तिहार नजिकिँदै गर्दा बजारमा भाइमसला (ड्राइ फ्रुट्स) को व्यापार बढ्न थालेको छ ।
देशबाट समग्र वस्तुको निर्यात घटिरहेका बेला अलैँचीको निर्यातमा समेत कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन महिनामा (साउन–असोज) एक अर्ब २६ करोड २१ लाख रुपियाँ बराबरको सात लाख ८३ हजार ७५० केजी अलैँची निर्यात भएको छ ।
रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट परीक्षणका लागि पेट्रोल ल्याइएको छ । यसअघि डिजेल मात्र आयात गरिँदै आएकोमा परीक्षणका लागि पेट्रोल ल्याएको हो ।
यस पटकको तिहारमा मुलुकभर ४५ लाख गोटा माला खपत हुने भएका छन् । तिहारमा सयपत्री र मखमलीको माला खपत हुने गर्छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ७३ हजार ६२० मेट्रिक टन धान खरिद गर्ने भएको छ । कम्पनीले यस वर्ष विभिन्न जिल्लाबाट सो परिमाणमा धान खरिद गर्न लागेको हो ।
दसैँका बेला सधैँ जसो भिडभाड हुने न्युरोडका सुन पसल सुुनसान छन् । जताततै सामान किन्नेको चहपहल छ तर सुन पसलमा भने ग्राहक देखिँदैनन् । दसैँमा कारोबार बढ्ला भन्ने आसमा बसेका व्य
दसैँ सुरु भएपछि बजारमा चहलपहल बढेको छ । नेपालीको महान चाड दसैँमा नयाँ कपडा किन्ने, अन्य सामग्री खरिदबिक्री गर्ने हुँदा बजारमा किनमेल वृद्धि हुन्छ ।
दसैँ नजिकिँदै गर्दा काठमाडौँ उपत्यका बजारमा चहलपहल बढे पनि कारोबार भने बढ्न सकेको छैन । बिहीबारदेखि यस वर्षको दसैँ सुरु हुँदै छ । बजारमा सामान्य चहलपहल बढे पनि व्यवसायीमा उत्साह देखिएको छैन ।
बजारमा तत्काल पेट्रोलियम पदार्थको अभाव नहुने भएको नेपाल आयल निगमले जनाएको छ ।
अविरल वर्षाका कारण उपत्यकासँगै बाहिरी जिल्लामा सडक तथा यतायातमा क्षति पुर्याएको खबरहरू आइरहेकाबेला त्यसले खाद्यान्न आपूर्तिमा कुनै असर नपर्ने जनाइएको छ ।
अमेरिकाले स्वदेशी वस्तुको निर्यातमा सहुलियतस्वरूप ७७ वस्तुको निर्यातमा भन्सार छुटको व्यवस्था गरेको थियो । माग अनुसार व्यवसायीले सामान निर्यात गर्न नसक्दा निर्यात न्यून देखिएको छ ।
तिजका बेला सधैँ जसो भिडभाड हुने सुनचाँदी पसल यतिबेला सुनसान अवस्थामा छन् । तिज आउन तीन दिन मात्र बाँकी रहँदा बजारमा सुनचाँदीको कारोबारमा उत्साह छैन । मुख्य चाड तिज, दसैँतिहार सुनको कारोबार बढी हुने सिजन हो । सुनको मूल्य बढ्दा त्यसको प्रभावले यस पटक तिजमा सुनचाँदीको कारोबार अत्यन्त घटेको हो । अन्य समयको तुलनामा तिजमा सुनको कारोबार धेरै हुने गरेकोमा यो वर्ष नगन्य जस्तै भएको व्यवसायीको भनाइ छ । तिजका बेला सुनको कारोबार बढ्ने आशामा बसेका सुनचाँदी व्यवसायी कारोबार नबढ्दा निराश अवस्थामा छन् । लगातार सुनको मूल्य बढ्दै गएको र उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा सुनचाँदीको माग कम भई कारोबारमा उलेख्य कमी आएको व्यवसायी बताउँछन् ।
रुपन्देहीको भैरहवामा इन्धन भण्डारणगृह निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने काम अन्ति चरणमा पुगेको छ । नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकाबिचमा रहेको १४ बिघा जग्गामा भण्डारणगृह निर्माणका लागि जग्गा उकास गर्ने तथा पर्खाल लगाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ । तीन महिनालाई पेट्रोलियम पदार्थको भण्डारणगृह निर्माण गर्ने सरकारको नीति अनुरूप नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भैरहवा सहायक प्रबन्धक तेजराज तिमिल्सेनाले जग्गा सम्याउने र रिटेनिङ वाल निर्माणको काम अन्तिम चरण पुगेको जानकारी दिनुभयो । जग्गामा पर्खाल लगाउने काम सकिएपछि भण्डारणगृह निर्माणको काम सुरु गरिने उहाँले जानकारी दिनुभयो ।
पछिल्लो नौ वर्षको अवधिमा पेट्रोलियम पदार्थबाट पूर्वाधार विकास करबापत झन्डै डेढ खर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७२/७३ देखि आव २०८०/८१ सम्म बुढीगण्डकी आयोजना र पूर्वाधार विकासबापत एक खर्ब ३७ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको नेपाल आयल निगमले जनाएको छ । आव २०७२/७३ को बजेटमार्फत बहुचर्चित एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना निर्माण गर्ने भन्दै सरकारले पेट्रोलियम पदार्थ आयात हुने भन्सार विन्दुमै पेट्रोलियम पदार्थमार्फत कर उठाउन थालेको थियो । आव २०७२/७३ मा सरकारले बुढीगण्डकी जलविद्युत् आयोजना आफैँ बनाउने घोषणा गरेपछि लगानी जुटाउन पेट्रोलियम पदार्थ आयात गर्दा प्रतिलिटर पाँच रुपियाँ भन्सार कर उठाउन सुरु गरेको हो ।
यो वर्ष सात सय उद्यमीले स्टार्टअप उद्यम कर्जा पाउने भएका छन् । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि चालु आर्थिक वर्षको बजेटमार्फत एक अर्ब रुपियाँ विनियोजन गरेको छ । गत आवमा उद्यमीले न्यूनतम पाँच लाख रुपियाँदेखि २० लाख रुपियाँसम्म स्टार्टअप उद्यम कर्जा पाएका थिए । गत आव स्टार्टअप उद्यम कर्जाका लागि २५ करोड रकम विनियोजन गरेको थियो ।