• १६ भदौ २०८१, आइतबार

धिमालको अध्यक्षमा अम्बर बहादुर

blog

हरि कोइराला

उर्लाबारी, माघ ९ गते । धिमाल जातीय विकास केन्द्रको सातौँ राष्ट्रिय महाधिवेशनले अम्बरबहादुर धिमाललाई अध्यक्षमा निर्वाचित गरेको छ । सोमबार भएको निर्वाचनबाट अम्मरबहादुर अध्यक्षमा निर्वाचित हुनु भएको हो । 

कार्यसमितिको सह अध्यक्षमा केदार धिमाल,उपाध्यक्षमा  बर्तबहादुर धिमाल,शान्तिदेवी धिमाल ः गिरिराज धिमाल ,रुकमिणि धिमाल र  गङ्गामाया धिमाल,महासचिवमा मातृका धिमाल ,कोषाध्यक्षमा रत्नबहादुर धिमाल,सचिवमा अजित कुमार धिमाल र रोमान्स धिमाल निर्वाचित हुनु भएको छ । यसै गरी परियोजना संयोजकमा तारीलाल धिमाल ,उद्योग तथा सहकारी विभागको संयोजकमा प्रथम धिमाल ,खोज तथा अनुसन्धान विभागको संयोजकमा मोहनकुमार धिमाल ,महिला तथा बालबालिका विभागको संयोजकमा पम्फा धिमाल,न्याय तथा अनुशासन विभागको संयोजकमा श्री प्रसाद धिमाल  र  प्रशिक्षण तथा सङ्गठन विभागमा नारायण राजदोङ्गे धिमाल निर्वाचित हुनु भएको छ । 

केन्द्रको विधान अनुसार राष्ट्रियसभाको सभापतिमा लोकबहादुर धिमाल,उपसभापतिमा कवीन्द्र राज धिमाल र सचिवमा मणिराज धिमाल निर्वाचित हुनु भयो । यसै गरी सदस्यहरू विष्णुबहादुर धिमाल, टेकमाया धिमाल ,रत्निमाया धिमाल,जयबहादुर धिमाल,लालबहादुर धिमाल ,हरिलाल धिमाल, प्रतिमान धिमाल ,लेखलाल धिमाल र  सविता धिमाल निर्वाचित हुनु भयो । यस्तै कार्यसमितिको सदस्यमा बुद्धिमाया धिमाल ,भुवनकुमार धिमाल ,नारायण धिमाल ,शङ्कर कुमार धिमाल, दीपेन्द्र धिमाल ,राधिका धिमाल ,मिनु धिमाल , पुष्पा धिमाल, पितबहादुर धिमाल ,शिवप्रसाद धिमाल ,मनोज धिमाल ,सावित्री धिमाल र फुलकुमारी धिमाल निर्वाचित हुनु भएको छ । 

पदाधिकारी बाहेकका सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको हो । धिमाल जाति खासगरी झापा, मोरङ र सुनसरीमा बस्दै आएका छन् । धिमाल जातिको केन्द्रीय छाता संस्था धिमाल जातीय विकास केन्द्रको कार्यालय परिसर उर्लाबारी–३ मङ्गलबारेमा केन्द्रीय महाधिवेशन गत माघ ६ र ७ गते भएको थियो ।