इन्धन डिपो सार्न पहल सुरु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर, सिनामङ्गलमा रहेको इन्धन डिपो सार्न पहल थालिएको छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको भोलिपल्ट अर्थात् शनिबार मन्त्रीसहितको टोलीले हाल डिपो रहेको स्थल र वैकल्पिक स्थलको निरीक्षणसमेत गरेको छ । निरीक्षणपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विमानस्थलमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो सार्न निर्देशन दिनुभएको छ ।
राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रलाई थप प्रभावित हुन दिँदैनौँ : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्र थप प्रभावित हुने अवस्था अब नआउने बताउनुभएको छ ।
प्राथमिकतामा पानीजहाज र रेलमार्ग सञ्चालन
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्ने विषयलाई प्राथमिकता दिन निर्देशन दिनुभएको छ ।
आर्थिक र सामाजिक रूपान्तरण गर्ने अभियानमा छौँ : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउँदै देशमा आर्थिक र सामाजिक रूपान्तरण गर्ने अभियानमा सरकार रहेको बताउनुभएको छ।
पालुङटारको दुई वडाबाट १५ करोडको लिची बिक्री
गोरखाको पालुङटार नगरपालिकामा यस वर्ष लिची बिक्रीबाट १५ करोड रुपियाँको कारोबार भएको छ। यस वर्ष गत वर्ष भन्दा पनि बढी लिची उत्पादन भएको छ। गत साल लिची उत्पादनबाट ७ र ८ नम्बर वडामा १२ करोड रुपियाँ आम्दानी भएको थियो।
अकबरे खेतीबाट वार्षिक १५ लाख आर्जन गर्दै इलामका खड्गबहादुर
जिल्लाको माङ्सेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरुको मुख ताक्नुपरेको छैन । आफ्नै बारीमा गरेको व्यावसायिक अकबरेखेतीबाट घरखर्च चलेको छ । वार्षिक उहाँले रु १५ लाख आर्जन गर्दै आउनुभएको छ ।
एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित
निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती गर्न थालिएको हो ।
पर्सामा ९० प्रतिशत रोपाइँ सकियो
पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रले यो वर्ष पर्याप्त पानी उपलब्ध भएकाले जिल्लामा ९० प्रतिशत रोपाइँ सकिएको जनाएको छ ।
व्यवसाय विस्तार गर्ने कम्पनीको रणनीति
सरकारी स्वामित्वको निर्जीवन बिमा कम्पनी राष्ट्रिय बिमा कम्पनी लिमिटेड स्थापनाको ११ औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीको ११ औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपालको निर्जीवन बिमा बजारको विकास र विस्तारमा महìवपूर्ण योगदान गर्न प्रयत्नशील रहन राष्ट्रिय बिमा कम्पनी लिमिटेडलाई आग्रह गर्नुभयो । सरकारी स्वामित्वको कम्पनी भएकाले सबैभन्दा ठुलो व्यवसाय बनाउँदै देशको अग्रणी कम्पनी बन्न उहाँको आग्रह थियो । नियामकले तोकेको पुँजी पु¥याउने, रोकिएको लेखा परीक्षण समयमै सम्पन्न गरी संस्थाको विश्वसनीयता माथि उठाउने गरी काम गर्न पनि उहाँको आग्रह थियो ।
आत्मनिर्भर अर्थतन्त्रको मुख्य आधार साना तथा मझौला उद्योग
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना मझौला उद्योगमा रहेकाले यस्ता उद्योगको प्रवर्धन र विकासमा सरकारले जोड दिएको बताउनुभएको छ । उद्योग मन्त्रालय र महासङ्घका पदाधिकारीबिच निरन्तर समन्वय र सहकार्य भएमा मुलुकको औद्योगिक विकासमा सहयोग पुग्ने बताउँदै उहाँले आत्मनिर्भर अर्थतन्त्रको मुख्य आधार लघु एवं घरेलु साना तथा मझौला उद्योग रहेको बताउनुभएको हो ।
वैदेशिक रोजगारीमा जानेको आबद्धता दस लाख
वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर जानेको सामाजिक सुरक्षा कोषमा आबद्धताको सङ्ख्या दस लाख नाघेको छ । वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर जानेलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन अनिवार्य गरेको छ । सामाजिक सुरक्षा कोषका अनुसार कोषमा २०७९ चैत ८ गतेदेखि २०८१ साउन १८ गतेसम्म १० लाख ११ हजार ८०५ जना आबद्ध भएका छन् तर निरन्तरता दिनेको सङ्ख्या असाध्यै कम छ ।
प्रधानमन्त्री ओलीले पहल लिएपछि व्यवसायी उत्साहित
प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतासाथ अन्तर्राष्ट्रिय उडान प्रयोगमा ल्याउन सरकार लागि परेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले शनिबार आफ्नो फेसबुकमार्फत थाई एयर एसियाले साताको चार दिन भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको जानकारी गराउँदै त्यससम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रीपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालनसम्बन्धी योजना पेस गर्नेजिम्मेवारी तोकेको बताउनुभएको छ ।
पर्यटकलाई नेपाल भ्रमण गर्न आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक सौन्दर्य दृश्यावलोकनका लागि नेपालको भ्रमण गर्न विश्वका पर्यटकलाई आग्रह गर्नुभएको छ । विश्वका छानिएका भ्लगरहरूको लुक्ला विमानस्थलदेखि सगरमाथा आधार शिविरसम्मको साहसिक यात्रामा आधारित रियालिटी सो ‘द च्यालेन्जर्स : गेम अफ हिमालयज’ को प्रिमियर सो कार्यक्रममा प्रधानमन्त्री ओलीले एक पटक नेपाल भ्रमणमा आएपछि जोकोहीलाई अर्को पटक आफैँ आऊँ आऊँ लाग्ने बताउनुभयो ।
लाल आयोगको प्रतिवेदनमाथि नै आशङ्का
संसद्को सार्वजनिक लेखा समितिमा विद्युत् महसुल निर्धारण सम्बन्धमा अध्ययन गर्न गठित गिरिशचन्द्र लालको नेतृत्वमा गठित आयोगको प्रतिवेदनमाथि प्रश्न उठाइएको छ । शुक्रबार उद्योगी र नेपाल विद्युत् प्राधिकरणबिच रहेको डेडिकेटेड तथा ट्रङ्कलाइनको प्रिमियम महसुल विवादका सम्बन्धमा उद्योगी र विषय सम्बद्ध सरकारी अधिकारीलाई बोलाएर गरिएको छलफलका क्रममा सो प्रतिवेदनमाथि समितिका सभापतिलगायत सदस्य सांसदले प्रश्न उठाएका छन् । समितिमा छलफलका क्रममा सभापति ऋषिकेश अधिकारीले आयोगको सिफारिसकै कारण नेपाल विद्युत् प्राधिकरणले बिलिङ गरेको करिब १५ अर्ब ४० करोड रुपियाँ मिनाहा गर्ने गरी आएको प्रतिवेदनमाथि नै आशङ्का गर्नुभयो ।
नेपाली श्रमिकलाई सचेत रहन आग्रह
इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले लेबनानको राजधानी बेरुतनजिकै दायिहयामा तनावग्रस्त अवस्था सिर्जन भएकाले लेबनानमा रहेका नेपाली श्रमिकलाई सचेत गराएको छ । दूतावासले सूचना सार्वजनिक गर्दै लेबनानको दायिहयामा इजरायली आक्रमणमा परेर हिज्बुल्लाहका वरिष्ठ कमान्डर फुआद सुकर मारिएपछि मध्यपूर्वमा तनाव बढ्ने अवस्था सिर्जना भएकाले त्यहाँ रहेका नेपालीलाई सुरक्षित भएर बस्न सचेत गराएको हो ।
सुन तोलाको डेढ लाख
स्थानीय बजारमा सुनको मूल्य बढेर नयाँ रकर्ड कायम गरेको छ । शुक्रबार तोलामा पाँच सय रुपियाँ वृद्धि भएर सुनको मूल्य डेढ लाखनजिक पुगेर नयाँ रेकर्ड कायम गरेको हो । गत साउन २ गते प्रतितोला सुनको मूल्य एक लाख ४९ हजार आठ सय रुपियाँमा कारोबार भएर दुई साता ओरालो लागेर एक लाख ४५ हजार रुपियाँमा झरेको थियो । गत आइतबारदेखि सुनको मूल्य पुनः उकालो लाग्न थालेपछि सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । शुक्रबार प्रतितोला सुनको मूल्य एक लाख ४९ हजार नौ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सरकारले पुँजी बजारमाथि कडा निगरानी राख्नुपर्छ : सांसद महत
सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजी बजारमाथि निगरानी बढाउन सरकारलाई आग्रह गर्नुभएको छ।
मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा छ : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा रहेको बताउनुभएको छ।
बक्यौता रकम असुल गर्न समितिले सहयोग गर्नुपर्छ : कुलमान घिसिङ
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विवादको जड उद्योगी व्यवसायी भएको आरोप लगाउनुभएको छ।
निर्माण व्यवसायलाई पूर्ण उद्योगको मान्यता दिन माग
नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण व्यवसायलाई पूर्ण उद्योगको मान्यता दिन सरकारसँग माग गरेको छ । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेट गर्दै महासङ्घले निर्माण व्यवसायलाई पूर्र्ण उद्योगको मान्यता दिन माग गरेको छ । महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री भण्डारीसमक्ष नदीजन्य तथा खानीजन्य सामग्रीको उत्खननमा देखिएको समस्या समाधान गर्नुपर्ने, निर्माण सामग्रीमा कार्टेलिङ गरी हुने मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, वास्तविक जिल्ला दररेट तोकिनुपर्नेलगायतका विषयमा पनि ध्यानाकर्षण गराएको छ ।
एघार करोडको तरकारी बिक्री
भारी वर्षा भएर तरकारी खेतीमा अत्यधिक क्षति पु¥याए पनि लालबन्दी बजारबाट असारमा मात्रै ११ करोडभन्दा बढीको तरकारी बिक्री भएको छ । किसानले तरकारी बिक्री गरेर मनग्गे आर्जन गर्ने मुख्य थलो बनेको लालबन्दी तरकारी बजारबाट बर्सातको महिना असारमा समेत ११ करोड ५८ लाख ८९ हजार १७५ रुपियाँको तरकारी बिक्री भएको हो । किसानले लालबन्दी नगरपालिका–७ स्थित थोक तरकारी बजार डुमडुमेमा ल्याएर बिक्री गर्ने तरकारी व्यापारीले खरिद गरी छेउछाउका बजार मलङ्गवा, चन्द्रपुर, गौर, जनकपुरसहित काठमाडौँ, हेटौँडा, सिन्धुली, कटारी साथै पहाडी जिल्ला सोलखुम्बुसम्मका बजारमा पु¥याएर बेच्ने गरेका छन् ।
साउन मसान्तसम्म शतप्रतिशत रोपाइँ हुने
समयमा पानी परेका कारण यस पटक धान रोपाइँ समयमा सम्पन्न हुने देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार साउन १३ सम्म ९२.४ प्रतिशत रोपाइँ भइसकेको छ । गत वर्ष यही यतिबेलासम्म ७८.१ प्रतिशत रोपाइँ मात्र भएको थियो । यही हिसाबले रोपाइँ भयो भने साउन मसान्तभन्दा पहिले नै शतप्रतिशत रोपाइँ हुने कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. बहादुर केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “यसपालिको सुखद कुरा समयमा मनसुन सुरु भयो र नियमित पानी परिरह्यो, किसानलाई सिँचाइलगायत अन्य कुनै कुराको अभाव भएन, त्यही भएर समयमा रोपाइँ सम्पन्न भएको हो ।”
बन्दा बजार पठाउने तयारी
बन्दाकोभी बिक्रीका लागि बजार पठाउने तयारी गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित सोती बहुउद्देश्यीय कृषक समूहका पदाधिकारी । उनीहरुले गत वर्षदेखि सामूहिकरुपमा जग्गा भाडामा लिएर फलफूल तथा तरकारी खेती गर्दै आएका छन् ।
चीनबाट आयात बढेसँगै राजस्व वृद्धि
तातोपानी नाकाबाट गत आर्थिक वर्ष २०८०/८१ मा १३ अर्ब ३१ करोड राजस्व सङ्कलन भएको छ । आठ अर्ब ४२ करोड लक्ष्य राखिएकोमा पाँच अर्ब बढी रकम राजस्व सङ्कलन भएको भन्सार कार्यालयका प्रमुख दयानिधि केसीले जानकारी दिनुभयो । लक्ष्यभन्दा १५८ प्रतिशतले राजस्व बढी सङ्कलन भएको छ । चीनबाट आयात बढेसँगै राजस्व सङ्कलनमा वृद्धि आएको हो । महिनैपिच्छे लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको थियो । विद्युतीय गाडी, मेसिनरी सामान आयातमा वृद्धिसँगै राजस्व सङ्कलनमा वृद्धि भएको हो ।