• १३ साउन २०८१, आइतबार

महानन्द चोकनजिक महिलाको शव फेला

blog

विष्णुप्रसाद पोखरेल

दमक, माघ ८ गते । झापाको अर्जुनधारा नगरपालिकामा एक महिलाको चोटग्रस्त अवस्थामा सोमबार बिहान शव भेटिएको छ । सो नगरपालिकाको वडा –६ महानन्दचोक पश्चिम ब्याडमिन्टन कोर्टनजिक बिर्तामोड नगरपालिका –५ मा बस्दै आउनुभएकी माया कार्की मगरको शव भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

एक महिला मृत फेला परेको स्थानीयले बताएपछि घटनास्थलमा जाँदा हत्या भएको हुनसक्ने देखिएपछि गम्भीर रुपमा अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ । महिलाको टाउकोमा ढुङ्गाले हिर्काएर हत्या गरिएको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ । 

घटना शङ्कास्पद भएको भन्दै स्थानीयले निष्पक्ष छानबिनको माग गरेका छन् । प्रहरीको प्रदेश कार्यालयबाट विशेष अनुसन्धान टोली आएको र कुकुरको समेत प्रयोग गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताउनुभयो । प्रहरीका अनुसार अनुन्धानका लागि ल्याइएको कुकुर महानन्द चोकसम्म आएको छ ।