• १३ साउन २०८१, आइतबार

फरार प्रतिवादी २० वर्षपछि पक्राउ

blog

पक्राउ परेकी तामाङ ।

ध्यान कुलुङ

सङ्खुवासभा, माघ ११ गते । इलाका प्रहरी कार्यालय केराबारी मोरङको समन्वयमा संखुवासभाका कैली तामाङलाई पक्राउ गरिएको छ । कर्तव्य ज्यान मुद्दामा २० वर्षको सजाय तोकिएपछि फरार रहेको तामाङलाई इलाका प्रहरी कार्यालय चैनपुरले बुधबार पक्राउ गरेको हो ।

तामाङले २०६० फागुन १० गते स्थानीय मङ्गल लिम्बु र योगेन्द्र दाहाललाई खुकुरी प्रहार गरेर मारी गाउँ नजिकैको बतासे भन्ने भिरबाट फ्याकेर फरार रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । घटनापछि फरार भएका तामाङ विभिन्न समयमा विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएकोमा  पछिल्लो समय मोरङको केराबारीमा रहेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

तामाङलाई बिहीबार जिल्ला अदालत चैनपुरमा उपस्थित गराइएपछि कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय खाँदबारी पठाइएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो ।