शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दिवाकर पोख्रेल
देउखुरी, असार १० गते । दाङको लमही नगरपालिकाले आर्थिक वर्ष २०८१–८२ का लागि जम्मा ८४ करोड ५१ लाख २४ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगर सभामा उक्त बजेट प्रस्तुत गरिएको हो ।
सङ्घीय सरकारको समानीकरण अनुदान १४ करोड ६ लाख, सङ्घीय राजश्व बाँडफाँट १४ करोड ६ लाख, सङ्घीय सशर्त अनुदान चालुतर्फ २३ करोड ३२ लाख पाँच हजार, पुँजीगततर्फ १० करोड २३ लाख, सङ्घीय सरकार समपूरक अनुदान एक करोड ५० लाख, अनुमान गरिएको छ ।
यसैगरी प्रदेश सरकारको ११ करोड ९६ लाख, प्रदेश सरकारको समपूरक अनुदान १० लाख पाँच हजार, प्रदेश राजश्व वाँडवाँट सवारी कर १७ करोड ६९ लाख,आन्तरिक श्रोत ८आठ करोड १४ लाख, स्थानीय राजश्व बाँडफाँटबाट ६ करोड लाख दुई हजार, प्रदेश सरकारको सशर्त अनुदान १० लाख पाँच हजार अनुमान गरिएको छ ।