प्रविधिले कृषि उत्पादनमा वृद्धि
उत्पादन वृद्धिका लागि कृषिलाई प्रविधिमैत्री बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । श्रमिक नपाइरहेको कारण कृषि क्षेत्र प्रभावित हुँदै उत्पादनमा कमी आएको बताउँदै उनीहरूले श्रमिक नपाएका कारण खेत बाँझो हुन गएको धारणा राखेका छन् । कृषि सूचना तथा प्रशिक्षण केन्द्र र खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले आयोजना गरेको ‘राष्ट्रिय डिजिटल कृषि रणनीति र कार्य योजना’ सम्बन्धी कार्यक्रममा उनीहरूले सो धारणा राखेका हुन् ।
विश्व चिया दिवस : नेपालमा मौलाउँदो चिया संस्कृति
प्रत्येक बिहानीको सुरुवात चिया पिएरै गर्ने धेरै छन् । बिहान उठेर नित्य कर्म सकिएपछि प्रायः सबैले सम्झने भनेको चिया नै हो । घर आएका पाहुनाको सत्कारदेखि शल्यक्रियापछि बिमारीलाई खुवाइने पहिलो धुटका रूपमा कालो चिया कै प्रयोग हुन्छ । सडक पेटीदेखि ससाना होटल हुँदै पाँचतारे होटलको मेन्युमा चियाले उत्तिकै स्थान पाएको छ । साथीभाइ भेट्दा होस् वा दुःख र थकान मेट्न होस् चियाकै साहरा लिनेहरू कैयौँ भेटिन्छन् । भलाकुसारीदेखि भाइचारासम्मको चिया हाम्रो संस्कृति नै बनिसकेको छ ।
आपूर्ति सहज बनाउन डबल सर्किट प्रसारण परिपथ
काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा विद्युत् प्रसारणलाई दिगो र भरपर्दो गराउने गरी नेपाल विद्युत् प्राधिकरणले उपत्यका घेर्ने गरी प्रसारण लाइन परिपथ निर्माण गर्ने भएको छ । अबको २६ वर्ष (सन् २०५०) सम्म उपत्यकामा आवश्यक पर्ने पर्याप्त विद्युत् आपूर्ति गर्ने गरी उपत्यका वरिपरिका पहाडै पहाड करिब एक सय किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण परिपथ बन्ने भएको हो । प्राधिकरणले तय गरेको योजना अनुसार सबैभन्दा पहिले काठमाडौँको तीनपिप्लेमा सबस्टेसन निर्माण हुने छ । परिपथ योजना अनुसार तीनपिप्लेबाट कपन गुम्बा–लप्सीफेदी–नालागुम्बा–सिरुटार–डुकुछाप–मातातीर्थ हुँदै पुनः तीनपिप्लेसम्म चक्रीय परिपथ बन्ने छ । उल्लेखित स्थानका सबस्टेसनबाट उपत्यकाभित्र १३२, ६६ र ३३ केभीका वितरण तथा प्रसारण लाइन छिराउने योजना छ ।
फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान
फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बिमा गराए
मधेस प्रदेशमा हालसम्म दुई लाख ५१ हजार एक सय ७२ परिवारले स्वास्थ्य बिमा गराएका छन् । मधेस प्रदेश स्वास्थ्य बिमा बोर्डको कार्यालयका अनुसार मधेस प्रदेशमा पछिल्लो केही समयदेखि क्रमिकरुपमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढ्दै गएको छ ।
म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलुखेती
जिल्लाका विभिन्न १३ वटा कृषक समूहका दुई सय किसानले कृषि ज्ञान केन्द्र म्याग्दीबाट रु. एक करोड तीन लाख ७४ हजार पाँच सय ९४ मूल्यको आलुको बीउ खरिद गरेर व्यावसायिक रूपमा आलुखेती गरेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
सुनको मूल्य घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४० हजार छ सय निर्धारण गरिएको छ ।
तेब्बर बढ्यो विद्युतीय सवारी आयात
मुलुकमा विद्युतीय सवारीको आयात उल्लेख्य रूपमा बढेको देखिएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको चालु आवको पहिलो १० महिनाको विवरण अनुसार हालसम्म आठ हजार ४९७ वटा चारपाङ्ग्रे विद्युतीय गाडी नेपाली बजारमा भित्रिएको छ । यो वृद्धि गत वर्षको तुलनामा करिब तीन गुणाले हो । विभागको तथ्याङ्क अनुसार गत वर्ष सोही अवधिमा दुई हजार ९५५ वटा चारपाङ्ग्रे भित्रिएका थिए ।
पोखरा आइडिया मार्ट सुरु
व्यवसाय प्रवर्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजना एवं नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा आइतबारदेखि ‘पोखरा आइडिया मार्ट २०८१ तथा बुट क्याम्प’ सुरु भएको छ । लुम्लेस्थित कृषि अनुन्धान निर्देशनालयको सभा कक्षमा तीन दिनसम्म सञ्चालन हुने उक्त मार्टको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्दै युवाहरूले प्रस्तुत गर्ने हरेक आइडिया समाजको उन्नयनका लागि प्रेरक बन्न सक्ने बताउनुभयो ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, पाँच लाखसम्म जरिबाना
सरकारले मानव स्वास्थ्यमा असर गर्ने खालका वस्तुको उत्पादन वा बिक्री वितरण गरेमा पाँच वर्ष कैद वा पाँच लाख रुपियाँसम्म जरिबाना गर्ने गरी कानुन संशोधन गरी कार्यान्वयनमा ल्याएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य ऐन २०२३ संशोधन गर्दै खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ जारी गरी कार्यान्वयनमा ल्याएको हो । संशोधित ऐनमा गुणस्तरहीन खाद्यवस्तुको उत्पादन, प्रशोधन, निकासी, पैठारी, ढुवानी वा बिक्री वितरण गरेमा वा राखेमा अधिकतम पाँच लाख जरिबानासहित पाँच वर्षसम्म कैद वा दुवै सजाय गर्ने व्यवस्था गरिएको छ ।
बेलायत र नेपालबिच व्यापार वृद्धि हुन्छ: प्रधानमन्त्री सुनाक
संयुक्त अधिराज्य (बेलायत)का प्रधानमन्त्री ऋषि सुनाकले आगामी बर्सहरूमा बेलायत र नेपालबिच व्यापार वृद्धि हुनुका साथै निजी लगानी पनि बढ्ने विश्वास व्यक्त गर्नु भएको छ ।
बजार चलायमान बनाउने उपायको खोजी
बुटवल बजारमा आएको मन्दी र व्यवसायीको बढ्दो विस्थापन कसरी रोक्ने भन्ने विषयमा बुटवलमा बृहत् अन्तर्क्रिया गरिएको छ । रुपन्देही व्यापार सङ्घले आयोजना गरेको बुटवल बजार चलायमानका आधार विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्ने व्यवसायीले बुटवल बजारमा आएको मन्दी र व्यवसायीको विस्थापन रोक्न स्थानीय पालिका, प्रदेश र सङ्घीय सरकारले नयाँ योजना ल्याउन सुझाव दिइएको छ । व्यवसायीले स्थानीय सहर बजारको संरक्षण र विकासको मुख्य जिम्मेवारी स्थानीय सरकारको भएको हुँदा त्यसका लागि गम्भीर बन्न बुटवल उपमहानगरपालिकालाई आग्रह गरेका छन् ।
दस महिनामा तेह्र खर्बको आयात
चालु आर्थिक वर्षको १० महिना पूरा हुँदासम्म अन्तर्राष्ट्रिय व्यापारमा घट्दो क्रमले निरन्तरता पाएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखसम्म आयात र निर्यात दुवै घटेको पाइएको हो । समीक्षा महिनासम्म नेपालले कुल १३ खर्ब तीन अर्ब ३५ करोड रुपियाँको वस्तु आयात गरेको छ । जुन २०८० वैशाखको तुलनामा २.३९ प्रतिशतले कम हो । त्यतिबेलासम्म नेपालले १३ खर्ब ३५ अर्ब रुपियाँको वस्तु आयात गरेको थियो ।
श्रम स्वीकृति नपाउँदा दुई सयभन्दा बढीको टिकट रद्द
वैदेशिक रोजगार विभागको सर्भरमा आएको समस्याका कारण सेवाग्राहीले सास्ती खेप्न बाध्य भएका छन् । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा सोमबार दिनभर समस्या आएपछि वैदेशिक रोजगारीमा जाने श्रमिक समस्यामा परेका हुन् । फेमिसको ‘सर्भर डाउन’ भएर कार्यालयबाट हुने काम ठप्प हुँदा वैदेशिक रोजगारीमा जानका लागि टिकट काटेर बसेकाहरू श्रम स्वीकृति नपाउँदा समस्यामा परेका छन् । विदेश जानेहरू श्रम स्वीकृतिका लागि बिहानदेखि ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमै पुगेर पर्खेर बसेका छन् । वैदेशिक रोजगार कार्यालयको सर्भरमा आएको समस्या यो पहिलो पटक भने होइन ।
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कमार्फत गएको नौ महिनामा साढे दुई करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
विश्व नापतौल दिवस मनाइयो
‘भोलिको दिगोपनका लागि आज मापन गर्छौ’ मूल नाराका साथ आज विश्व नापतौल दिवस मनाइएको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग र गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँको आयोजनामा विश्व नापतौल दिवस मनाइएको हो ।
१३ खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ ।
नेप्से परिसूचकमा वृद्धि, कारोबार रकम उच्च
यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ भने पछिल्लो चार महिनायताकै उच्च रकम कारोबार भएको छ ।
सुनको मूल्य तोलामा नौ सयले वृद्धि
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार रु. एक लाख ४० हजार नौ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार आठ सय निर्धारण गरिएको छ । यस्तै, तेजाबी सुन आइतबार रु एक लाख ४० हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार एक सय निर्धारण गरिएको महांघले जनाएको छ ।
अर्थतन्त्र पुनःउत्थानका लागि लगानीमैत्री बजेट
औद्योगिक उत्पादनमा कमी र लगानीकर्ताको विश्वासमा कमीका कारण नेपालमा आर्थिक शिथिलता गहिरिँदै गएको छ । माग र लगानीको कमीले उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । यसका पछाडि सरकार तथा उपभोक्ताको खर्च मुख्य रहेको छ ।
निर्यात क्षमता बढाउन चेम्बरको कार्ययोजना
नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता १० खर्ब रुपियाँ बराबर पुर्याउने लक्ष्य राखेर ४९ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । आगामी तीन वर्षमा व्यापार घाटा न्यूनीकरणका लागि निर्यात प्रवर्धन गर्न तुलनात्मक लाभ भएका कृषि, जलस्रोत, पर्यटन, तथा सूचनाप्रविधि क्षेत्रमा स्वदेशीसँगै विदेशी लगानी आकर्षित गरी उत्पादनदेखि बजारीकरणसम्म सहजीकरण गरिने कार्ययोजनामा उल्लेख छ । चेम्बरले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको कार्ययोजनामा राजस्वमा नीतिगत सुधार, उचित वित्तीय व्यवस्थापन र कृषिको उत्पादन वृद्धि एवं आत्मनिर्भर अर्थतन्त्रको निर्माणलगायतका कार्ययोजना छन् ।
म्यानले सिइओ कन्फ्रेन्स गर्ने
नेपाल व्यवस्थापन सङ्घ (म्यान) ले जेठ १८ गते राजधानीमा सिइओ कन्फ्रेन्स आयोजना गर्ने भएको छ । अर्थतन्त्र तथा व्यवस्थापनका क्षेत्रमा देखा परेका नवीनतम दृश्य तीनको सामञ्जस्यता तथा व्यवस्थापकीय शिल्पलगायतका विषयमा छलफल गर्ने गरी एकदिने सम्मेलन गर्न लागिएको म्यानका अध्यक्ष मोहनकुमार ओझाले जानकारी दिनुभयो ।
चिनियाँ पर्यटक बढाउन कार्यक्रम
नेपाल भित्रिने चिनियाँ पर्यटकको सङ्ख्या बढाउन चीनमा पर्यटक प्रवर्धनात्मक कार्यक्रमको आयोजना गरिएको छ । नेपाल भित्रिने पर्यटकको दोस्रो ठुलो स्रोत बजारका रूपमा रहेको चीनमा कोरोना महामारीपछि पहिलो पटक पर्यटन प्रवर्धनको कार्यक्रम आयोजना गरिएको हो । पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “सन् २०२४ मा चिनियाँ पर्यटकको सङ्ख्या बढे पनि पुरानै अवस्थामा फर्किन भने सकेको छैन । विश्व भ्रमणमा धेरै पर्यटक निस्कने मुलुक चीनबाट अझै पनि बढी पर्यटक भित्र्याउन ग्वाङझाउमा आयोजना गरिएको अन्तर्राष्ट्रिय ट्राभल फेयरमा नेपाल प्रवर्धन गरिएको छ ।”
तराईमा स्याउ फलाउन छैन वैज्ञानिक आधार
कैलाली लम्कीचुहाका किसानले एक करोडभन्दा बढीको लगानीमा आफ्नै बारीमा स्याउ फलाएपछि त्यो अहिले चर्चाको विषय बनेको छ । चिसो ठाउँ अर्थात् हाई चिलिङ भएको ठाउँमा उत्पादन हुने स्याउ उच्च गर्मी हुने ठाउँमा पनि उत्पादन भएपछि अहिले त्यो चर्चाको विषय बनेको छ । कृषि वैज्ञानिकहरू भन्छन्, “यो सम्भव छैन, यो वैज्ञानिक हिसाबले उपयुक्त छैन, यसको वैज्ञानिक आधार छैन ।” स्याउ विषयमा पिएचडी गर्नुभएका तथा कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समय स्याउ क्षेत्रमा काम गर्नुभएका डा. गिरीधारी सुवेदीले तराईमा स्याउ फल्न सक्छ तर त्यो उपभोक्ताका लागि गुणस्तर हुन सक्दैन, करेसाबारीका लागि ठिक छ तर व्यावसायिक खेतीका लागि नमिल्ने बताउनुभयो ।