• १५ साउन २०८१, मङ्गलबार

तोलामा एक सयले घट्यो सुनको मूल्य

blog

काठमाडौँ, साउन १५  गते । स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला रु. एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु. एक लाख ४६ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ४६ हजार निर्धारण भएको छ । 

यस्तै, सोमबार प्रतितोला रु. एक लाख ४५ हजार चार सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज रु. एक लाख ४५ हजार तीन सय निर्धारण भएको छ । 

चाँदीको मूल्य तोलामा रु. १० ले घटेको छ । सोमबार प्रतितोला रु. एक हजार सात सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार सात सय ४० निर्धारण भएको छ । रासस