• १ साउन २०८१, मङ्गलबार

नेपालको निर्यात व्यापार धान्ने यी हुन दस वस्तु

blog

काठमाडौँ, असार २६ गते । अधिकांश वस्तुको निर्यात घटिरहेका बेला १० वटा स्वदेशी वस्तुुले नेपालको निर्यात व्यापार धानेका छन् । व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्याङ्क अनुसार चालुु आर्थिक वर्षका ११ महिनामा नेपालबाट सबैभन्दा धेरै निर्यात हुुने १० वटा वस्तुु रहेका छन् । 

११ महिनामा कुुल निर्यात तीन प्रतिशतले घटेर एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपियाँको निर्यात हुुँदा १० वस्तुुको निर्यात बढेको छ । केन्द्रको तथ्याङ्क अनुसार ११ महिनामा १० वस्तुको निर्यात ४० अर्ब रुपियाँभन्दा बढीको भएको छ । 

केन्द्रका अनुसार ११ महिनामा आइरन तथा स्टिलको निर्यात ५९.८ प्रतिशतले बढेर १५ अर्ब ८१  करोड ८७ लाख ५५ हजार रुपियाँ बराबरको निर्यात भएको छ । यस्तै जुुस निर्यात ३० प्रतिशतले बढेर सात अर्ब ९६ करोड ३० लाख ८८ करोड रपियाँ बराबरको निर्यात भएको केन्द्रको तथ्याङ्क छ । 

यस्तै प्लाइउड निर्यात ६० प्रतिशतले बढेर छ अर्ब ६८ करोड  ३४ लाख रुपियाँ बराबरको निर्यात भएको छ । यस्तै रेडिमेट गार्मेन्ट १२ प्रतिशतले बढेर आठ अर्ब १५ करोड ९५ लाख रुपियाँको निर्यात भएको छ । यस्तै सिमेन्ट निर्यात ४८४ प्रतिशतले बढेर एक अर्ब ८३ करोड २४ लाख ७१ हजार रुपियाँ बराबरको निर्यात भएको छ । क्लिङ्कर निर्यात ४०१ प्रतिशतले वृद्धि भई एक अर्ब ८२ करोड ४६ लाख ८९ हजार रुपियाँ बराबरको निर्यात भएको छ । 

यस्तै अम्रिसो निर्यात ३२ प्रतिशतले बढेर एक अर्ब २६ करोड १२ लाख ९१ हजार रुपियाँ बराबरको निर्यात भएको छ । जुत्ता निर्यात २१ प्रतिशतले बढेर एक अर्ब १८ करोड २१ लाख ५६ हजार रुपियाँ बराबरको निर्यात भएको केन्द्रको तथ्याङ्क छ । तामाको निर्यात ८१ प्रतिशतले बढेर एक अर्ब १७ करोड ४४ लाख रुपियाँको निर्यात भएको छ । यस्तै टुुथपेस्ट निर्यात ३३ प्रतिशतले बढेर ६९ करोड २५ लाख रुपियाँ बराबरको निर्यात भएको छ । 

१० वस्तुुबाहेक अन्य वस्तुको निर्यात भने निराशाजनक अवस्था रहेको छ । चालुु आवको ११ महिनामा धागो निर्यातमा ४.६ प्रतिशतले ह्रास आई १० अर्ब ७२ करोडमा सीमित भएको छ भने उनी गलैँचाको निर्यात पनि ५.७ प्रतिशतले घटेर नौ अर्ब ७३ करोडमा झरेको छ । 

यस्तै जुट तथा जुटका उत्पादनको निर्यात ११ प्रतिशतले घटेर छ अर्ब २१ करोड तथा उनी फेल्टको निकासी ४.६ प्रतिशतले घटेर चार अर्ब ३८ करोडमा सीमित भएको छ । कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अलैँचीको निर्यातसमेत २.९ प्रतिशतले घटेर सात अर्ब ४७ करोडमा झरेको छ । चियाको निर्यात पनि १२.७ प्रतिशतले ह्रास आई तीन अर्ब १६ करोडमा सीमित भएको छ । चालुु आवको सुरुदेखि नै आयात निर्यातमा कमी हुुँदै आएको छ । 

नेपालबाट सबैभन्दा बढी निर्यात गरिने देशमा भारत, अमेरिका, जर्मन, बेलायत, टर्की र चीन रहेका छन् ।नेपालले विभिन्न १७० देशसँग वैदेशिक व्यापार गर्ने गरेको छ । जसमा ३५ वटा देशसँग व्यापार नाफा र १३५ वटा देशसँग व्यापार घाटा रहेको छ ।