नागरिकलाई सार्वभौम बनाउने गणतन्त्र
१७ औँ गणतन्त्र दिवस मनाइरहँदा देशका नागरिकलाई प्रजा ठान्ने सामन्ती शासनको बिदाइसँगै हरेक नेपाली सार्वभौम अधिकार सम्पन्न नागरिक भएका छन् ।
आज बजेट सार्वजनिक हुँदै
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि मङ्गलबार आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै छ । मङ्गलबार दिउँसो १ बजेका लागि तोकिएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आवका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । प्रत्येक वर्ष जेठ १५ गते नै बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले मङ्गलबार बजेट प्रस्तुत गर्न लागेको हो ।
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक
यो साता कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ ।
महाभारतसहित पाँच स्थानीय तहको बेरुजू शून्य
आर्थिक वर्ष २०७९/८० मा पाँच स्थानीय तहको बेरुजू शून्य देखिएको छ । काभ्रेपलान्चोकको महाभारत, पाँचथरको याकवरक, ताप्लेजुङको पाथीभरा याकवरक, धादिङको बेनीघाट रोराङ्ग र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको बेरुजू शून्य देखिएको हो ।
पाल्पाका स्थानीय तहको बेरुजु २७ करोड ९० लाख ९२ हजार
पाल्पाका स्थानीय तहमा आर्थिक वर्ष २०७९-०८० मा २७ करोड ९० लाख ९२ हजार रुपियाँ बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९-०८० को लेखापरीक्षण भएको कुल रकममध्ये २ दशमलव १८ प्रतिशत बेरुजु देखिएको हो ।
जलविद्युत आयोजनाबाट २८ करोडभन्दा बढी ‘रोयल्टी’ असुल गर्न बाँकी
नेपाल सरकारले विभिन्न जलविद्युत आयोजनाबाट २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको छ ।
नेपालगन्जबाट लक्ष्यभन्दा आधा मात्र राजस्व सङ्कलन
पश्चिम नेपालकै सबैभन्दा ठुलो नाका मानिने नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले लक्ष्यको आधा मात्र भन्सार राजस्व संकलन गर्न सकेको छ ।
सुन र चाँदीको मूल्य बढ्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेको छ । आइतबार प्रतितोला रु एक लाख ३६ हजार नौ सयमा कारोबार भएकोमा आज रु एक लाख ३७ हजार दुई सय कायम भएको छ ।
नेपालगन्ज नाकाबाट बढ्याे तस्करी
यहाँस्थित नेपाल भारत सीमामा तैनाथ सुरक्षाकर्मीहरुले नाकामा कडाइ गरेको दाबी गरिरहेकै बेला भारतबाट अवैध रुपमा भित्रयाएर नेपालगन्ज पुरयाइएका अवैध सामान ठुलो परिमाणमा बरामद हुने क्रम जारी नै छ ।
रुपन्देहीमा २०७ उद्योग बन्द
घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालु आवको वैशाखसम्ममा रुपन्देहीमा दुई सय सात उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन् । गत आवमा यसरी लगत कट्टा गराउने उद्योगको सङ्ख्या दुई सय १७ रहेको थियो ।
कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान बढ्यो
आर्थिक सर्वेक्षण अनुसार पछिल्लो १० वर्षमा कृषि क्षेत्रको औसत वृद्धिदर २.७५ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष २.७६ प्रतिशतले उत्पादन वृद्धि भएको थियो भने यो चालु आवमा ३.०५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार गत आव कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान २३.९२ प्रतिशत रहेकोमा चालु आवमा यसको योगदान २४.०९ प्रतिशत रहने अनुमान गरेको छ । यसरी कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि हुनेमा बिउबिजन, मल, सिँचाइ, यान्त्रिकीकरणको उपलब्धता रहेको कृषि विभागका महानिर्देशक डा. हरी केसीले बताउनुभयो ।
सुध्रिँदै अर्थतन्त्र बढ्दै ऋणमाथिको निर्भरता
सकसपूर्ण अवस्थाबाट मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार देखिन थालेको सरकारको अध्ययनले देखाएको छ । आइतबार सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत गरिएको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले आर्थिक परिसूचकमा सुधार हुँदै गएको तथ्य सार्वजनिक गरेको हो ।
दुध उत्पादन घट्यो
कृषिप्रधान देश नेपालमा पछिल्ला दिनमा दुध उत्पादन घटेको प्रतिवेदन सार्वजनिक भएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको प्रतिवेदनमा गत आव २०७९/८० को आठ महिनाको तुलनामा यो वर्ष दुध उत्पादन घटेको सार्वजनिक गरेको हो ।
गोरखापत्र संस्थान नाफामा
अर्थमन्त्री वर्षमान पुनले आइतबार संसद्मा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार आर्थिक वर्ष २०७९/८० मा गोरखापत्र संस्थान नाफामा देखिएको छ ।
छब्बिस संस्थान नाफामा छ खर्ब एकसट्ठी अर्ब लगानी
मुलुकभर सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २६ वटा संस्थान नाफामा रहेको पाइएको छ । अर्थमन्त्री वर्षमान पुनले आइतबार संसद्मा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार आर्थिक वर्ष २०७९/८० मा २६ संस्थान नाफामा देखिएका छन् । जसमा १५ वटा संस्थान घाटामा रहेका छन् भने जनकपुर चुरोट कारखाना लिमिटेड, नेपाल विद्युत् उत्पादन कम्पनी लि र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको गरी तीन वटा संस्थानको कारोबार शून्य रहेको छ ।
४४ सार्वजनिक संस्थानमध्ये २६ नाफामा, तीनको कारोबार शून्य
पालमा सञ्चालित ४४ संस्थानमध्ये २६ वटा संस्थान नाफामा रहेका छन्। अर्थमन्त्रालयले आइतबार सङ्घीय संसदमा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार आर्थिक वर्ष २०८०/८१ को फागुन महिनासम्म २६ संस्थान नाफामा रहेका छन् भने १५ वटा घाटामा रहेका छन्।
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। यो सातामा कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक २२ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय नौ दशमलव ३४ को बिन्दुमा कायम भएको हो।
आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे
नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१/२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत हुने भएको छ।
आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजार
राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ ।
रारामा दस हजारभन्दा बढी पर्यटक
मुगुको रारा तालमा चालु आर्थिक वर्षको साउनदेखि वैशाख अन्त्यसम्ममा १० हजार ५७९ पर्यटकले भ्रमण गरेका छन् । रारा राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्क अनुसार ४३ जना सार्क मुलुकबाट र १९५ जना अन्य मुलुकबाट गरी कुल १० हजार ५७९ पर्यटकले रारा भ्रमण गरेका हुन्। गत वर्षको आर्थिक वर्षमा ११ हजार १९१ आन्तरिक र विदेशी पर्यटकले रारा भ्रमण गर्न आएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका सूचना अधिकारी जयहरि धितालले बताउनुभयो ।
सगरमाथामा पूर्णिमाको नयाँ कीर्तिमान, एकै सिजनमा तीन पटक शिखरमा
फोटो पत्रकार तथा पर्वतारोही पूर्णिमा श्रेष्ठले एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा चढेर महिला पर्वतारोहीतर्फ नयाँ कीर्तिमान बनाउनुभएको छ । आरोहण एजेन्सी एट के एक्सपिडिसनका अनुसार उहाँले शनिबार बिहान ५ बजेर ५० मिनेटमा तेस्रो पटक सगरमाथाको आरोहण गर्नुभएको हो । एट के एक्सपिडिसनका व्यवस्थापक योगेन्द्र तामाङले भन्नुभयो, “सगरमाथा आरोहणका हिसाबले चौथो पटक चुचुरोमा पुग्नुभएकी श्रेष्ठले यो सिजनमा १३ दिनभित्र तीन पटक सगरमाथाको आरोहणको कीर्तिमान बनाउनुभएको छ । उहाँले यसअघि भारतीय महिलाले एकै सिजनमा दुई पटक चुचुरोमा पुगेको रेकर्डलाई तोड्नुभएको हो ।” वैशाख ३० गते सहयोगी फुरा टेम्बा शेर्पासहित पहिलो आरोहण गर्नुभएकी उहाँ जेठ ६ गते सहयोगी पासाङ शेर्पासहित दोस्रो पटक चुचुरोमा पुग्नुभएको उहाँले बताउनुभयो । त्यस्तै तेस्रो पटक सहयोगी कर्मा ग्याल्जी शेर्पासहित उहाँ चुचुरोमा पुग्नुभएको हो ।
भैँसीपालनबाट वार्षिक छ लाख
व्यावसायिक रूपमा पशुपालन गर्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाका किसानले दुध बेचेर मनग्गे आम्दानी गर्न थालेका छन् । किसानले दुधबाटै वार्षिक पाँच लाखसम्म आम्दानी गर्न थालेका हुन् । वीरेन्द्रनगर क्षेत्रमा उत्पादित दुध स्थानीय बजारमा नै खपत हुने गरेको छ । वीरेन्द्रनगर नगरपालिका–३ का ३५ वर्षीय नगेन्द्र उपाध्यायको बिहानको मिर्मिर उज्यालोदेखि बेलुकासम्म भैँसीका पाडापाडीको स्याहारसुसारमा बित्ने गरेको छ । छोटो समयमा व्यावसायिक भैँसीपालन गरेर एक सफल युवा उद्यमीका रूपमा आफूलाई चिनाउन सफल भएका उपाध्याय सधैँ भैँसी स्याहारदेखि दुध बिक्रीवितरणमा व्यस्त देखिनुहुन्छ ।
जङ्गली जनावरका कारण वैकल्पिक खेती
वर्षभरि मेहनत गरेर तयार पारेको फसल क्षणभरमै जङ्गली जनावरले खाइदिनाले पीडित बनेका बाँके कम्दी कोरिडोरका अधिकांश किसान वैकल्पिक खेतीतिर लागेका छन् । पछिल्लो समय बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएसँगै जनावरहरू आहारा खोज्दै गाउँ पस्न थालेर खेतबारीमा क्षति पु¥याउन थालेपछि यहाँका महिलाहरू बेसार खेतीतर्फ आकर्षित भएको आस्था सामुदायिक वन उपभोक्ता समूहका सदस्य पूर्णकला गिरीले बताउनुभयो । अन्नबालीको उत्पादन लिन नसकेका किसानले बेसार खेतीबाट राम्रो आम्दानी लिन थालेको सामुदायिक वन उपभोक्ता समूहका सदस्य गिरीले बताउनुभयो ।
राजस्व तिर्न मान्दैनन् हुम्लावासी
चीनको ताक्लाकोटबाट हिल्सा नाका हुँदै सामान ल्याउने व्यापारीले भन्सारलाई राजस्व तिर्न नमान्ने गरेको पाइएको छ । ताक्लाकोटबाट गाडीमा आएको सामान भन्सारका कर्मचारीले राजस्वका लागि रसिद काट्न खोज्दा व्यापारी तथा अन्य हुम्लावासीले घरयसी प्रयोजनाका लागि ल्याएको सामान भनेर पन्छिन खोजेपछि राजस्व असुलीमा समस्या देखिएको हो ।