• २० असोज २०८१, आइतबार

तोलामा चार सयले घट्यो सुनको मूल्य

blog

काठमाडौँ,  असार २४ गते ।  आज सुनको मूल्य तोलामा रु. चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु. एक लाख ४५ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज रु. एक लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ । 

आइतबार प्रतितोला रु. एक लाख ४४ हजार सात सयमा कारोबार भएको तेजाबी सुनको भाउ आज रु. एक लाख ४४ हजार सात सय कायम भएको छ । 

महासङ्घले चाँदीको मूल्य आज भने स्थिर रहेको  जनाएको छ । आइतबार  रु. एक हजार आठ सय ९० मा एक तोला चाँदी खरिदबिक्री भएको थियो । रासस