• १३ मंसिर २०८१, बिहिबार

बजारका आठ सार्वजनिक स्थलमा ‘फ्रि वाइफाइ’

blog

फिदिम बजारमा निःशुल्क इन्टरनेट सेवाको सुरुवात गर्दै नगरप्रमुख मित्रप्रसाद काफ्ले। तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, माघ १९ गते। पाँचथरको फिदिम नगरपालिकाले सदरमुकामका आठ वटा सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट चलाउन ‘फ्रि वाइफाइ’ सेवा सुरुवात गरेको छ।

यो सेवाको शुक्रबार नगर प्रमुख मित्रप्रसाद काफ्लेले औपचारिक सुरुवात गर्नुभयो। तत्कालका लागि जिल्ला समन्वय समिति अगाडिको बिपी पार्कसँगै सुम्हात्लुङ मन्दिर, जिल्ला अस्पताल भित्रको पार्क, गणतन्त्रचौक, फिदिम माविको खेलमैदान, लोकतन्त्रचौक, आहारगैरी र शिवालय क्षेत्रमा आम नागरिकका लागि निःशुल्क वाइफाइ सेवा सुरुवात गरिएको नगर प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

ती स्थानलाई फिदिम नगरपालिकाले यस क्षेत्रलाई ‘फ्रि वाइफाइ जोन’ का रुपमा परिभाषित गरेको छ। उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख काफ्लेले  नगरपालिका क्षेत्रका ग्रामीण बजारसम्म ‘फ्रि वाइफाइ’ सेवा विस्तार गर्न नगरपालिकाले सोच बनाएको बताउनुभयो।

निःशुल्क इन्टरनेट चलाउने सुविधाले ग्रामीण क्षेत्रबाट सरकारी कामकाजका लागि सदरमुकाम आउने सर्वसाधारण सँगै पर्यटक र विद्यार्थी लाभान्वित हुने नगरपालिकाले जनाएको छ।