• १३ मंसिर २०८१, बिहिबार

आध्यात्मिक महोत्सवको बुधबार राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

blog

बुधबार सुरु हुने बहुधार्मिक अध्यात्मिक महोत्सवको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोजक। तस्बिरः राधा लुइटेल

राधा लुइटेल 

फिदिम,फागुन १ गते। पाँचथरको फिदिममा बुधबार सुरु हुने आध्यात्मिक महोत्सवको तयारी पुरा भएको छ।

पाँचथर बहुमुखी क्याम्पसको आयोजनामा सुरु हुने महोत्सवको उद्घाटन दिउँसो साढे १ बजे राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुहुने आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएको छ।

श्रीमद भागवत ज्ञान महायज्ञ तथा बहुधार्मिक आध्यात्मिक महोत्सव नाम दिइएको कार्यक्रममा एउटै मण्डपबाट हिन्दु, बौद्व र किराँत धर्मका धर्म गुरुले प्रवचन आयोजक समितिका अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले जानकारी दिनुभयो।

वाचन प्रविण दिनबन्धु पोखरेलको प्रमुख वाचकत्वमा सञ्चालन हुने बहुधार्मिक महोत्सवमा किराँत धर्म दर्शनमा डा. चन्द्रकुमार शेर्मा र बौद्व धर्म दर्शनमा फुर्तेम्वा शेर्पाले प्रवचन दिने कार्यक्रम छ।

महायज्ञसँगै बहुधार्मिक महोत्सवको तयारी पुरा भएको आयोजकको भनाइ छ। फागुन  ९ गतेसम्म सञ्चालन हुने महायज्ञमा संकलित रकमले क्याम्पसलाई दिगो रुपमा सञ्चालनका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्य राखिएको छ।