• ८ वैशाख २०८२, सोमबार

बुद्ध शान्तिमा श्रमिकको हत्या

blog

लीलाराज झापाली 

बिर्तामोड, माघ २० गते । झापाको बुद्ध शान्तिमा एक जना श्रमिकको हत्या भएको छ । बुद्ध शान्ति-३ स्थित पाथीभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर नागी गाउँपालिका २ घर भएका अन्दाजी ३५ वर्षीय विक्रम सेनेहाङलाई झापा शिवसताक्षी ८ पोखरी टोल घर भई सोही ब्लक उद्योगमा काम गर्ने अन्दाजी १९ वर्षीय मिलन पुरकोटीले हत्या गरेका हुन् ।

शुक्रबार  साँझ ७ः५० बजेको समयमा पुरकोटीले सामान्य विवादका क्रममा काठको मुङ्ग्रो र फलामको हमरले सेनेहाङको टाउकोमा प्रहार गरी घाइते बनाएका थिए । उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा अवस्था गम्भीर भई थप उपचारको लागि नोबेल अस्पताल विराटनगर रेफर गरिएकोमा आज बिहान ५ः१३ बजे उपचारको क्रममा सेनेहाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताउनुभयो । 

कुटपिट गर्ने पुरकोटीलाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि ईप्रका धुलाबारीमा राखिएको छ ।