बजारमा पछिल्लो समय कोदोको उपभोग बढ्दै गए पनि उत्पादन भने बर्सेनि घट्दै गएको छ । स्वास्थ्यका लागि लाभदायक हुने हुँदा कोदोको उपभोग बढी हुन थालेको छ । बजारमा कोदोको खपत बढ्दै गए पनि उत्पादन भने घट्दै गएको तथ्याङ्कले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा दुई लाख २४ हजार ९३५ हेक्टर क्षेत्रफलमा तीन लाख ७३२ मेट्रि
सुनको मूल्य अस्वाभाविक बढेपछि नक्कली गहनाप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ । सुनको मूल्य बढेर तोलाको साढे तीन लाख रुपियाँनजिक पुग्न थालेपछि नक्कली गहनाको व्यापार बढ्न थालेको छ ।
अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदा नेपालबाट निर्यात हुने गार्मेन्ट र टेक्सटाइललगायतका क्षेत्रमा ठुलो असर पर्ने देखिएको छ । विश्वव्यापार सङ्गठन (डब्ल्युटिओ) का अनुसार अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति भए गार्मेन्ट, टेक्सटाइलको निर्यातमा १० देखि २० प्रतिशत कमी आउने देखिएको हो । डब्ल्युटिओले गार्मेन्ट र टेक्सटाइल १३.३ प्रतिशतले निर्यात घट्ने अनुमान गरेको छ ।
प्रशोधित खाने तेल (भटमास, सूर्यमुखी) ले मुलुकको निर्यात व्यापार बढाएको छ । तथापि यो पूर्णतः स्वदेशी उत्पादन नभई बाहिरी मुलुकबाट कच्चा पदार्थ आयात भई प्रशोधन गरेर निर्यात हुने गरेको छ ।
धान रोप्ने खेतीयोग्य जमिन निरन्तर घट्दै गएको छ । खेतीयोग्य जमिन घरघडेरीमा परिणत हुनु, जमिनको औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग, युवा जनशक्ति विदेश पलायनलगायतका कारण क्रमशः खेतीयोग्य जमिन घट्दै गएको हो ।
सबै किसिमको वैदेशिक लगानी स्वचालित मार्गबाट स्वीकृत हुने भएको छ । सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने अधिकतम सीमा हटाएसँगै अटोमेटिक रुटबाट जति पनि लगानी स्वीकृत हुने भएको हो । स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्न पाउने व्यवस्थासँगै लगानीकर्तालाई सहज हुने अपेक्षा गरिएको छ ।
निरन्तर उकालो लाग्दै गएको सुनको मूल्य तोलामा तीन लाख रुपियाँ नाघेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । बिहीबार दुई लाख ९२ हजार दुई सय रुपियाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार तोलामा नौ हजार दुई सय रुपियाँले बढेर तीन लाख एक हजार चार सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बजारमा पुुराना सुनका गहना बिक्री हुुन छाडेका छन् । सुनको मूूल्य निरन्तर बढ्दै गएपछि सुुन व्यापारीले पुुराना गहना खरिद गर्न छाडेका हुुन् । ठुुला सुन पसलमा बिल
यस वर्ष देशभर धानको उत्पादन दुुई लाख मेट्रिक टनले घटेको छ । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका अनुसार चालुु आर्थिक वर्ष २०८२/८३ मा ४.२० प्रतिशत घटेर ५७ लाख पाँच हजार १२६ मेट्रिक टन मात्रै धान उत्पादन भएको छ ।
मुुलुकमा पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल र हवाई इन्धन) को भण्डारण क्षमता १० वर्षमा ३४ हजार किलोलिटरले बढेको छ । १० वर्षअघि ६८ हजार ११५ किलोलिटर क्षमताको
पेट्रोलियम पदार्थमा लगाइएको प्रदूषण शुल्कबापत ३१ अर्ब रुपियाँ सङ्कलन भएको छ । आर्थिक वर्ष २०६५/६६ देखि चालु आव २०८२/८३ को १५ पुससम्म प्रदूषण कर शीर्षकमा ३१ अर्ब १२ करोड रुपियाँ सङ्कलन भएको नेपाल आयल निगमले जनाएको छ ।
मुलुकमा रोजगारी नपाएर दैनिक दुई हजारभन्दा बढी जनशक्ति विदेश गइरहेका बेला भएको जागिरसमेत छोडेर जाने क्रम बढ्दै गएको छ । पछिल्लो समय कृषिक्षेत्रमा काम गर्ने कृषि वैज्ञानिक विदेश पलायन हुने गरेका छन् ।
सरकारले भन्सार कार्यालयमा सुरु गरेको कारोबार मूल्यको आधारमा गरिने भन्सार मूल्याङ्कन प्रणालीले वैध व्यापार बढ्ने र यसले वस्तुको मूल्य घटाउनेसम्मको प्रभाव पार्ने देखिएको छ । अर्कोतिर भन्सार प्रक्रिया पारदर्शी बन्ने र राज्यले प्राप्त गर्ने राजस्व सङ्कलन पनि बढ्ने अपेक्षा गरिएको छ ।
अमेरिकाले नेपाललाई ७७ स्वदेशी वस्तुु निर्यातमा दिएको भन्सार छुट सुविधाको अवधि बुुधबार (नेपालको र अमेरिकाको समय अन्तरले) सकिँदै छ । २०७२ सालको भूकम्पपछिको आर्थिक पुनस्र्था
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले गत आर्थिक वर्ष २०८१/८२ मा रोकिएको स्वरोजगार कर्जा वितरण गर्न लागेको छ । कोषमा झन्डै एक वर्ष कार्यकारी उपाध्यक्ष नहुँदा गत आवमा कर्जा वितरणको काम रोकिएको थियो । गत भदौमा कोषमा नयाँ कार्यकारी उपाध्यक्ष नियुक्ति भएपछि कर्जा वितरणको काम सुरु हुन लागेको हो । कोषका कार्यकारी उपाध्यक्ष अनिलराज पौडेलल गत आवमा कर्जाका लागि ४३३ सहकारी संस्थाको प्रस्ताव आएकोमा हाल अध्ययन अनुसन्धान भइरहेकाले तोकिएको मापदण्ड पूरा गरेकालाई जतिसक्दो छिटो कर्जा वितरण गरिने जानकारी दिनुभयो ।