• १७ असार २०८१, सोमबार

चित्रपुरमा आँप मेला (फोटो फिचर)

blog

धनुषाको बटेश्वर आयोजना गरिको आँप मेलामा राखिएका आँप तथा अवलोकन गर्न आउनुभएका अतिथि। तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, असार १४ गते। मधेश प्रदेशमै पहिलो पटक आन्तरिक बजार प्रवर्द्धन गर्ने उद्देश्यले आँप मेलाको आयोजना भएको छ। धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा यो मेलाको आयोजना गरिएको हो। मेलामा विभिन्न २० भन्दा बढी प्रजातिका आँप प्रदर्शनीमा राखिएको छ। 

बजार प्रवद्र्धन तथा नयाँ पुस्तालाई आँपका प्रजाती चिनाउन शुक्रबार एक दिवसीय आँप मेलाको आयोजना गरिएको मेला आयोजक समितिका फुलगेन मगहीले जानकारी दिनुभयो। मेलामा आँपबाट बनाइएका आचार, अमोठलगायतका विभिन्न परिकारसमेत प्रदर्शनी तथा बिक्रीका लागि राखिएको मगही भाषाका अभियन्तासमेत रहेका महतोले जानकारी दिनुभयो। 

उहाँले मेला घुम्न आउने अतिथिका निःशुल्क आँप खुवाउने व्यवस्था मिलाइएको बताउनुभयो। 

यस आँप मेलामा गोरखापत्र संस्थानका अध्यक्ष बिष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, गोरखापत्र दैनिकका निमित्त सम्पादक शिवकुमार भट्टराई, प्रदेश सभा सदस्य शारदा पहाडी, सञ्जय महतो, होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमलगायत विशिष्ट व्यक्तिहरुले मेलाको अवलोकन गर्नुभएको छ। 


मेला अवलोकनका क्रममा गोरखापत्र संस्थानका अध्यक्ष सुवेदीले मेलाको आयोजनाले आँपको बजार प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो। उहाँले भन्नुभयो, “आँपसँगै आँपबाट बनाइएका आचारलगायतका परिकार बजारमा पठाउने वातावरण बनाउनुपर्छ। त्यसो गर्न सकिए यहाँका आँप किसान आर्थिकरुपले समृद्ध बन्नसक्छ।”

यसैगरी, होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुञ्ज कार्कीले यहाँका आँपलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नेुपर्ने बताउनुभयो। यसका लागि तीन वटै तहका सरकारले पहल गर्नुपर्ने उहाँले जानकारी दिनुभयो।