गण्डकीमा ३३ अर्बको बजेट
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ को बजेट ल्याएको छ। आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले शनिबारको प्रदेशसभामा आर्थिक वर्ष ०८१/०८२ को बजेट प्रस्तुत गर्नुभएको हो।
लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९७ करोड
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ को लागि ३८ अर्ब ९७ करोड बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री चेतनारायण आचार्यले चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ९४ हजार र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख बजेट विनियोजन गरेको शनिबार प्रदेशसभामा जानकारी गराउनुभयो ।
कर्णाली प्रदेश: आगामी आवका लागि ३१ अर्ब ४१ करोड बजेट विनियोजन
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ ।
कोशीको बजेट ३५ अर्ब २७ करोड, पूर्वाधार विकास प्राथमिकतामा
कोशी प्रदेश सरकारले शनिबार प्रदेश सभामा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले विभिन्न शीर्षकमा ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो।
कर्णाली प्रदेशको बजेटमा भौतिक पूर्वाधार तथा सहरी विकासलाई प्राथमिकता
कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षका लागि भौतिक तथा सहरी विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।
उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी
महोत्तरी जिल्लाको गौशाला नगरपालिका-१ रामनगरमा अवस्थित एभरेष्ट सुगर मिलबाट उखु किसानले एक अर्ब ६१ करोड १० लाख ६३ हजार भुक्तानी लिएका छन् ।
झापामा कृषि प्रवर्द्धनका लागि १० करोड ५३ लाख
झापामा कृषि क्षेत्रको प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले १० करोड ५३ लाख अनुदान प्रदान गरेको छ ।
पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन
ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५० हजार भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रुपमा सो बराबरको नगद सङ्कलन गरिएको हो ।
बजेट अभावका कारण क्यान्सर अस्पताल सञ्चालनमा कठिनाइ
स्थापनाको २७ वर्षपछि एक सय शय्याबाट चार सय ५० शय्यामा स्तरोन्नति भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनका लागि प्रारम्भ गरिएको स्वास्थ्यकर कोषमा विनियोजित बजेट विगतभन्दा पनि कम प्राप्त हुँदा अस्पताल सञ्चालनमा समस्या भएको छ ।
एमसिसीअन्तर्गत बन्ने रातमाटे सबस्टेसनको ठेक्का लाग्यो
मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा चार सय केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ ।
लुम्बिनीको बजेट आज
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट आज ल्याउँदै छ। दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गर्ने कार्यसूची छ।
बागमतीको बजेट आज ल्याइँदै
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट आज आउने भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रदेश सभाको बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्नु हुने छ ।
कृषि तथा स्वदेशी वस्तुको बृहत् प्रदर्शनी सुरु
‘उद्योग गरौँ, उद्यमी बनौँ, नेपाली उत्पादन प्रयोग गरौँ’ भन्ने नाराका साथ बिहीबारदेखि नागार्जुन नगरपालिकामा कृषि तथा स्वदेशमा उत्पादित वस्तुहरूको बृहत् प्रदर्शनी सुरु भएको छ । घरेलु तथा साना उद्योग सङ्घ, काठमाडौँ र उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौँको संयुक्त आयोजना तथा नागार्जुन नगरपालिकाको सहकार्य रहेको तीनदिने जिल्लास्तरीय प्रदर्शनीमा स्थानीयस्तरमा उत्पादित वस्तुहरू प्रवर्धन तथा बिक्रीवितरणका लागि राखिएको छ । नागार्जुन नगरपालिका–४, सीतापाइलास्थित ताम्राकार हाउस परिसरमा सुरु भएको प्रदर्शनी नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंह र नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
पाँच प्रदेशका बिस जिल्लामा सिपमूलक तालिम
सरकारले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीका लागि पाँच प्रदेशका २० जिल्लामा छोटो समयका सिपमूलक तालिम सञ्चालन गरिरहेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीबाट फर्किएका करिब छ हजारलाई छोटो अवधिको (एकमहिने) तालिम सञ्चालन गरेको हो । बोर्डका अनुसार चालु आर्थिक वर्षभित्र सक्ने गरी धेरै ठाउँमा तालिम सुरु भइसकेको छ । बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बोर्डले विदेशमा काम गरेर फर्किएका र उनीहरूका परिवारका सदस्यलाई लक्ष्य गरेर छोटो समयको तालिम सुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार बोर्डले वैदेशिक रोजगारीबाट फर्किएकालाई देशमै पुनः एकीकरण गर्न चालु आवमा यो कार्यक्रम सञ्चालन गरिएको हो ।
बजेटमा इप्पानको मिश्रित प्रतिक्रिया
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपालले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटप्रति मिश्रित प्रतिक्रिया दिएको छ । कार्यसमिति चयन भएको एक वर्ष पूरा भएको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ऊर्जा विकासका लागि लिइएका कतिपय नीतिगत निर्णय सकारात्मक रहेको तर ऊर्जा उद्यमी केन्द्रित हित भने कम राखिएको भन्दै असन्तुष्टि जनाइएको छ । बजेटमा समावेश भएको प्रसारण लाइनको राइट अफ वेमा पर्ने जग्गाहरूका जग्गाधनीलाई जलविद्युत् आयोजना सरह सेयर दिने विषय सकारात्मक रहेको इप्पानले जनाएको छ ।
नार्कले तयार पार्यो जलवायुसम्बन्धी डिजिटल नक्सा
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले अत्याधुनिक प्रविधि प्रयोग गर्दै एकै क्लिकमा आफ्नो क्षेत्रको जलवायुबारे थाहा पाउन सक्ने गरी दक्षिण एसियाको जलवायु अनुकूलन डिजिटल नक्सा तयार पारेको छ । साउथ एसिया देशहरूको जुनसुकै ठाउँको जलवायुबारे एकै क्लिकमा थाहा पाउने गरी नक्सा तयार पारेको हो । यो नक्साबाट तत्काल (राइट टाइम) देखि ३० वर्षपछि जलवायुको अवस्था कस्तो हुने कुराको पनि जानकारी पाउन सकिने नार्क अन्तर्गतको नेपाल कृषि वतावरण अनुसन्धान केन्द्रका वैज्ञानिक एवं यो योजनाको राष्ट्रिय संयोजक रोशनबाबु ओझाले बताउनुभयो ।
असार महिनाका लागि बैङ्कले घटाए ब्याजदर
पछिल्ला महिनामा लगातार ब्याजदर घटिरहेको सन्दर्भमा वाणिज्य बैङ्कहरूले असार महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । हाल सञ्चालनमा रहेका २० मध्ये ११ वटा वाणिज्य बैङ्कले ब्याजदर घटाएका छन् भने तीन बैङ्कले बढाएका छन् । यता छ बैङ्कले भने अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बैङ्कहरूले औसतमा ०.१२ प्रतिशत विन्दुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । जेठ महिनाको तुलनामा असारमा ब्याजदर बढाउने बैङ्कमा हिमालयन, माछापुच्छ«े र नबिल बैङ्क रहेका छन् । यता प्रभु, स्टान्डर्ड चार्टर्ड, सिद्धार्थ, नेपाल इन्भेस्टमेन्ट मेगा र नेपाल बैङ्कले भने जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
कोशी प्रदेश सरकारको बजेट सिलिङ ३५ अर्ब १७ करोड ३४ लाख
कोशी प्रदेश योजना आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश सरकारलाई ३५ अर्ब १७ करोड ३४ लाख बजेटको सिलिङ तोेकेको छ ।
सुदूरपश्चिमको आर्थिक सर्वेक्षण प्रस्तुत
सुदूरपश्चिम प्रदेशको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत गरिएको छ। आज बसेको प्रदेश सभामा आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको हो। चालु आर्थिक वर्षको कुल ग्राहस्थ उत्पादन चार खर्ब चार अर्ब २८ करोड रुपियाँ रहने अनुमान गरिएको छ।
केरुङबाट पाँच हजार क्विन्टल चामल ढुवानी सुरु
काठमाडौँबाट रसुवागढी हुँदै केरुङ नाकाबाट तिब्बती मार्ग भएर हिल्सादेखि सिमकोटसम्म आउनु पर्ने खाद्यान्न ढुवानी कार्य सुरु भएको छ । दुई दिन अगाडी काठमाडौँबाट ढुवानी सुरु भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमीडेटको ढुवानी अनुदानको उक्त खाद्यान्न बिहीबार केरुङबाट हिल्सा नाकाका लागि ढुवानी सुरु भएको हो ।
कृषि अनुसन्धानमा परिणाम देखिने गरी काम नभएको गुनासो
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले राम्रो नतिजा दिने गरी कृषिमा अनुसन्धान नभएको गुनासो गर्नुभएको छ । कृषि वैज्ञानिकहरूले कृषि अनुसन्धानका लागि बजेटको अभाव भइरहेको गुनासो गरिरहेका बेला मन्त्री साहको यस्तो भनाइ आएको हो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रले बिहीबार आयोजना गरेको ११ औँ राष्ट्रिय बागवानी कार्यशाला गोष्ठीलाई उद्घाटन गर्दै मन्त्री साहले नार्कका वैज्ञानिकले कृषिमा राम्रो रिजल्ट दिने गरी कार्य नगरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “नार्कका वैज्ञानिकले परिणाम आउने गरी काम गर्नु प¥यो तर त्यस्तो देखिएको छैन । राम्रो काम गर्न र गराउनका लागि सरकार वा मन्त्रालयले के गर्नु पर्छ भन्नूस् तर तपाईंहरूले नतिजा दिने गरी काम गर्नूस् ।”
बन्दीपुर केबुलकार सञ्चालन
बन्दीपुर केबुलकार बिहीबारबाट सञ्चालनमा आएको छ । सञ्चालनमा आएसँगै पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटकले केबुलकारबाट आवतजावत गर्न पाएका छन् । सेवा शुभारम्भको अवसरमा ६० प्रतिशत छुटको व्यवस्था गरिएकाले ३६० रुपियाँमा आवतजावतको व्यवस्था मिलाइएको बन्दीपुर केबुलकार तथा टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । छुटको व्यवस्था एक साताका लागि गरिएको छ ।
ढाका उद्योगमा सफल उद्यमी इन्दिरा
छोराछोरी पढाउने खर्चको जोहो गर्नकै लागि २२ वर्षअघि रुमाल बुनेर व्यवसाय गरेकी पाँचथरको फिदिम–१ की इन्दिरा खनाल अहिले सफल उद्यमीका रूपमा कहलिनुभएको छ । उहाँले सञ्चालन गरेको पाँचथर ढाका उद्योगमा अहिले एक दर्जन कपडा बुन्ने तान (हाते मेसिन) छन् । सबै खर्च कटाएर वार्षिक पाँच लाख रुपियाँभन्दा धेरै बचत गर्नुहुन्छ । देशविदेशबाट ढाका कपडाको माग बढेसँगै खनाल आफ्नो व्यवसायमा व्यस्त बन्नुभएको हो । उहाँ २२ वर्षअघि छोराछोरी पढाउन चोकमागुदेखि सदरमुकाम फिदिम आउनुभएको थियो । उहाँले भन्नुभयो, “श्रीमान् वैदेशिक रोजगारीमा गएपछि नानीहरूलाई स्कुल पठाएर दिनभर रुमाल बुन्न सिकेँ,
लगानीको वातावरण सहज बनाउन पहल
नेपालमा लगानीको वातावरण सहज बनाउन सरकारले पहल थालेसँगै लागि प्रतिस्थापन विधेयक सङ्घीय संसद्मा पेस गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आफ्नो कार्यकाल समालेको सय दिनको कार्यप्रगति सार्वजनिक गर्दै नेपालमा लगानीको वातावरण सहज बनाउन विभिन्न आठ कानुन समावेश गरिएका केही नेपाल ऐन संशोधन, अध्यादेश २०८१ जारी गरी प्रतिस्थापन विधेयक सङ्घीय संसद्मा पेस गरिएको बताउनुभएको हो । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत उहाँले १०१ काम सार्वजनिक गर्नुभयो ।