• ७ कात्तिक २०८१, बुधबार

सुनको मूल्य स्थिर, चाँदी १५ ले घट्यो

blog

काठमाडौँ,  असार २६ गते । स्थानीय बजारमा आज मङ्गलबारको मूल्यमा सुनको कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु. एक लाख ४४ हजार १०० मा कारोबार भइरहेको छ । 

यसैगरी, तेजाबी सुन प्रतितोला रु. एक लाख ४३ हजार चार सय कायम भएको छ । चाँदीको मूल्य रु. १५ ले घटेर रू. एक हजार आठ सय ७० मा किनबेच भइरहेको महासङ्घले बताएको छ । मङ्गलबार चाँदी प्रतितोला रु. एक हजार आठ सय ८५ मा खरिदबिक्री भएको थियो ।  रासस