स्वास्थ्य क्षेत्रमा बजेट थप्न आग्रह
स्वास्थ्य क्षेत्रमा विनियोजित बजेट अपुग हुने भन्दै सांसदहरूले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर बजेट थप्न आग्रह गरेका छन् । उनीहरूले स्वास्थ्य क्षेत्रमा देखिएको बेथिति नियन्त्रणका लागि अग्रसरता लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको ध्यानाकर्षण गराएका छन् । स्वास्थ्य क्षेत्रका लागि करिब ८६ अर्ब बजेट विनियोजन गरिएको छ ।
बैङ्कभन्दा नातेदारकै भर
नेपाली जनता ऋणका लागि सबैभन्दा धेरै नातेदारसँगै निर्भर रहने पाइएको छ । ऋण प्रवाहका लागि देशका प्रायः सबै क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, लघुवित्त र सहकारीको समेत उपलब्धता रहेको अवस्थामा पनि धेरै घरपरिवारले नातेदारसँगै ऋण लिने गरेको पाइएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण २०२२/२३ को प्रतिवेदनले ऋण लिएका घरपरिवारमध्ये सबैभन्दा धेरै अर्थात् ४२.५ प्रतिशतले नातेदारबाट ऋण लिने गरेको तथ्य सार्वजनिक गरेको हो । प्रतिवेदन अनुसार घरपरिवारबाट ऋण लिने प्रवृत्ति विगत १२ वर्षको तुलनामा भने घटेको छ । यसअघि सन् २०१०/११ को जीवनस्तर सर्वेक्षणमा ५१.१ प्रतिशतले नातेदारबाट ऋण लिने उल्लेख गरेको थियो ।
आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक सङ्कटमा पर्छ : सांसद केसी
प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक सङ्कटमा पर्ने भन्दै सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ ।
पुँजी बजारमा करिब साढे छ अर्बको कारोबार
यो सातामा कारोबारको अन्तिम दुई दिन पुँजी बजारमा कारोबार रकम उल्लेख्यरुपमा बढेको छ ।
धनगढीको आन्तरिक आम्दानी पौने छ करोडले बढ्यो
विभिन्न स्थानीय तहका आन्तरिक आम्दानी घटेको देखिएको बेला धनगढी उपमहानगरपालिकाले पौने छ करोड रुपियाँ आन्तरिक आम्दानी बढाएको छ ।
खिम्ती-२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने
‘पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती-२ जलविद्युत आयोजनाको शेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ ।
कृषि र पर्यटनको विकासमा केन्द्रित छौँ
मुस्ताङ जिल्लाका साबिकका मुक्तिनाथ, झोङ, छुसाङ र कागबेनी गाउँ विकास समितिलाई समेटेर वारागुङ मुक्तिक्षेत्र गाउँपालिका बनाइएको छ । सङ्घीयतापछि मुक्तिनाथ, झोङ, छुसाङ, कागबेनी र फल्याङ गरी गाउँपालिकालाई पाँच वटा वडामा विभाजन गरिएको छ । यो धार्मिक एवं प्राकृतिक पर्यटनको राम्रो सम्भावना भएको पालिका हो । प्रसिद्ध
नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो
जिल्लामा यस वर्ष कूल एक हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले बताउनुभयो । विगत चार वर्षदेखि सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रमा चैतेधान लगाउने क्रम जिल्लामा बढेको उहाँले बताउनुभयो ।
कृषि अनुसन्धानका लागि बजेटको अभाव
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले कृषि अनुसन्धानका लागि बजेटको अभाव भएको गुनासो गरेका छन् । कृषि अनुसन्धानका लागि बजेटमा वृद्धि नगरेसम्म खाद्यान्नमा आत्मनिर्भर हुन नसकिने उनीहरूको दाबी रहेको छ । देशको कुल बजेटमध्ये कृषिका लागि सरकारले ३.३७ प्रतिशत मात्र बजेट छुट्याएको छ । कृषि बजेटमध्ये नार्कका लागि ५.६६ प्रतिशत छुट्याएको छ । राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रका प्रमुख तथा कृषि वैज्ञानिक डा. टीकाराम चापागाईंले देशको कुल बजेटमध्ये नार्कका लागि ०.१९ प्रतिशत बजेट मात्र छुट्याएको छ, यो अनुसन्धानका लागि निकै नै कम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले हामीलाई दिएको बजेटबाट सानो स्केलमा काम गर्न सकिन्छ तर अन्तर्राष्ट्रिय रूपमै प्रतिस्पर्धा गर्ने गरी काम गर्न सकिँदैन ।”
श्रमाधान रोजगार मेला सम्पन्न, तालिम र परामर्श दिनेको वर्चस्व
बागमती प्रदेशको ललितपुरमा आयोजना गरिएको दुईदिने श्रमाधान रोजगार मेलामा तालिम र परामर्श दिने संस्थाको वर्चस्व रहेको छ । रोजगार मेलामा सिधै रोजगारी पाइने आसले आएकाहरू निराश भए । अवलोकन गर्ने अधिकांश रोजगारी पाइने आसमा आएका अधिकांश निरास भएर फर्किएका छन् । मेलामा रोजगारीभन्दा पनि सिप, तालिम र परामर्श दिने संस्था भएकाले रोजगारी खोज्न आएकाहरू निरास भएका हुन् । ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय र ललितपुर महानगरपालिकाको संयुक्त आयोजनामा मङ्गलबार र बुधबार चलेको मेलामा अधिकांशले थोरै भए पनि नेपालमै रोजगारी गर्ने चाहनाका साथ अवलोकनमा आएको पाइयो ।
‘श्रमसम्बन्धी समस्या एकद्वार प्रणालीबाट समाधान’
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले नेपाली श्रमिकका श्रमसम्बन्धी सबै खालका समस्या एकद्वार प्रणालीबाट समाधान गर्न श्रमाधान रोजगार योजना सुरु गरेको बताउनुभएको छ । जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन (आइएलसी) को पूर्ण बैठकलाई सम्बोधनका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री अर्यालले नेपाल सरकारले घरेलु रोजगार प्रवर्धन दशक घोषणा गरेर अनौपचारिक एकाइ र श्रमलाई औपचारिक बनाउनेतर्फ नेपाल सरकार केन्द्रित रहेको बताउनुभयो । कार्यक्रममा आइएलओको नवौँ महाधिवेशनलाई अनुमोदन गर्ने योजनामा त्रिपक्षीय सहमति भएको छ ।
सेजमा एकाउन्न उद्योग सञ्चालनमा
भैरहवा विशेष आर्थिक क्षेत्र र सिमरा विशेष आर्थिक क्षेत्र (सेज) मा १० अर्बभन्दा बढी लगानीमा ५१ वटा उद्योग सञ्चालनमा आएका छन् । आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार भैरहवा विशेष आर्थिक क्षेत्रमा आर्थिक वर्ष २०८०/०८१ को फागुनसम्म चार अर्ब ७२ करोड लगानीमा २४ उद्योग सञ्चालनमा आएका छन् ।
प्राधिकरणको अत्याधुनिक डेटा सेन्टर सञ्चालनमा
नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डेटा सेन्टर सञ्चालनमा ल्याएको छ । भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौँको स्युचाटारस्थित भार प्रेषण केन्द्र परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको डेटा सेन्टर सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएको छ ।
साउनदेखि बङ्गलादेशलाई बिजुली बेचिने
सरकारले बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यातका लागि अन्तिम चरणको तयारी गरिरहेको छ । साउनको पहिलो साताभित्र बङ्गलादेश विद्युत् निर्यात गर्ने कार्ययोजना अनुसारका गृहकार्य भइरहेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । बङ्गलादेशले पनि सोही अनुसारका तयारीको काम गरिरहेको छ । त्यहाँको मन्त्रीपरिषद् अन्तर्गतको सरकारी खरिदसम्बन्धी मन्त्रीस्तरीय समिति (क्याबिनेट कमिटी अन गभर्नमेन्ट पर्चेज–सिसिजिपी) ले मङ्गलबार नेपालबाट ४० मेगावाट विद्युत् खरिदको प्रस्ताव स्वीकृत गरेको छ । यसलाई त्यहाँको मन्त्रीपरिषद्ले अनुमोदन गर्न भने बाँकी छ ।
विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विश्वका लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
भरतपुरमा भित्रिन्छ करिब १२ अर्ब विप्रेषण
चितवनको भरतपुर महानगरपालिकामा वार्षिक ११ अर्ब ९६ करोड ९१ लाख २२ हजार बढी विप्रेषण भित्रने गरेको छ ।
नेप्सेमा उच्च अङ्कको कारोबार
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिँदा कारोबार रकम भने उच्च देखिएको छ । नेप्से परिसूचक छ दशमलव ३७ अङ्कले बढेर दुई हजार एक सय २१ दशमलव ६२ को विन्दुमा कायम भएको छ ।
विनयी त्रिवेणी गाउँपालिकाको बेरुजु प्रतिशत कम
नवलपुरको कावासोती नगरपालिकाको बेरुजु बढेको छ । लेखापरीक्षणबाट आर्थिक वर्ष २०७९-०८० मा रु.४ करोड ८० लाख ७३ हजार बेरुजु देखिएको छ ।
भुइँ स्याउको उत्पादनसँगै उद्यममा जोडिँदै महिला
फिदिम ३ का देउमान श्रेष्ठलाई श्रीमती हिमाकुमारी सोही वडामा गठन भएको सुनौलो नाम्दु अर्ग्यानिक भुईँ स्याउ उत्पादन महिला समूहको सदस्य बन्दा खुसी लागेको थिएन ।
मेलामा पाइएनन् दक्ष जनशक्ति
सरकारले देशभरि श्रमाधान रोजगार मेला सञ्चालन गरेको छ । सातै वटा प्रदेशमा विभिन्न समयमा आयोजना भएको मेलामा रोजगारदाताले रोजगारी दिने र सिप नभएकालाई तालिम पनि दिने गरेका छन् । यसले थोरै भए पनि रोजगारी समस्या समाधान गर्नुका साथै बिदेसिने सङ्ख्यामा कमी आउने विश्वास गरिएको छ तर मङ्गलबारदेखि ललितपुरको पाटन क्याम्पसमा सुरु भएको मेलामा रोजगारदाताले खोजेका जनशक्ति नपाएको खबर प्राप्त भएको छ ।
खाद्य ऐनले तोक्यो पाँच लाखसम्म जरिबाना
खाद्य पदार्थ बिक्रीवितरण तथा निकासी पैठारीमा लापर्बाही गरेमा वा स्वच्छतामा ध्यान नदिएमा त्यस्ता व्यवसायीका लागि सरकारले कडा कारबाहीको व्यवस्था गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालै ल्याएको खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ मा सो व्यवस्था गरिएको हो । अनुमतिपत्र नलिई खाद्य व्यवसाय सञ्चालन गरेमा, पैठारी गर्नुअघि अनुमति नलिएको, दूषित खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, बिक्रीवितरण गरेमा पचास हजारदेखि पाँच लाख रुपियाँसम्म र पाँच वर्ष कैद वा दुवै सजाय हुने ऐनमा उल्लेख छ । मानव उपभोगका लागि देहायको कुनै अवस्थाको दूषित खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय, ढुवानी वा बिक्रीवितरणका लागि राख्न वा गर्न, गराउनमा ऐनले पूर्ण रूपमा बन्देज लगाएको छ ।
पोखरामा पर्यटन विस्तार सन्तोषजनक
पोखरालाई पर्यटनको राजधानी घोषणासँगै समग्र पर्यटन क्षेत्रमा अहिले आशाको किरण छाएको छ । योसँगै पर्यटन क्षेत्रमा लगानी पनि बढ्दो देखिन्छ । कोभिडले केही समय शिथिल पारेको पर्यटन क्षेत्र अहिले बिस्तारै पुरानै गतिमा अघि बढेको छ । सन् १९५० मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै पर्यटनमा वामे सरेको पोखरा अहिले विश्व पर्यटन बजारको ‘ब्रान्ड’ बनेको छ । त्यसो त पोखरामा पर्यटकीय गन्तव्य प्रशस्त छन् । प्राचीन संस्कृति, कला र सभ्यताका दृष्टिले पनि पोखरा र सिङ्गो गण्डकी प्रदेश अगाडि छ । अहिले पोखरामा पर्यटनका लागि ठुलो लगानी छ ।
सूचना प्रविधि दशकमा पन्ध्र लाखलाई रोजगारी
आगामी आवको बजेटमा गरिएका सूचना प्रविधि दशक घोषणासहित ३० खर्बको निर्यात र १५ लाखलाई रोजगारीको लक्ष्य भेट्न अहिलेदेखि नै नीतिगत सुधार र रणनीतिक कार्यक्रम ल्याउनुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मङ्गलबार राजधानीमा आयोजना गरेको सूचना प्रविधि दशक र आगामी कार्यदिशा विषयक कार्यक्रममा सरोकारवाला विज्ञहरूले नीतिगत सुधार र कानुनी अल्झन हटाई स्थिर नीति बनाउन सके ३० खर्बको सूचना प्रविधि सेवा निर्यात सहज लक्ष्य रहेको टिप्पणी गरेका हुन् ।
दस महिनामा भित्रियो सात अर्ब वैदेशिक लगानी
दस महिनामा मुलुक सात अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म छ अर्ब ९८ करोड रुपियाँ भित्रिएको हो । गत वर्ष सो अवधिमा चार अर्ब ३६ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । गत वर्षको १० महिनाको तुलनामा चालु आवको १० महिनामा दुई अर्ब ६२ करोड रुपियाँ बढी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।