• १४ साउन २०८१, सोमबार

सुनको मूल्य तोलामा चार सयले वृद्धि

blog

काठमाडौँ,  साउन १४ गते ।  स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु. चार सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु. एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ४६ हजार एक सय निर्धारण भएको छ । आइतबार प्रतितोला रु. एक लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आजका लागि रु. एक लाख ४५ हजार चार सय निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा रु. १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु. एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आज रु. एक हजार सात सय ५० निर्धारण भएको छ । रासस