नेप्से परिसूचकमा ३२ अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ अङ्कले उकालो लागेर दुई हजार पाँच सय ६८ दशमलव ११ मा पुगेको छ ।
तोलामा दुई हजार चार सयले घट्यो सुनको मूल्य
बुधबार प्रतितोला रु एक लाख ४७ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ ।
नर्सरी व्यवसायमा धामी परिवारका तीन दशक
शुक्लाफाँटा नगरपालिका–७ जुडका प्रतापसिंह धामी तीन दशकदेखि नर्सरी व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँका दाजु पानसिंह र भतिज रुपसिंह धामीको पनि छुट्टै नर्सरी छ । उहाँहरूका नर्सरीमा फलफूल, काठ र घर सजावटमा प्रयोग हुने सबै प्रकारका बिरुवा पाइन्छन् ।
सुनसरीमा वार्षिक बाह्र हजार मेट्रिक टन रासायनिक मल प्रयोग
सुनसरीमा पछिल्लो समय रासायनिक मलको प्रयोग अत्यधिक मात्रामा हुने गरेको छ । कृषिका लागि उर्वर मानिने सुनसरीमा वार्षिक १२ हजार ४५९.६०० मेट्रिक टन रासायनिक मलको प्रयोग हुँदै आएको छ ।
नेपाली चियाको अन्तर्राष्ट्रिय बजार सुध्रिँदै
कोभिड–१९ को सङ्क्रमणपछि थलिएको नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा यो वर्षदेखि सुधारको सङ्केत देखिएको छ । निर्यात वस्तुमध्ये राम्रो सम्भावना रहेको नेपाली अर्गानिक चियाको माग पनि यो वर्ष उच्च रहेको चिया व्यवसायीले बताएका छन् ।
मौद्रिक नीति शुक्रबार सार्वजनिक हुँदै
चौतर्फी चासोका साथ हेरिएको चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले अन्य कुरा यथावत् रहेमा शुक्रबार मौद्रिक नीति सार्वजनिक गरिने जानकारी दिनुभयो । मौद्रिक नीतिका लागि अन्य तयारी सम्पन्न भएको भन्दै उहाँले शुक्रबार बस्ने राष्ट्र बैङ्क सञ्चालक समितिको बैठकले तय गर्ने बताउनुभयो ।
दुध बिक्रीबाट मासिक एक लाखभन्दा आय
दाङको घोराही उपमहानगरपालिका–१३ निवासी रवि घर्ती व्यावसायिक पशुपालनमा लागेको तीन वर्ष भयो । रोजगारीका लागि बाहिर जानुभन्दा आफ्नै ठाउँमा केही गरौँ भनेर तीन वर्षअघि व्यावसायिक कृषिमा लाग्नुभएका घर्तीले साथीसँग मिलेर संयुक्त रूपमा भैँसी, बङ्गुरपालन, हाँसपालनसँगै तरकारी खेती गर्दै आउनुभएको छ ।
एघार उद्योग निर्माणाधीन
क्षेत्रफलका हिसाबले देशकै ठुलो औद्योगिक क्षेत्र हेटौँडा औद्योगिक क्षेत्रमा गत आर्थिक वर्षमा ११ उद्योग निर्माणाधीन अवस्थामा रहेका छन् ।
भारतमा सुनको मूल्य घट्दा नेपालमा तस्करी बढ्ने सम्भावना
छिमेकी मुलुुुक भारतमा सुनमा लगाउँदै आएको भन्सार शुुल्क घट्दा नेपालमा चोरी तस्करी बढ्ने देखिएको छ ।
वन्यजन्तुबाट प्रभावितको दुर्घटना बिमा
बर्दियाको मधुवन नगरपालिकाका-३ का वन्यजन्तुबाट प्रभावित नागरिकको सामूहिक बिमा गरिएको छ । डिभिजन वन कार्यालय बर्दियाको सहकार्यमा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय बिमा कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगन्ज बाँकेमार्फत उनीहरूको बिमा गरेको हो ।
बागमती प्रदेशका क्यान्सरपीडितलाई एक लाख सहयोग : स्वास्थ्यमन्त्री थापा
बागमती प्रदेशका नवनियुक्त स्वास्थ्य मन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख सहुलियत प्रदान गर्ने निर्णय गर्नुभएको छ ।
ट्राफिक कारबाहीबाट १७ करोड राजस्व सङ्कलन
कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनअन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा कूल १७ करोड ३१ लाख १५ हजार राजस्व सङ्कलन भएको छ ।
नेप्से परिसूचक २७ अङ्कले घट्यो
यो सता लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ भने कारोबार रकम उच्च देखिएको छ ।
हिमा नदी र मार्सी धान खेती
जुम्लाको कनकासुन्दरी गाउँपालिका-४, हाट सिंजामा रहेको हिमा नदी र नदीको आसपासमा देखिएको हरियाली मार्सी धान खेती तथा बस्तीको दृश्य।
कृषिमा रमाउँदै भोजपुरका दीपक, वार्षिक १५ लाख आम्दानी
कृषि व्यवसाय गरेर भोजपुरका ३४ वर्षीय दीपक श्रेष्ठले लोभलाग्दो आम्दानी गर्दै आउनुभएको छ । दश वर्षअघि कृषि कर्ममा लाग्नुभएका उहाँले उदाहरणीय उद्यमीको परिचय बनाउनुभएको छ ।
‘पोखरा र भैरहवा विमानस्थल पूर्ण सञ्चालनमा ल्याइने छ’ : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याइने बताउनुभएको छ । होटेल सङ्घ नेपाल (हान) को प्रतिनिधिमण्डलसँग मङ्गलबार छलफल गर्दै उहाँले दुवै विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउने गरी सरकार अघि बढेको जानकारी दिनुभयो ।
उद्योग दर्ताभन्दा बन्द हुने धेरै
दाङमा घरेलु तथा साना उद्योग घटेका छन् । जिल्लामा बर्सेनि भइरहेका नयाँ दर्ता र लगतकट्टाको अवस्था हेर्दा घरेलु तथा साना उद्योगको अवस्था घट्दै गएको देखिन्छ ।
कमिसनमा सडक पेटी ठेक्का दिने प्रवृत्तिको अन्त्य गर्नुपर्छ
ऊर्जा, जल स्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कमिसनमा सडक पेटी ठेक्का दिने प्रवृत्तिको अन्त्य गर्नु आवश्यक रहेको बताउनुभएको छ।
कर्जामा समान ढङ्गले पहुँच विस्तार गर्न सकिने
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्दा अचल सम्पत्ति नहुने व्यक्तिको हकमा समेत कर्जामा समान ढङ्गले पहुँच विस्तार गर्न सकिने बताउनुभएको छ।
अर्थतन्त्रका ४६ चुनौती सामना गर्न २९ क्षेत्रमा सुधार आवश्यक
मुलुकको अर्थतन्त्रका देखिएका चुनौती र समाधानका उपायबारे अर्थमन्त्रालयका कर्मचारीहरूले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ‘ब्रिफिङ’ गरेका छन् ।
नेप्से परिसूचकमा ७५ अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ७५ दशमलव ३३ अङ्क अर्थात् तीन दशमलव ०३ प्रतिशतले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ को बिन्दु कायम भएको हो ।
कृष्णनगर विद्युत केन्द्रद्वारा एक अर्ब २८ करोड राजस्व सङ्कलन
नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब २८ करोड ७९ लाख ५१ हजार सात सय ९२ रुपियाँ ६५ पैसा राजस्व सङ्कलन गरेको छ ।
गोरखामा ८५ लाख ७१ हजार राजस्व सङ्कलन
गोरखामा ट्राफिक प्रहरीले एक वर्षको अवधिमा करिब ८५ लाख ७१ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट कारबाही तथा जरिवाना गरी राजस्व रकम असुल गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख शिव पाठकले जानकारी दिनुभयो ।
दाङमा जडीबुटी उत्पादन बढ्यो
दाङमा जडीबुटी उत्पादन बढेको छ । टिमुर, हर्रो,बर्रो,त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ ।