नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढेर दुई हजार ७१ दशमलव ७७ को विन्दुमा कायम भएको हो ।
‘वित्त नीतिलाई सघाउने मौद्रिक नीति आवश्यक’
अर्थतन्त्रमा देखिएको समस्या सम्बोधन गर्ने, वित्त नीतिसँग सामञ्जस्यता हुने र आगामी आर्थिक वर्षका लागि सरकारले लिएको छ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउनुपर्नेमा विज्ञ तथा सरोकारवालाहरूले जोड दिनुभएको छ ।
रघुगङ्गाको बजेट : विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा
म्याग्दीको रघुगङ्गा गाउँपालिकाले गरिब तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने नीति लिएको छ । गरिब तथा विपन्न वर्गको स्वास्थ्य उपचारलाई सहज बनाउन पालिकाले सञ्चालन गर्ने स्वास्थ्य बिमा कार्यक्रमका लागि ११ लाख रुपियाँ बजेटको व्यवस्था गरेको छ ।
कोहलपुर नगरपालिकाको बजेट एक अर्ब पाँच करोड
कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि एक अर्ब पाँच करोड बढीको बजेट सार्वजनिक गरेको छ ।
किसानलाई बक्यौता रकम भुक्तानी गराउन पहल
कृषि तथा पशुपन्छी विकास मन्त्रालय र आन्दोलनरत दुध किसानका प्रतिनिधिबिच सोमबार वार्ता भएको छ । दुग्ध विकास संस्थान (डिडिसी) तथा निजी क्षेत्रले बक्यौता रकम नदिएको भन्दै किसानले आन्दोलन सुरु गरेका थिए । सो आन्दोलनपछि बक्यौता रकम भुक्तानी गराउन सहजीकरणका लागि कृषि मन्त्रालयले किसानसँग वार्ता गर्दै आएको छ ।
‘अर्थतन्त्र र राष्ट्रको हितलाई केन्द्रमा राखेर मौद्रिक नीति ल्याइने’
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र र राष्ट्रको हितलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याइने बताउनुभएको छ । नेपाल व्यवस्थापन सङ्घले आगामी आव २०८१८२ को मौद्रिक नीतिबारे आयोजना गरेको अन्तर्क्रियामा उहाँले अर्थतन्त्रका सूचकले अर्थतन्त्र क्रमिक रूपमा सहजता सङ्केत गरिरहेको भन्दै सूचककै सङ्केत अनुरूप मौद्रिक नीति ल्याइने बताउनुभएको हो ।
ठुला जहाज भित्र्याएर उडान प्रतिस्पर्धामा वायुसेवा कम्पनी
आन्तरिक उडान गर्दै आएका निजी वायुसेवा कम्पनीहरू ठुला जहाज भित्र्याएर सुगम गन्तव्यमा उडान प्रतिस्पर्धामा लागेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर आन्तरिकतर्फका गन्तव्यमा उडान गर्दै आएका निजी क्षेत्रका हवाई कम्पनी बुद्ध एयर, श्री एयरलाइन्सलगायतले सुगमको उडानमा प्रतिस्पर्धा गर्न लागेका हुन् । वायुसेवा कम्पनीबिचको उडान प्रतिस्पर्धाले यात्रुले समेत हवाई भाडा दरमा सहुलियत पाउने हवाई कम्पनीको दाबी छ । बिहीबार चितवनको भरतपुर विमानस्थलमा सफल परीक्षण उडान गरेको श्री एयरलाइन्सले भरतपुर, भद्रपुर र तुम्लिङटारमा उडान गर्ने तयारी गरिरहेको छ ।
करिब अठचालिस हजारले उनासी दिनको पाए रोजगारी
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत साउन १ गतेदेखि असार १० गतेसम्म देशभर करिब ४८ हजार बेरोजगारले औसतमा ७९ दिनको रोजगारी प्राप्त गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ मा ६० हजार जनालाई न्यूनतम एक सय दिनको रोजगारी दिने राष्ट्रिय लक्ष्य राखेकोमा आव सकिन लाग्दा ४७ हजार ९८२ जना रोजगारीमा संलग्न भएका हुन् । सरकारले चालु आवमा सो कार्यक्रमका लागि पाँच अर्ब ९४ करोड, ६९ लाख रुपियाँ विनियोजन गर्दै ८६ हजारलाई रोजगारी दिने घोषणा गरेको थियो । श्रम मन्त्रालयले गएको साउन १ गतेदेखि लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रुपियाँबाट बढेर १७ हजार तीन सय रुपियाँ भएको हुँदा उक्त रकमबाट ६० हजारलाई मात्रै रोजगारी दिन सकिने भनेर राष्ट्रिय लक्ष्य राखेको छ । आव सकिन २० दिन रहँदा श्रम मन्त्रालयले लिएको राष्ट्रिय
रोकियो निर्यातमा वितरण गरिँदै आएको अनुदान रकम
नेपालमा उत्पादन भएका सामग्री निर्यातमा उपलब्ध गराउने नगद प्रोत्साहन अनुदान रकम रोकिएको छ । बजेट अभावले गर्दा निर्यातमा वितरण गरिँदै आएको अनुदानबापतको रकम रोकिएको हो । चालु आर्थिक वर्षमा विनियोजन गरेको ९० करोड रुपियाँ वितरण गरिसकेपछि उद्योग विभागले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग दुई अर्ब १० करोड रुपियाँ थप माग गरेको थियो । अर्थ मन्त्रालयले समयमै रकम निकासा नगर्दा उद्योगीले रकम पाउन सकेका छैनन् । चालु आवमा मुलुकबाट निर्यात भएका विभिन्न सामग्रीबापत प्रोत्साहन अनुदान दुई अर्ब ६३ करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको उद्योग विभागले जनाएको छ । चालु आवका लागि निर्यातमा अनुदान प्राप्त गर्न सरकारले ९० करोड विनियोजन गरेको थियो । यो वितरण भइसकेको छ ।
ताप्लेजुङको बजेट पाँच अर्ब रुपियाँ
ताप्लेजुङका एक नगरपालिका र आठ गाउँपालिका गरी नौवटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि कुल पाँच अर्ब रुपियाँ बजेट सार्वजनिक गरेका छन् ।
छत्रकोटको ५५ करोड बढीको बजेट
गुल्मीको छत्रकोट गाउँपालिकाले ५५ करोड बढीको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८१८२ को लागि छत्रकोट गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीले ५५ करोड ३६ लाख ८७ हजार ५२३ रुपियाँको बजेट प्रस्तुत गर्नुभयो ।
जोशीपुरको बजेट ५५ करोड तीन लाख
कैलालीको जोशीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ५५ करोड तीन लाख ११ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ ।
आठराई त्रिवेणीको बजेट ५० करोड ५४ लाख
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कूल ५० करोड ५४ लाख रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
लमहीको बजेट ८४ करोड ५१ लाख रुपियाँ
दाङको लमही नगरपालिकाले आर्थिक वर्ष २०८१–८२ का लागि जम्मा ८४ करोड ५१ लाख २४ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगर सभामा उक्त बजेट प्रस्तुत गरिएको हो ।
स्वास्थ्य सेवालाई पहिलो प्राथमिकता दिने
‘समग्र विकास समृद्ध नगर’ को अवधारणासहित बर्दिबास नगर सभाले आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रम ध्वनि मतले पारित गरेको छ।
नेप्से परिसूचक सामान्य अङ्कले बढ्दा पाँच अर्बमाथिको कारोबार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक तीन दशमलव २१ अङ्कले बढेर दुई हजार ६६ दशमलव १६ को विन्दुमा कायम भएको छ ।
तुलसीपुरको बजेट दुई अर्ब सात करोड
तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१–८२ का लागि दुई अर्ब सात करोड ४९ लाख ६८ हजार रुपियाँ बजेट ल्याएको छ ।
कैलारी गाउँपालिकाको बजेट ७७ करोड २१ लाख रुपियाँ
कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ७७ करोड २१ लाख १२ हजार रुपियाँको बजेट ल्याएको छ ।
विराटनगरको बजेट ३ अर्ब ४९ करोड
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-८२ को लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपियाँको वार्षिक अनुमान नगरसभामा प्रस्तुत गरेको छ ।
म्याग्दीको अन्नपूर्णकाे आगामी वर्षको बजेट ५३ करोड बढी
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको लागि ५३ करोड बढीको बजेट सार्वजनिक गरेको छ ।
बिमाको रकम दिने तयारीमा सरकार
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि बिमाका लागि दिनुपर्ने अनुदान रकम दिने तयारीमा सरकार लागेको बताउनुभएको छ । उहाँले कृषि मन्त्रालयले माग गरेको ९७ करोड रुपियाँ अर्थ मन्त्रालयबाट स्वीकृत भएर आउनेबित्तिकै त्यो वितरण हुने बताउनुभयो । आइतबार नेपाल पशु चिकित्सा परिषद्को डिजिटल काउन्सिल र पुस्तकालयको उद्घाटन तथा आइएसओ ९००१:२०१५ को लोकार्पण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
छ हजार ८४३ वटा उजुरीमा ४८ प्रतिशत फर्स्योट
वैदेशिक रोजगारीका नाममा हुने ठगी डरलाग्दो छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा गाउँघरकै दाजुभाइ दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सलटेन्सीलगायतबाट ठगिने गरेका छन् । यसरी ठगीमा पर्ने सबैको तथ्याङ्क भेटिँदैन । वैदेशिक रोजगारीमा भएका ठगीसम्बन्धी उजुरीमध्ये आधाभन्दा कम मात्रै फस्योर्ट हुने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०८०/८१ को ११ महिनासम्म छ हजार ८४३ उजुरी दर्ता भएका छन् । तीमध्ये तीन हजार ३१३ अर्थात् ४८.४५ प्रतिशत फर्स्योट गराउँदा २७ करोड ७२ लाख ९१ हजार ४१२ बराबरको रकम क्षतिपूर्ति भराइएको छ ।
बजेट पारित गर्दै पालिका कार्यालय
कानुनतः असार १० गते सबै पालिकाहरूले प्रत्येक आर्थिक वर्षमा सञ्चालन गर्ने योजना तथा कार्यक्रमको नीति कार्यक्रम र बजेट ल्याइसक्नु पर्छ । इलामका दुई पालिका असार १० अगावै नीति कार्यक्रम तथा बजेट पारित गरेका छन् ।
गोदावरीको बजेट एक अर्ब २२ करोड
कैलालीको गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८१–८२ का लागि एक अर्ब २२ करोड ३३ लाख ६५ हजार रुपियाँको अनुमानित आयव्यय प्रस्तुत गरेको छ ।