस्ताको छ भने मान्छे बस्ने घर मान्द्रोले बारिएको छाप्रो छ ।
मन्दिरको कटान रोक्न अध्ययन
प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र मन्दिर परिसर क्षेत्रमा बर्सेनि सप्तकोशी नदीले गर्दै आएको कटानको दिगो नियन्त्रणको प्रयास थालिएको छ । वराहक्षेत्र नगरपालिकाको पहलमा कोशी प्रदेश सरकारले कटान नियन्त्रणका लागि दुई करोड बजेट विनियोजन भएपछि कटानको स्थायी नियन्त्रणका लागि प्राविधिकले स्थलगत अध्ययन थालिएको हो ।
चासोकमा जातजातिको प्रदर्शनी
प्रकृतिपूजक किराँती लिम्बू समुदायको चासोकमा विभिन्न जातजातिले आआफ्नो संस्कार संस्कृति अनुसारको नाच प्रदर्शन गरेका छन् । लिम्बू समुदायको मुख्य चाड चासोकको अन्तिम दिनमा राई समुदायले साकेलासिली नाच, मगर समुदायले हुर्रा नाच, तामाङ घेदुङ समुदायको आआफ्नो संस्कार संस्कृति अनुसारको नाच प्रदर्शन गरेको थियो ।
चाक्चाकुर पर्व मनाउँदै कुलुङ समुदाय
आदिवासी कुलुङ समुदायको प्रमुख पर्व चाक्चाकुर पर्व आजबाट मनाउन सुरु गरिएको छ । कुलुङ समुदायको बाहुल्य क्षेत्रमा पौष १५ देखि १७ सम्म तीन दिन यो पर्व मनाउने गरिन्छ ।
इलाम गोल्डकपका लागि धमाधम अस्थायी प्यारापेट बन्दै
इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरूको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय खेलमैदान छैनन् ।
सरकारलाई संविधान कार्यान्वयनको अल्टिमेटम दिन काठमाडौं आयौं : मुख्यमन्त्री कार्की
सातै प्रदेशका मुख्यमन्त्रीले सङ्घीय सरकारलाई संविधानको कार्यान्वयन गर्न अल्टिमेटम दिएका छन्। शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा पुगेर संविधानको कार्यान्वयन गर्न संघ सरकारलाई अल्टिमेटम दिएका हुन्।
अस्थायी प्याराफिट
इलाम सदरमुकामस्थित ठूलो टुँडीखेलमा आउँदो माघ दोस्रो साता हुने प्रथम इलाम गोल्डकपका लागि दर्शक बस्न अस्थायी प्याराफिट बनाउँदै मजदुर ।
इलाममा सुरु भयो ललितकला उत्सव
इलाममा आजदेखि ललितकला उत्सव सुरु भएको छ । नेपाल र भारतका कलाकारका कलाकृति समेटेर उत्सव सुरु गरिएको हो । इलामको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकासहित छ संस्थाको संयुक्त आयोजनामा उत्सव सुरु भएको हो ।
प्रशासन कार्यालयबाटै नागरिकता व्यवस्था गर्न माग
लिखु गाउँपालिका-६, ७, ८ र ९ वडाका नागरिकले इलाका प्रशासन कार्यालय खिजिफलाटेबाट नागरिकता प्राप्त गर्ने व्यवस्था गर्न माग गरेका छन् ।
ठेकेदारको लापरबाहीले स्वास्थ्यचौकी भवन अलपत्र
ऐसेलुखर्क गाउँपालिका-१ राखाबाङ्देलस्थित स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीले अलपत्र परेको छ । दुई वर्षअघि नै बनिसक्नुपर्ने उक्त भवन ठेकेदार कम्पनी गौरी पार्वती न्यु टेक्निकलको चरम ढिलासुस्ती तथा लापरबाहीका कारण अलपत्र परेको हो ।
आर्थिक चुनौतीकाबिच मोफसलमा फुटबल एकेडेमी
बिहान सबेरै उठेका फुटबल प्रशिक्षक इन्द्र लिम्बू प्रशिक्षार्थीसँग खेल मैदानमा भेटिनुहुन्छ । भविष्यमा राष्ट्रिय टिममा रहेर खेल खेल्ने चाहनाका साथ मैदानमा आएका ३० जना १३ वर्षमुनिका विद्यार्थीलाई दैनिक बिहान प्रशिक्षक लिम्बूले फुटबलको तालिम गराई रहनुभएको छ ।
रोगले अदुवा उत्पादनमा ह्रास
इलाममा रोगका कारण अदुवा उत्पादनमा ह्रास आएको छ । सुरुआतमा अदुवाको गानो कुहिने र पछि बोट मर्न थालेपछि यहाँका अदुवा उत्पादन गर्ने किसान मारमा परेका छन् । रोगले अदुवाका बोट मर्न थालेपछि जिल्लाका अधिकांश किसानले अदुवा खेती गर्न छोडेका छन् ।
सूर्याेदय नगरपालिकामा दिउँसो मदिरा पिउन रोक
इलामको सूर्याेदय नगरपालिकाले साँझको पाँच बजेदेखि नौ बजेसम्म मात्रै मदिरा पिउन पाइने व्यवस्था गरेको छ।
योजना कार्यान्वयन पुस्तिका प्रयोगमा
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपभोक्ता समितिलाई सहजताको लागि योजना कार्यान्वयन पुस्तिका प्रयोगमा ल्याएको छ ।
दमक-चिसापानी सडकको एक वर्ष म्याद थपिने
पुस मसान्तमा काम सक्ने गरी ठेक्का लगाइएको दमक-चिसापानी (फाल्गुनन्द) सडकको पुनः एक वर्ष म्याद थप गर्ने सहमति भएको छ । तीन खण्डमा रहेको सो सडकको विभिन्न चरणमा म्याद थप गर्दै निर्माण अगाडि बढाइएको थियो ।
‘कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना छैन’
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना टरेको बताउनुभएको छ । कोशी प्रदेशमा वर्तमान सर्वदलीय सरकार नै निरन्तर चल्ने र आवश्यक विकास तथा सेवा प्रवाहको काम अघि बढ्ने उहाँले बताउनुभयो ।
हात्तीलाई बिच्क्याउँदा मानवीय क्षति बढ्दाे
यसअघि हल्दिबारीमा दुई जना र दमकमा एक जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।
षडानन्द नगरपालिकाद्वारा वडास्तरमा योजना सम्झौता
भोजपुरको षडानन्द नगरपालिकाले स्थानीयवासीको सहजताका लागि वडामै योजना सम्झौता गरेको छ । नगरपालिकाको सेवालाई जनताको घरदैलोसम्म विस्तार गर्ने लक्ष्यले पहिलोपटक वडास्तरमा पुगेर योजना सम्झौता गरेको हो ।
इलाममा ड्रागन फ्रुटको खेती विस्तार हुँदै
पछिल्लो समय इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ । गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा लगाइएकामा यस वर्ष १० हेक्टर जमिनमा विस्तार भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।
विमानस्थल बन्यो गौचरन र वनभोज थलो
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ मा रहेको काँगेलडाँडा विमानस्थल जहाजको पर्खाइमै सीमित रहेको छ । काँगेलडाँडा विमानस्थल प्रयोगमा नआउँदा करिब एक दशकदेखि विमानस्थल गौचरन र वनभोज थलोेका रूपमा प्रयोग हुँदै आएको छ ।