काठमाडौँ, असोज ७ गते । यसपालिको दसैँमा काठमाडौँ उपत्यका ३५ हजारदेखि चालिस हजार खसीबोका खपत कम हुने अनुमान गरिएको छ । देशमा भएको विषम परिस्थिति र धेरै जना दसैँ मनाउन गाउँमा गएकाले बजारमा माग कम हुँदा खपत घट्ने अनुमान गरिएको हो ।
यसपालिको दसैँमा ३५ हजारदेखि ४० हजार खसीबोका खपत हुने अनुमान गरिएको यसपालिको दसैँमा ३५ हजारदेखि ४० हजार खसीबोका खपत हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । गत वर्ष ५० हजारदेखि ५५ हजार खसीबोका खपत भएका थिए । गत वर्ष ५० हजारदेखि ५५ हजार खसीबोका खपत भएका थिए ।
व्यवसायीले दसैँलाई लक्षित गरी मङ्गलबारदेखि उपत्यकामा खसीबोका भित्र्याउन लागेका छन् । अध्यक्ष सुवेदीले मङ्गलबारदेखि उपत्यकामा खसीबोका भित्रिने बताउनुभयो । दसैँको अष्टमीसम्म ठुलो सङ्ख्यामा खसीबोका भित्रिने उहाँले जानकारी दिनुभयो ।
जेनजी पुस्ताले गरेको आन्दोलनमा निधन भएका परिवारमा शोक परेको घरमा मासु उपभोग नहुने र बाढीपहिरोका कारण बाटो बन्द हुँदा बजारमा खसीबोका भित्र्याउन कठिन देखिएकाले पनि खपत कम हुने देखिएको उहाँको भनाइ छ । यसपालि खसीबोकाको मूल्य भने स्थिर रहेको महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार बजारमा प्रतिकेजी जिउँदो खसीको मूल्य छ सयदेखि ६८० रुपियाँ रहेको छ । यस्तै तयारी खसीको मासु भने प्रतिकेजी एक हजार तीन सयदेखि एक हजार चार सय रुपियाँसम्म रहेको छ ।
नेपालमै उत्पादन भएका सबै खसीबोका बजारमा आउन सके बजार माग पूरा हुने अध्यक्ष सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ गाउँमा किसानले पालेका खसीबोकाले बजार ल्याउन कठिन भएकाले ढुवानीका लागि समस्या भएकाले सरकारले सहजीकरण गर्न अति आवश्यक छ ।”
एक ठाउँबाट अर्को ठाउँमा खसीबोका ढुवानी गर्दा बाटोमा पुलिस प्रशासनबाट शुल्क उठाउँदा बजारसम्म ल्याउन कठिन भएको गरिएको उहाँको भनाइ छ ।
महासङ्घले विभिन्न जिल्लामा खसीबोका सङ्कलन केन्द्रसमेत स्थापना गरेको जनाएको छ । महासङ्घले काठमाडौँको दहचोकमा स्थापना गरेको खसी बजारबाट बिक्री गरिने जनाएको छ । व्यवसायीले रुकुम, रोल्पा, सल्यान, जाजरकोट, प्युठान, बाँके, दाङ, मकवानपुर, धादिङ नुवाकोटसँगै खोटाङ सङ्खुवासभा, भोजपुरलगायतका जिल्लाबाट खसीबोका ल्याउँछन् । बजार माग धान्ने उत्पादन स्वदेशमा भए पनि गैरकानुनी ढङ्गले भारतबाट समेत खसीबोका आउने गरेको व्यवसायीको भनाइ छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा एक करोड ५२ लाख ८९ हजार खसीबोका र बाख्रा रहेका छन् । अघिल्लो आवमा एक करोड ४५ लाख ४१ हजार रहेकोमा एक वर्षमा साढे पाँच लाख खसीबोका बढेको तथ्याङ्कले देखाएको छ । पछिल्लो समय किसानले गाउँ गाउँमा व्यावसायिक रूपमा बाख्रापालन गरेकाले पनि बर्सेनि उत्पादन बढ्दै गएको छ । दसैँमा च्याङ्ग्राको समेत खपत हुने गर्छ । व्यापारीले हिमाली जिल्लाबाट च्याङ्ग्रा ल्याउन थालेका छन् ।