• १३ साउन २०८१, आइतबार

मृगौलाको नि:शुल्क स्वास्थ्य परिक्षण

blog

मृगौलाको परिक्षण गराउदै स्थानीयहरु । तस्विर : गोरखापत्र

भक्तिविलास पोखरेल

गाईघाट, माघ १३ गते । त्रियुगा नगरपालिकाको वडा नं ३ स्थित भुल्केमा भएको दूईदिने मृगौला परिक्षण शिविरमा दुईसय ७३ जना स्थानीयले नि:शुल्क स्वास्थ्य सेवा पाउनुभएको भएको छ ।

नेपाली सेनाको १८ नं. बाहिनी परिसरमा रहेको सामुदायिक सर्पदश उपचार केन्द्रमा उदयपुर समाज काठमाडौँको आयोजना र मार्क ईन्टरलेशनल किड्नी सेन्टर लाजिम्पाटको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भएको हो । 

दुईदिने शिविरमा रौतामाई र उदयपुरगढी गाउँपालिका तथा  त्रियुगा र चौदण्डीगढी नगरपालिकाका एकसय ३६ महिला र एकसय ३७ पुरुष गरी दुई सय ७३ जना स्थानीयलले रक्तचाप,मधुमेह तथा मृगौलाको एकैसाथ परिक्षणको सेवा लिएको उदयपुर समाज काठमाडौँका अध्यक्ष मनोहरी थापाले बताउनुभयो ।

शिविरमा स्वास्थ्य जाँच गराउने अधिकांश स्थानीय मधुमेह र उच्च रक्त चापको विरामी भएकाले उहाँहरुले नियमित मृगौला चेकजाँच गर्नु पर्ने देखिएको मिर्गौला रोग विशेषज्ञ डाक्टर अर्चन शमसेर राणाले बताउनुभयो । 

उहाँका अनुसार आनीबानी र खानपानका साथै जीवनशैली स्वस्थकर नहुँदा मिर्गौला बिग्रनेको संख्या बढ्ने भएकाले खुट्टा सुन्निने, बिहान उठ्दा आँखाको डिल सुन्निने, पिसाब धमिलो आउने र राती सुतिसकेपछि पनि पटक–पटक पिसाब आएमा मिर्गौलाको लक्षण हुन सक्ने भएकोले सावधान रहन आवश्यक रहेको छ । 

मिर्गौला रोग लाग्नै नदिन स्वस्थ खाना खाने, नियमित व्यायाम गर्ने, फलफूल एवम् आवश्यक मात्रामा पानी पिउनु पर्ने र बेलाबेलामा स्वास्थ्य जाँच गर्नुपर्ने पनि डा.राणाले बताउनुभएको छ । उदयपुर जिल्लामा यस किशिमको मृगौला परिक्षण शिविर पहिलोपटक भएको हो ।