किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा
तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई माछाको भुरा वितरण गरेको छ । व्यावसायिक रूपमा माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न पालिकाले माछाका भुरा वितरण गरेको हो ।
५० करोडसम्मका वैदेशिक लगानी ‘स्वचालित रुट’ प्रणाली सुरु गरेको छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ५० करोड रुपियाँसम्मका प्रत्यक्ष वैदेशिक लगानी आवेदनका लागि ‘स्वचालित रुट’ प्रणाली शुरु गरेको बताउनुभएको छ ।
३० करोड लागतमा निर्मित भेडेटारको स्काइ वाक निर्माण अन्तिम चरणमा
धनकुटाको भेडेटारमा निर्माण सुरु गरिएको स्काइ वाक अन्तिम चरणमा पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटकको लागि हब नै मानिने भेडेटारलाई थप आकर्षक बनाउने लक्ष्यले स्काइ वाक निर्माण सुरु गरिएको थियो ।
कोरियाले पोखरालाई ९८ लाख डलर दिने
कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ ।
रोजगारी प्रवर्धन हुने कार्यक्रम ल्याउँदै सरकार
सरकारले श्रम बजारमा उपलब्ध जनशक्तिलाई दक्ष र प्रतिस्पर्धी बनाउँदै बजारको माग अनुसार उत्पादनशील रोजगारी प्रवर्धन हुने खालका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सङ्घीय संसद्मा आगामी आव २०८१/८२ लागि प्रस्तुत नीति तथा कार्यक्रममा सो घोषणा गर्नुभएको हो । उहाँले रोजगार व्यवस्थापन र सिप विकासका लागि एकीकृत राष्ट्रिय रोजगार ढाँचा कार्यान्वयनमा ल्याइने र सञ्चालनमा रहेका व्यावसायिक तथा सिप विकास तालिम केन्द्रलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप स्तरोन्नति गर्ने घोषणा गर्नुभयो ।
ग्लोबल आइएमईलाई ‘बेस्ट बैङ्क अवार्ड’
ग्लोबल आइएमई बैङ्क लिमिटेड ग्लोबल फाइनान्स मेगजिनको बेस्ट बैङ्क अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स मेगजिनले विश्वभरिका सर्वश्रेष्ठ बैङ्कहरू छनोट गरी सम्मानित गरेको हो । बैङ्कको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाको विकास, क्रेडिट रेटिङलगायतका मापदण्डमा ग्लोबल आइएमई बैङ्क सन् २०२४ का लागि नेपालको उत्कृष्ट बैङ्क भएको हो ।
सरकारको आम्दानीभन्दा खर्च दुई खर्बले बढी
चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब ८९ करोड रुपियाँ खर्च गरेको हो । लक्ष्य अनुरूप राजस्व सङ्कलन हुन नसकेपछि सरकारी वित्त घाटा झन् फराकिलो भएको हो ।
बैङ्कमा निक्षेप बढ्यो कर्जा प्रवाह भने सुस्त
चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप चार खर्ब नौ अर्ब चार करोड अर्थात् ७.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप तीन खर्ब ५५ अर्ब ८९ करोड अर्थात् ७.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप १२.५ प्रतिशतले बढेको छ । २०८० चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.२ प्रतिशत, २९.१ प्रतिशत र ५८.९ प्रतिशत रहेको छ ।
सोह्रौँ योजना स्वीकृत, अर्थतन्त्र १०५ खर्बको बनाइने
मन्त्रीपरिषद्ले १६ औँ पञ्चवर्षीय योजना (२०८१/८२–२०८५/८६) स्वीकृत गरेको छ । सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षासहित तर्जुमा गरिएको यस योजनाले आर्थिक वर्ष २०८५/०८६ सम्ममा मुलुकको अर्थतन्त्रको आकार १०५ खर्बमा पु¥याउने लक्ष्य राखेको छ । अर्थतन्त्रको आकार विस्तारका लागि सो अवधिमा औसत आर्थिक वृद्धिदर वार्षिक ७.१ प्रतिशत हुने आकलन गरिएको छ । सुरुवाती आर्थिक वर्षमा छ प्रतिशतको र अन्य आवमा अधिकतम ८.१ प्रतिशतसम्म पुग्ने अपेक्षा छ ।
कर्मचारीका सेवासुविधा समयानुकूल र आकर्षक बनाइने
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा सबै राष्ट्रसेवक कर्मचारीको सेवासुविधा समयानुकूल र आकर्षक बनाउने भएको छ । कर्मचारीको सेवासुविधा पूर्वानुमानयोग्य र समन्यायिक बनाई राष्ट्रसेवकलाई व्यावसायिक, उत्प्रेरित र उच्च मनोबलयुक्त बनाइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कर्मचारीका सेवासुविधालाई समयानुकूल र आकर्षक बनाउने घोषणा गर्नुभएको हो ।
नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम राम्रो आएको र त्यसलाई कार्यान्वयन हुने गरी बजेट आउने बताउनुभएको छ।
नीति तथा कार्यक्रम : कृषिमा लगानी दशक घोषणा
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यो वर्ष समयमै बिउँ र मलखादको आपूर्ति गरिएकोले धान लगायत कृषिबालीको उत्पादनमा वृद्धि भएको बताउनुभयो।
नीति तथा कार्यक्रममा अर्थतन्त्र : उच्च र दिगो आर्थिक वृद्धि
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गरेको छ। सङ्घीय संसद्को दुवै सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अर्थतन्त्रका १२ प्राथमिकता प्रस्तुत गर्नुभएको हो।
नीति तथा कार्यक्रममा सञ्चार र प्रविधि क्षेत्रका ११ प्राथमिकता : आफ्नै भू-उपग्रह स्थापना
मंगलबार सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि क्षेत्रका प्रमुख ११ सवाल समेटिएका छन् ।
सङ्घीय अस्पताल दुई सिफ्टमा सञ्चालन हुने
सरकारले पर्याप्तता जनशक्ति भएका अस्पताल दुई सिफ्टमा सञ्चालन गर्ने नीति ल्याएको छ। मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पर्याप्तता जनशक्ति भएका अस्पताल दुई सिफ्टमा सञ्चालन गर्ने नीति ल्याएको जानकारी दिनुभयो।
घाइते तथा अपाङ्गको दिगो समाधानका लागि उच्चस्तरीय समिति बन्ने
सरकारले विभिन्न राजनीतिक आन्दोलनका घाइते तथा अपाङ्गको दिगो समाधानका लागि उच्चस्तरीय समिति गठन गर्ने भएको छ।
सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
कर्मचारीको अवकाश उमेर पुनरवलोकन हुने
सरकारले आगामी आर्थिक वर्षमा बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने भएको छ ।
पाँच वर्षमा सबै बालबालिकामा आधारभूत शिक्षाको सुनिश्चितता हुने
सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चित गर्ने घोषणा गरेको छ।
वैदेशिक रोजगार सम्बद्ध कानुनलाई परिमार्जन गरिने
सरकारले आगामी आर्थिक वर्षमा वैदेशिक रोजगार सम्बद्ध कानुनलाई परिमार्जन गरिने भएको छ ।
जल यातायात सुरु गर्ने सरकारको घोषणा
सरकारले जल यातायात सुरु गर्ने घोषणा गरेको छ। मंगलबार सङ्घीय ससद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो।
मेलम्चीको खानेपानी काठमाडौँमा १२ महिना आपूर्तिको व्यवस्था मिलाइने
सरकारले मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा १२ महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने भएको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो।
राष्ट्रपति महिला कार्यक्रमलाई प्रभावकारी बनाइने
सरकारले राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रमलाई पुनः संरचना गरेर थप प्रभावकारी बनाउने भएको छ ।
आगामी आर्थिक वर्षभित्र सुदूरपश्चिम र कर्णालीका सबै क्षेत्रमा विद्युत
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो।