अन्डा उत्पादनमा कमी
गर्मी कारण अन्डा उत्पादनमा कमी आएको छ । उत्पादनमा कमी आएसँग लागत वृद्धि भएको अन्डा उत्पादन गर्ने किसानले जनाएका छन् । नेपाल अन्डामा आत्मनिर्भर छ । यहाँ खपतभन्दा बढी अन्डा उत्पादन हुने गरेको छ तर यो गर्मीका कारण उत्पादनमा केही कमी आएको छ । कृषि मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा सात करोडभन्दा बढी कुखुरा छन्, त्यसमध्ये एक करोड ११ लाखभन्दा बढी कुखुराले फुल पार्ने गरेका छन् । वार्षिक एक अर्ब ५० करोड वटाभन्दा बढी अन्डा उत्पादन हुन्छ तर यो उत्पादनमा ह्रास आएको छ ।
जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । राजधानीको चन्द्रागिरिमा आयोजित हिमाल, मानिस र जलवायु परिवर्तन विषयक अन्तर्राष्ट्रिय विशेषज्ञ संवादमा उहाँले जलवायु वित्त व्यवस्थापन र दिगो विकासका पहलमा निजी क्षेत्रको भूमिका महìवपूर्ण रहनेमा जोड दिनुभयो । ढकालले नेपालको प्राकृतिक सम्पदा दिगो विकासमा सदुपयोग गर्न नेपाल सरकार तथा निजी क्षेत्र प्रतिबद्ध रहेको बताउनुभयो । ढकालले प्रतिकूलता न्यूनीकरण, जोखिम न्यूनीकरण र दिगो अर्थतन्त्र विस्तारका लागि जलवायु वित्त व्यवस्थापनको महत्वपूर्ण आवश्यकताबारे जोड दिनुभयो । छलफलमा ढकालले नेपालको जलवायुमैत्री लगानीमा नेपालले गरेका पहल उदाहरणसहित प्रस्तुत गर्नुभएको थियो ।
रावा बैङ्कको सिइओमा खनाल
राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा देवेन्द्ररमण खनाल नियुक्त हुनुभएको छ । बैङ्कको सिइओबाट किरणकुमार श्रेष्ठको कार्यकाल सकिएपछि सिइओ पद खाली थियो । सिइओका लागि छनोटमा परेका पाँच जनामध्येबाट राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको बिहीबार बसेको बैठकले खनाललाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो । सिइओका लागि १९ जनाले आवेदन दिएका थिए । त्यसमध्ये अन्तर्वार्ताका लागि कृष्णबहादुर अधिकारी, देवेन्द्ररमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शङ्कर केसीसमेत पाँच जना छानिएका थिए ।
लुम्बिनी गुरुयोजनाको प्रगति सुस्त गतिमा
सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको लुम्बिनी गुरुयोजना ४६ वर्षसम्म पूरा भएको छैन । चालु आर्थिक वर्षमा अधिकांश बजेट कटौती हुँदा लुम्बिनी विकास कोषका पदाधिकारी असन्तुष्ट छन् । लुम्बिनी विकास कोषले पाँच वर्षअघि गुरुयोजनाको काम ८२ प्रतिशत पूरा भएको बताएको थियो । कोषले अहिले ८३ प्रतिशत मात्रै पुगेको बताएको छ । पछिल्लो पाँच वर्षमा लुम्बिनी गुरुयोजनाको काम जम्मा करिब तीन प्रतिशतमै सीमित रहेको छ ।
दस महिनामा दुई हजार विदेशीलाई श्रम स्वीकृति
नेपालबाट रोजगारीको खोजीमा दैनिक औसतमा दुई हजार नेपाली युवा विदेश गइरहेका बेला नेपालमा भने विदेशी उच्च दक्ष जनशक्ति आएर काम गरिरहेका छन् । नेपालबाट रोजगारीकै लागि श्रम स्वीकृति लिएर बिदेसिने युवाको ठुलो सङ्ख्या सामान्य दक्ष, अर्धदक्ष र अदक्ष जनशक्ति हो । यसबाहेक सानो सङ्ख्यामा उच्च दक्ष जनशक्ति पनि बाहिरिने गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले चालु आर्थिक वर्ष २०८०र८१ को १० महिनामा सरकारले एक हजार ९८८ विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रम स्वीकृति) दिएको छ । नेपालमा उच्च दक्ष जनशक्ति नपाएको अवस्थामा विदेशी राख्न पाउने कानुनी व्यवस्था छ । नेपालमा खास गरी विदेशी लगानीमा निर्माण भइरहेका ठुला आयोजना तथा परियोजनामा काम गर्न विदेशी आउने गरेका छन् ।
सगरमाथा छिटो चढ्ने महिला बने फुन्जो
गोरखाकी फुन्जो झाङ्मु लामाले सबैभन्दा छिटो सगरमाथा चढेर महिला पर्वतारोहीतर्फ नयाँ कीर्तिमान बनाउनुभएको छ । सगरमाथा आधार शिविरमा रहेको अनुगमन फिल्ड कार्यालयले दिएको जानकारी अनुसार ३३ वर्षीया लामा आधार शिविरबाट १४ घण्टा ३१ मिनेट लगाएर बिहीबार बिहान ६ बजेर २३ मिनेटमा सर्वोच्च शिखरको चुचुरोमा पुग्नुभएको हो । अनुगमन कार्यालयका प्रमुख खेललाल गौतमले भन्नुभयो, “आरोही लामाले सगरमाथा आधार शिविरबाट आरोहण सुरु गरेर पुनः आधार शिविरमा आइपुग्दा २४ घण्टा ३६ मिनेट लगाउनुभएको छ । उहाँ आधार शिविरबाट १४ घण्टा ३१ मिनेटमा चुचुरोमा पुग्नुभएको हो ।” उहाँ बुधबार अपराह्न ३ बजेर ५२ मिनेट जाँदा आरोहण सुरु गरेर बुधबार बिहान ६ बजेर २३ मिनेटमा चुचुरोमा पुग्नुभएको हो ।
तमोरमेवा जलविद्युत आयोजनाको शिलान्यास
ताप्लेजुङमा उत्पादन गर्न लागिएको तमोर–मेवा जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ। बहु प्रतीक्षित तथा चर्चित आयोजनाका रूपमा रहेको १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको बिहीबार शिलान्यास गरिएको हो।
गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित
गण्डकी प्रदेश सरकारले पूर्वाधारतर्फका एक सय ६६ बहुवर्षीय आयोजनाका लागि करिब १३ अर्बको स्रोत सुनिश्चित गरेको छ । प्रदेशका ११ वटै जिल्लामा बन्ने सडक, पक्की पुल र झोलुङ्गे पुलका लागि आर्थिक मामिला मन्त्रालयबाट १२ अर्ब ७३ करोड ९८ लाख बजेटको स्रोत सुनिश्चित भएको हो ।
गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो
अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निराश भएका छन् । उत्पादनमा कमी आएसँगै अण्डाको लागत बढेको छ ।
टिपताला पुग्यो सडक, खुलेन नाका
नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना टिपतालासम्म सडक सञ्जाल जोडिएसँगै भर्खरै नेपाली गाडी (सवारी साधन) पुगेको छ । उत्तर–दक्षिण लोकमार्गअन्तर्गत बाँकी रहेको ट्र्याक निर्माणको काम सम्पन्न भएपछि पहिलो पटक अघिल्लो साताको शुक्रवार टिपतालासम्म नेपाली सवारी साधन पुगेको हो ।
‘एक वडा एक कृषि उत्पादन’ कार्यक्रम
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठले बागमती प्रदेशमा समुदायमा आधारित ‘एक वडा एक कृषि उत्पादन’ कार्यक्रम सुरुवात गरिएको बताउनुभएको छ । मन्त्री श्रेष्ठले आफू मन्त्री भएपछि एक वर्षभित्र गरेका कामको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै स्थानीयसँगको साझेदारीमा समुदायमा आधारित खेती प्रणालीमार्फत कृषि उत्पादनमा आत्मनिर्भर वडा निर्माण गर्न चालु आवदेखि एक वडा एक कृषि उत्पादन कार्यक्रम सुरुवात गरिएको उहाँले जानकारी दिनुभयो ।
लघु, घरेलु तथा साना उद्योगलाई ब्याज अनुदान
आगामी आर्थिक वर्षमा एक हजार लघु, घरेलु तथा साना उद्योगीलाई ब्याज अनुदान तथा प्रविधि उपलब्ध गराइने भएको छ । सरकारले घोषणा गरेको आगामी आवको नीति तथा कार्यक्रममा लघु, घरेलु तथा साना उद्योगलाई प्रवर्धन गर्न ब्याजमा अनुदानका साथै प्रविधि उपलब्ध गराइने भएको छ ।
राहत दिने रणनीति बनाउँदै नार्क
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले किसानको खेतबालीमा नोक्सान पु¥याउने बाँदर तथा अन्य वन्यजन्तु व्यवस्थापनका लागि राष्ट्रिय नीति बनाउने भएको छ । नार्क अन्तर्गतको राष्ट्रिय इन्जिनियरिङ अनुसन्धान केन्द्रको पहलमा राष्ट्रिय नीतिको मसौदा तयार गर्न लागेको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताउनुभयो । बाँदर तथा अन्य वन्यजन्तु किसाननका लागि समस्याकै रूपमा आएको हुनाले यसलाई राष्ट्रिय रूपमै समस्या समाधान गर्न नीति बनाउन लागिएको उहाँले बताउनुभयो ।
सामाजिक सुरक्षा कोषमा पचपन्न अर्बभन्दा बढी रकम
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सामाजिक सुरक्षा योजना अन्तर्गत पाँच वर्षको अवधिमा ५५ अर्बभन्दा बढी रकम जम्मा भएको छ । कोषका अनुसार जेठ ९ गते बुधबारसम्म कोषमा योगदानकर्ता र रोजगारदाताबाट ५५ अर्ब तीन करोड रुपियाँ योगदानबापतको रकम जम्मा भएको हो ।
दस महिनामा साढे पच्चिस अर्बको रासायनिक मल आयात
चालु आर्थिक वर्षको १० महिनामा मुलुकमा साढे २५ अर्ब रुपियाँ बराबरको रासायनिक मल आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि वैशाख महिनासम्म २५ अर्ब ५६ करोड रुपियाँको रासायनिक मल आयात भएको थियो । गत आवको सोही अवधिमा ३१ अर्ब ८७ करोड रुपियाँको आयात भएको थियो । यो गत वर्षको १० महिनाको तुलनामा छ अर्ब ३१ करोड रुपियाँको मल आयात भएको छ ।
सहकारीलाई नियमन गर्न प्रभावकारी संयन्त्र जरुरी
सहकारी स्वनियमनमा चल्ने भनिएकाले समस्या आएको भन्दै सरोकारवालाले अब सहकारी संस्थालाई नियमन गर्न सरकारले दोस्रो तहको नियमन गठन गर्नुपर्ने अपरिहार्य भएको औँल्याएका छन् । सहकारी आन्दोलन मक्किएको र विश्वास गुमाएको अहिलेको अवस्थामा यो क्षेत्रको सुधारका लागि बैङ्क तथा वित्त कम्पनीले जस्तै नीति, नियम निर्देशिका कडाइका साथ पालन गर्नुको विकल्प नभएको उनीहरूको भनाइ छ ।
कानुनविपरीत ऋण लगानी गर्ने सहकारीबाट रकम फिर्ता गराउन माग
आफ्ना सदस्यबिच मात्र ऋण लगानी गर्न मिल्ने कानुनी व्यवस्थाविपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा सर्वसाधारणले जम्मा गरेको सहकारीको रकमको ठूलो हिस्सा अपचलन भएको उल्लेख गर्दै नेपाली कांग्रेसले उक्त रकम तत्काल फिर्ता गराउन माग गरेको छ ।
संसद् सचिवालयको आवश्यकता सम्बोधन हुनेगरी बजेटको व्यवस्था हुन्छ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा सङ्घीय संसद् सचिवालयलाई प्राथमिकता दिने बताउनुभएको छ।
देशको कुल गार्हस्थ उत्पादनमा गण्डकीको योगदान नौ प्रतिशत
गत आर्थिक वर्ष र चालु आर्थिक वर्ष दुवैमा गण्डकीको योगदान समान रहने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबिच सम्झौता
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको मुद्रण विभागबिच मुद्रण विभागका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
कर्णाली सरकारको आम्दानी ५८ करोड, खर्च १० अर्ब
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १० अर्ब २४ करोड ८५ लाख ४२ हजार बराबरको बजेट खर्च गरेको छ । यो कुल बजेटको ३०.६७ प्रतिशत बजेट खर्च हो । चालु आर्थिक वर्षमा कर्णाली सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको वार्षिक बजेट ल्याएको थियो । चालु आर्थिक वर्षको जम्मा दुई महिना मात्र बाँकी रहँदा सरकारको खातामा अझै २३ अर्ब बढी बजेट थन्किएको छ ।
भाडा नबुझाएका टिभी र इन्टरनेटका तार असारदेखि हटाइने
नेपाल टेलिकमको पोल प्रयोग गरी सेवा प्रदान गर्ने केवल टिभी अपरेटर र इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनीहरूको तार हटाउने भएको छ । जेठ महिनाको अन्तिमसम्म भाडा नबुझाएमा सबै तार हटाउने टेलिकमले सूचना जारी गरेको छ ।
तीन लाख किलो सुपारी लिलाम गरिँदै
भन्सार विभागले तीन लाख २५ हजार ३१० किलोग्राम सुपारीसहित विभिन्न मालसामानको लिलाम विक्री खुल्ला गरेको छ । बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै विभागले एक सय १४ प्रकारका मालसामानको लिलाम विक्रीका लागि सिलबन्दी दरभाउ माग गरेको छ ।
पाँच वर्षपछि किमाथाङ्का नाका खुल्दै
उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला हुने भएको छ ।