• १६ भदौ २०८१, आइतबार

भदौदेखि कुवेत उडान गर्दै हिमालय

blog

काठमाडौँ, साउन २९ गते । हिमालय एयरलाइन्सले आगामी भदौ ४ गतेदेखि कुवेतमा सिधा उडान गर्ने जनाएको छ । हाललाई सातामा एक दिन मङ्गलबार उडान हुने र आवश्यकता अनुसार उडान थप गर्दै जाने कम्पनीले जनाएको हो । 

हिमालयले मङ्गलबार १२:४५ मिनेटमा काठमाडौँबाट कुवेतका लागि उडान भर्ने र त्यहाँको स्थानीय समय अनुसार बिहान ३:१५  मिनेटमा अवतरण गर्ने उल्लेख गरेको छ । 

कुवेतबाट सोही दिन ४:१५ मिनेटमा उडान गरेर ११:५० मिनेटमा काठमाडौँमा अवतरण गर्ने जनाइएको छ । एयरलाइन्सले यसका लागि कुवेतमा जेनरल सेल्स एजेन्टमा सजर्स ट्राभल गु्रपलाई नियुक्त गरेको छ ।