नेपालमा लगानी गर्ने भनेर वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आए पनि सो अनुपातमा रकम भित्रिन नसकेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा झन्डै २६ अर्ब लगानी प्रतिबद्धता आए पनि साढे छ अर्ब रुपियाँ मात्र भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । प्रतिबद्धता अनुसार भित्रिएको रकम न्यून रहेको छ ।
नेपालले वैदेशिक व्यापार गर्ने विभिन्न ३१ मुलुकसँग व्यापार नाफामा रहेको छ । नेपालले विश्वका १६० मुलुकसँग व्यापार गरेकोमा ३१ मुलुकसँग मात्रै व्यापार नाफामा रहेको हो । बाँकी १२९ मुलुकसँगको व्यापार भने घाटामा देखिन्छ ।
खाना पकाउने एलपी ग्यासको आयात बढेको छ । चिसो मौसमसँगै बजारमा खपत बढेकाले ग्यास आयातमा समेत वृद्धि भएको हो । नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले कोटा अनुसार ग्यासको आयात नियमित रूपमा भइरहेको जानकारी दिनुभयो । चिसोमा खपत बढ्ने हुँदा आयातमा वृद्धि भएको उहाँको भनाइ छ ।
मुलुकको वैदेशिक व्यापार (आयातनिर्यात) दुवैमा सुधार आएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा आयातनिर्यातमा सुधार आएको हो । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयात सात प्रतिशत र निर्यात ३१.७८ प्रतिशतले वृद्धि भएको छ ।
यस वर्ष हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने दाबी सरकारले गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड रुपियाँ अनुदान प्रवाह गरेको विवरण सार्वजनिक गरेको छ । कृषिमन्त्री रामनाथ अधिकारी
मुलुकभर धान रोप्ने जमिनको क्षेत्रफल घट्दै गए पनि उत्पादन भने बढ्दै गएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा धानको क्षेत्रफल घट्दै गएको छ ।
यस वर्ष मुुलुकभर धानको उत्पादन चार प्रतिशतले बढेको छ ।
सरकारले उद्यमशीलता प्रवर्धन गर्नका लागि औद्योगिक तथा लगानी प्रवर्धन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि ल्याएको छ ।
मुलुकभर झन्डै डेढ लाख होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । तिनमा दुई खर्ब १६ अर्ब रुपियाँको हाराहारीमा लगानी रहेको छ ।
यस वर्ष मुलुकभर धानको उत्पादन बढ्ने भएको छ । अनुकूल मौसम, रासायनिक मलको उपलब्धता र उन्नत बिउका कारण धानको उत्पादन बढ्ने भएको हो ।
यस वर्ष अन्तर्राष्ट्रिय बजारमा अलैँचीको मूल्य उच्च भए पनि निर्यात भने बढ्न सकेको छैन ।
आगामी जनवरी पहिलो सातादेखि पाइप लाइनबाट पेट्रोल आयात हुने भएको छ ।
चिसो मौसम सुरु भएसँगै बजारमा खाना पकाउने एलपी ग्यासको खपत बढ्न थालेको छ । अन्य समयको तुलनामा चिसो समयमा ग्यासको प्रयोग धेरै हुने हुँदा खपत बढेको हो ।
मुलुकमा लगानी गर्ने भनेर सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) चीनबाट आउने गरेको छ ।