काठमाडौँ, असोज ११ गते । उपत्यकामा भित्रिने विभिन्न १० वटा नाकामा खसीबोका र राँगाभैँसीको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । दसैँमा उपत्यकामा मासुका लागि धेरै सङ्ख्यामा पशुपन्छी खपत हुने र बिरामी अस्वस्थकर खसीबोका र राँगाभैँसी भित्रन सक्ने भएकाले नाकामा स्वास्थ्य परीक्षण गरिएको पशुु सेवा विभागले जनाएको छ । दसैँमा उपत्यकामा ठुुलो सङ्ख्या खसीबोका, राँगाभैँसी, कुखुरा र माछा खपत हुने गर्छ ।
विभागले एक सय जना पशुु चिकित्सक तथा प्राविधिक खटाएर परीक्षण गरिएको जनाएको छ । पशुु सेवा विभागका पशुु चिकित्सक हरिसिंह भाटले उपत्यका भित्रिने १० वटा नाकामा स्वास्थ्य परीक्षण गरेर मात्र खसीबोका र राँगाभैँसी पठाइएको जानकारी दिनुुभयो ।
स्वस्थकर खसीबोको सिङमा हरियो स्टिकर र बिरामी खसीबोकाको सिङमा रातो स्टिकर लगाइएको जानकारी उहाँले दिनुुभयो । नौ वटा नाकामा खसीबोका र कलङ्की/कालीमाटी÷/बल्खुु माछाबजारमा माछाको स्वास्थ्य परीक्षण सुरु गरिएको उहाँले जानकारी दिनुुभयो । परीक्षणका व्रmममा बिरामी खसीबोका भित्रिएको नपाएको, दार्चुुला र बाजुुराबाट ल्याइएका खसीबोका मुुग्लिङको बाटो बन्द हुँदा पाँच दिन बाटोमा रोकिएकाले खाना नपाएर सुुस्त देखिएको र एक दिन आराम गराएर पठाइएको उहाँले जानकारी दिनुुभयो ।
उपत्यकाका बजारमा भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण गरी स्वस्थ खसीबोकालाई मात्रै बिक्री गर्न अनुमति दिइएको विभागले जनाएको छ ।
विभागका अनुसार घटस्थापनादेखि बिहीबारसम्म ११ हजार १७५ खसीबोका र च्याङ्ग्रा भित्रिएका छन् । यस्तै २५ हजार ९६१ किलो माछा र ८८४ केजी सी फुड भित्रिएको छ । यस्तै २९३ वटा राँगाभैँसी आयात भएका छन् । उपभोक्ताले खरिद गर्दा सिङमा लगाइएको हरियो स्टिकर हेरेर खरिद गर्न विभागले अनुुरोध गरेको छ । विभागका अनुसार गत वर्ष दसैँका नौ दिनमा ४८ हजार २७३ खसीबोका, च्याङ्ग्रा र राँगाभैँसी भित्रिएका थिए ।
सामान्य समयमा उपत्यकामा दैनिक एक हजार दुई सयको सङ्ख्यामा खसीबोका खपत हुँदै आएको छ । विभागका अनुसार दसैँको सात दिनको अवधिमा मासुको खपत अत्यधिक हुन्छ । यो समयमा अन्य समयभन्दा मासुको खपत झन्डै आठ गुणाले बढ्छ । सप्तमीदेखि प्रतिव्यक्ति मासुको उपभोग दर दैनिक २८ ग्रामबाट बढेर सरदर २१२ ग्रामसम्म पुग्छ ।
टुुकुुचा, कलङ्कीलगायतका खसीबजारमा खसीबोका बिक्रीका लागि राखिएको छ । खसीबजार व्यवस्थापन समिति कलङ्कीका व्यवस्थापक जीवराज खड्काले शनिबारदेखि ठुुलो सङ्ख्यामा खसीबोका भित्रिने जानकारी दिनुुभयो । हाल दैनिक आठ सयदेखि एक हजार सङ्ख्यामा खसीबोका भित्रिने गरेकोमा बाटो खुुला भएकाले शनिबारदेखि मङ्गलबारसम्म ठुुलो सङ्ख्यामा भित्रिने जानकारी उहाँले दिनुुभयो । यस पटक दसैँमा ४० देखि ४५ हजार खसीबोका र पाँचदेखि छ हजार च्याङ्ग्रा खपत हुने अनुुमान छ ।
बजारमा खसीको मूल्य जिउँदो प्रतिकेजी ७२० र च्याङ्ग्रा प्रतिकेजी एक हजार २५० देखि एक हजार तीन सय रुपियाँ रहेको छ ।
व्यावसायिक बाख्रापालक महासङ्घका अध्यक्ष गोविन्दप्रसाद सुुवेदीले बाटो खुला भएकाले खसीबोकाको आयात बढ्न थालेको जानकारी दिनुुभयो । व्यवसायीले रुकुुम, रोल्पा, सल्यान, जाजरकोट, प्युुठान, बाँके, दाङ, मकवानपुुर, धादिङ, नुुवाकोटसँगै खोटाङ, सङ्खुवासभा, भोजपुुरलगायतका जिल्लाबाट खसीबोका खरिद गरी काठमाडौँ भिœयाउने गर्छन् ।
बजारमाग धान्ने उत्पादन स्वदेशमा भए पनि गैरकानुुनी ढङ्गले छिमेकी मुुलुक भारतबाट समेत खसीबोका आउने गरेको व्यवसायीको भनाइ छ ।