काठमाडौँ, असोज ६ गते । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भई पूर्ण रूपमा क्षति भएका केन्द्रीय सचिवालय सिंहदरबारका कतिपय मन्त्रालय र कार्यालय नयाँ ठाउँमा सरेका छन् ।
सामान्यतः नयाँमा सर्दा नयाँ नै सामान किन्ने परिपाटी अहिले छैन । तत्कालीन व्यवस्थापन र मितव्ययिता दुवै हुने गरी अहिले त्यस्ता कार्यालय पुरानै सामानले भरिँदै छन् । जेनजीले भदौ २३ र २४ मा गरेको आन्दोलनमा तोडफोड र आगजनी हुुँदा सिंहदरबारसहित देशव्यापी रूपमा सरकारी कार्यालयमा अकल्पनीय क्षति भएको थियो ।
सिंहदरबारभित्र रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पूर्ण रूपमा क्षति भई साबिकभन्दा बेग्लै ठाउँमा सारिएका छन् । नयाँ ठाउँमा सारिए पनि तिनमा पुुरानै सजाउन भ्याइनभ्याइ छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मन्त्रालय सार्दा नयाँ सामान नकिनी पुुरानै प्रयोग गरिएको जानकारी दिनुुभयो । गृह मन्त्रालयको नागरिक सहायता कक्ष, लेखा शाखा, प्रहरी प्रशासन, आर्थिक प्रशासन, गुुनासो सुुन्ने शाखा, सचिव र मन्त्रीको कार्यकक्षमा पूर्ण रूपमा क्षति भएको थियो । उहाँले भन्नुुभयो, “तीन शाखामा रहेका सबै सामान जेलर नष्ट भए पनि पुुरानैले काम चलायौँ । तत्काल नयाँ खरिद गर्ने अवस्था छैन ।”
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पनि गृहका लागि बनेको नयाँ भवनमा सारिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रवक्ता रविलाल शर्माले पुुरानै सामान टकटक्याएर कार्यालय सञ्चालन गरिएको जानकारी दिनुुभयो । कार्यालय नयाँ ठाउँमा सारिए पनि जे जे सामान प्रयोग गर्न मिल्छ तिनैैलाई मर्मत गरी प्रयोग गरिएको उहाँले जानकारी दिनुुभयो ।
प्रवक्ता शर्माले भन्नुुभयो, “आवश्यकताका आधारमा मात्र सामान खरिद गर्ने हुुँदा तत्काल विद्युुतीय डिभाइस किन्नुुपर्ने देखिएको छ ।” मितव्ययी ढङ्गले कार्यालय सञ्चालन गर्ने भएकाले तत्काल नयाँ सामान खरिद नगरी पुुरानैले सामानले काम चलाउने उहाँको भनाइ छ ।
आगलागीबाट पूर्णतः क्षति भएपछि सिंहदरबारभित्र रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केशर महलमा सरेको छ । यो ठाउँ पुरानो भए पनि भवन नयाँ छ । मन्त्रालयका सचिव विश्वबाबुु पुडासैनीले मन्त्रालय नयाँ ठाउँमा सरे पनि पुुरानैले सञ्चालन गरिएको जानकारी दिनुुभयो ।
काम लाग्न मिल्ने सामान पुुरानो मन्त्रालयबाट ल्याएका र केशर पुस्तकालयमा रहेकाले अन्य सामान प्रयोग गरिएकाले तत्काल नयाँ सामान किन्ने योजना नरहेको उहाँको भनाइ छ । शिक्षासँग सम्बन्धित परियोजनामा रहेका कम्प्युुटर प्रयोग गरिएको उहाँले जानकारी दिनुुभयो ।
आगजनीबाट पूर्ण रूपमा क्षति भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने अत्यावश्यक पर्ने कप्युुटर मात्र खरिद गरी सञ्चालन गरिएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुुढाथोकीले कर्मचारीले घरमा लगेका ल्यापटप र व्यक्तिगत ल्यापटप प्रयोग गरी कार्य सञ्चालन गरिएको जानकारी दिनुुभयो ।
कार्यालयमा रहेका धेरै सामान जलेर नष्ट भएका छन् । उहाँले भन्नुुभयो, “जरुरी पर्ने नकिनी नहुुने सामान मात्र खरिद गरिएको छ ।” सहरी विकास मन्त्रालयका अनुसार देशभर सङ्घीय मन्त्रालय र विभाग अन्तर्गत ३८० वटा कार्यालयमा क्षति भएको छ ।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले देशभरका १०५ वटा सङ्घीय कार्यालय पूर्ण रूपमा क्षति भएको र १८२ कार्यालयमा आंशिक क्षति भएको जानकारी दिनुुभयो । ९३ वटा कार्यालयमा सामान्य क्षति भएको मन्त्रालयले जनाएको छ ।