• २० असोज २०८१, आइतबार

सुन आयत ४० प्रतिशतले घट्यो

blog

काठमाडौँ, असार २४ गते । ११ महिनामा बजारमा सुनको आयात ४० प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आर्थिक वर्षको ११ महिनामा सुनको आयात ४० प्रतिशतले घटेर २५ अर्ब ७४ करोड २५ लाख ७७ हजार रुपियाँ बराबरको दुुई हजार ६५१ केजी सुन आयात भएको छ । गत वर्ष सो अवधिमा ४३ अर्ब ५३ करोड ९२ लाख ८८ हजार रुपियाँको आयात भएको थियो । यो वर्ष सुनको मूल्य लगातार बढेपछि बजारमा खपत कम हुुँदा आयातमा समेत कमी आएको हो । गत आवभरिमा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपियाँको सुन आयात भएको थियो । 

यसैबिच चाँदीको आयात भने ३४ प्रतिशतले बढेको छ । विभागको तथ्याङ्क अनुसार चालुु आवको ११ महिनामा तीन अर्ब १५ करोड १३ लाख १७ हजार रुपियाँ बराबरको चाँदी आयात भएको छ । गत वर्ष सो अवधिमा दुुई अर्ब ३३ करोड ९७ लाख ६३ हजार रुपियाँ बराबरको चाँदी आयात भएको थियो । 

मूल्य बढेर नयाँ रेकर्ड कायम

स्थानीय बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन आइतबार सुनको मूूल्य तोलामा एक हजार रुपियाँ बढेर एक लाख ४५ हजार चार सय रुपियाँ पुुगेको छ । 

शुुव्रmबार प्रतितोला एक लाख ४४ हजार चार सय रहेको सुन आइतबार बढेर एक लाख ४५ हजार चार सय रुपियाँमा कारोबार भएको नेपाल सुुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै उच्च मूूल्य हो । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार ३९२ अमेरिकी डलर पुुगेको छ । 

गत असार ७ मा सुुनको मूल्य बढेर एक लाख ४४ हजार सात सय रुपियाँमा करोबार भएकोमा त्यसपछि निरन्तर घटेर एक लाख ४१ हजार छ सय रुपियाँमा झरेको थियो । गत सातादेखि सुनको मूल्य पुुनः बढ्दै गएर आइतबार नयाँ मूल्य कायम गरी उच्च रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । सुुनचाँदी व्यवसायी तेजरत्न शाक्यले सुनको मूूल्य बढ्दै गएकाले कारोबारमा भने उलेख्य गिरावट आएको बताउनुुभयो । 

उपभोक्ताको व्रmयशक्ति न्यून हुँदा बजारमा सुनको माग बढ्न सकेको छैन, आवश्यक पर्नेले न्यून परिमाणले काम चलाउने गरेको उहाँको भनाइ छ । घरखर्च चलाउन पुराना गहना बिव्रmी गर्ने ग्राहक धेरै आउने गरेको व्यवसायीको भनाइ छ । सिजनको समयमा सधैँ भिडभाड हुने न्युरोडका सुनचाँदी पसल सुनसान देखिन्छ । पछिल्लो दुई हप्तादेखि सुनचाँदीको कारोबार स्थिर भएको छ ।

यसैबिच चाँदीको मूल्य तोलामा २० रुपियाँ बढेको छ । शुुव्रmबार प्रतितोला एक हजार ८७० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार बढेर एक हजार ८९० रुपियाँमा कारोबार भएको छ ।