करदाता सेवा कार्यालय खोटाङले उठायो २२ करोड ३१ लाख राजस्व
करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०८०/८१ मा २२ लाख ५० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
डिभिजन वन कार्यालय गोरखामा एक करोड बढी राजस्व सङ्कलन
डिभिजन वन कार्यालय गोरखाले गत आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि असार मसान्तसम्म एक करोड ३७ लाख राजस्व सङ्कलन असुल उपर गरेको छ ।
तोलामा एक सयले घट्यो सुनको मूल्य
स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला रु. एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४६ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४६ हजार निर्धारण भएको छ ।
पोखरामा गाउँगाउँबाट कृषि ‘एम्बुलेन्स’ले ल्याउँछ तरकारी
पोखरा महानगरपालिका–७ माछापुच्छ्रे टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरीथरीका तरकारी किन्न पाउँदा मख्ख हुनुहुन्थ्यो । त्यहाँ उहाँजस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको थियो ।
बागलुङमा आलुखेती विस्तार : गत वर्ष अर्ब बढीको उत्पादन
पछिल्लो समय बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलुखेती गर्न थालेका हुन् ।
दुध उत्पादकलाई प्रोत्साहन अनुदान
कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा कर्णालीका दुध उत्पादक किसानलाई प्रोत्साहनबापत एक करोड रुपियाँभन्दा बढी प्रोत्साहन अनुदान उपलब्ध गराएको छ । दुध उत्पादक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले सुरु गरेको यस कार्यक्रम कर्णालीका पाँच जिल्लामा प्रतिलिटर १० रुपियाँ र अन्य जिल्लामा पाँच रुपियाँका दरले ३७ लाख ९१ हजार ४२९ लिटर दुधमा एक करोड २३ हजार प्रोत्साहन रकम अनुदानबापत उपलब्ध गराइएको प्रदेश सरकारले जनाएको छ । जसबाट तीन हजार ७७६ कृषक लाभान्वित भएका छन् ।
फोहोर नपाउँदा परीक्षणमै बायोग्यास प्लान्ट
फोहोरबाट ग्यास उत्पादन गरेर घर घरमा पुर्याउने योजना अनुसार दाङको घोराहीमा निर्माण गरिएको बायोग्यास प्लान्ट उद्घाटन भएको दुई वर्षभन्दा बढी भयो । २०७८ चैत १९ गते घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभएको उक्त प्लान्ट फोहोर अभावका कारण पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन ।
ठुला पोल उत्पादन गर्दै हुलास
हुलास स्टिल इन्डस्ट्रिजले विद्युत् प्रसारण लाइनमा प्रयोग हुने ठुला क्षमताको विद्युतीय पोल उत्पादन गर्ने भएको छ । यसका लागि पर्सा जिल्लाको बेल्वा नगरपालिकामा एक अर्ब रुपियाँभन्दा बढी लगानीमा हुलास स्टिलको दोस्रो युनिट स्थापना गरी आवश्यक उपकरण जडान गरिसकेको कम्पनीले जनाएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
रोपाइँ बढ्यो, उत्पादन बढ्ने
देशभर साउन १३ गतेसम्म ९२.४ प्रतिशत रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर १२ लाख ९२ हजार २२१ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । मन्त्रालयले यस वर्ष १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरेको छ । गत वर्ष साउन १२ गतेसम्म ७८.१ प्रतिशत मात्र रोपाइँ भएको थियो । मन्त्रालयका अनुसार सात प्रदेशमध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९९.६ प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा एक लाख ७४ हजार ५७६ हेक्टर खेतीयोग्य क्षेत्रफलमध्ये एक लाख ७३ हजार ७९९ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ ।
घट्यो धानचामल आयात
गत आर्थिक वर्षमा धानचामल आयात ४० प्रतिशतले घटेको छ । भारतले धान निर्यातमा भन्सार शुल्कका साथै चामलमा कोटा सिस्टम लगाएका कारण आयातमा कमी भएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८०/८१ मा २२ अर्ब रुपियाँ बराबरको धान चामल आयात भएको छ ।
पर्सा ट्राफिक प्रहरीद्वारा दुई करोड ७६ लाख राजस्व सङ्कलन
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनबाट एक वर्षमा दुई करोड ७६ लाख ६१ हजार नौ सय ५४ रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०८०/८१ मा २७ हजार तीन सय ७२ सवारी साधनलाई कारबाही गरेर सो राजस्व सङ्कलन गरेको हो ।
सुनको मूल्य तोलामा चार सयले वृद्धि
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु. एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४६ हजार एक सय निर्धारण भएको छ ।
चामल र दलहनको मूल्यवृद्धि
पछिल्ला एक महिनाको बिचमा चामल र दलहनको भाउ महँगो भएको छ । नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक महिनामा चामल प्रतिबोरामा १५० रुपियाँसम्म र दलहन प्रतिकेजीमा ९० रुपियाँसम्म महँगो भएको हो ।
सरकार विद्युत उत्पादन र उपभोग बढाउने पक्षमा छ : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार विद्युत उत्पादन र उपभोग बढाउने पक्षमा रहेको बताउनुभएको छ।
साइबर सुरक्षा सल्लाहकारमा अधिकारी
नेपाल चेम्बर अफ कमर्सले आइटी सफ्टवेयर तथा टेक्नोलोजी समितिको साइबर सुरक्षा सल्लाहकारमा कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) का महासचिव चिरञ्जीवी अधिकारी नियुक्त हुनुभएको छ।
सङ्घीय सरकारको करिब ९३ प्रतिशत बजेट खर्च
सङ्घीय सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि काभ्रेपलान्चोक जिल्लामा विनियोजन गरेको कुल कुल बजेटमध्ये करिब ९३ प्रतिशत बजेट खर्च भएको छ।
सहकारी संस्थाको उचित नियमन गर्न सरोकारवालाको जोड
सहकारी संस्थाको उचित नियमन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। आइतबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिमा नियमन नगरे सहकारी बन्द गर्नुपर्ने अवस्था आउनसक्ने सरोकारवालाले बताएका हुन्।
मेचीनगरमा आन्तरिक राजस्व सङ्कलन १३ करोडभन्दा बढी
मेचीनगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक राजस्व १३ करोड ५२ लाख पाँच हजार आठ सय ९७ सङ्कलन गरेको छ । आव २०७९/८० तुलनामा एक करोड ९० लाख ८४ हजार दुई सयबढी राजस्व सङ्कलन भएको हो ।
मौद्रिक नीतिको प्रभाव पुँजी बजारमा, नेप्से परिसूचक एक सय १३ अङ्कले बढ्यो
चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजी बजारमा सकारात्मक प्रभाव देखिएको छ ।
१६ अर्ब ९३ करोडको विद्युत निर्यात, नेपाल बन्यो खुद विद्युत निर्यात कर्ता
आर्थिक वर्ष २०८०/८१ मा १६ अर्ब ९३ करोड बराबरको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आवमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख आम्दानी गरेको हो ।
सुनको मूल्य तोलामा एक हजारले वृद्धि
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४५ हजार सात सय निर्धारण भएको छ ।
नेप्सेमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार बन्द
आजको कारोबार शुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको नेप्सेले जनाएको छ ।
कृषि उपज धितो राखेर ऋण लिन पाउने व्यवस्थाले किसान खुसी
नेपाल राष्ट्र बैङ्कले कृषि उपज धितो राखेर ऋण लिन पाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले शुव्रmबार मौद्रिक नीति सार्वजनिक गर्दै सो घोषणा गरेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सजिलो भएको छ ।
पूर्वीनाका काँकडभिट्टाबाट तीन अर्बको प्लाइउड र भेनियर निर्यात
आर्थिक वर्ष २०८०/८१ मा पूर्वीनाका काँकडभिट्टाबाट दुई अर्ब ९६ करोड ४१ लाख ९४ हजार मूल्य बराबरको ९९ हजार आठ सय एक मेट्रिक टन काठका सामान भारत निर्यात भएको छ ।