बर्दिबासका मुसहर समुदायको सामूहिक बिमा
बर्दिबास नगरपालिकाले नगर क्षेत्रका थप २ वडामा बसोबास गर्ने १७५ घरधुरीका २४५ जना मुसहर समुदायको जीवन बिमा गरेको छ।
तरकारीको बेर्ना खरिद-बिक्रीको चटारो (फोटो फिचर)
मुस्ताङका कृषकले आफ्नो तरकारी रोप्ने क्षेत्रमा खनजोत गरेर ठिक्क पारेपछि तरकारीको बेर्ना खरिद गर्न थालेका छन्।
‘खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन’
गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल छ । विसं २०६७ देखि धार्चे गाउँपालिका–३ खोर्लाबेँसीमा ‘धार्चे रेन्बो ट्राउट एण्ड अग्र्यानिक होम’ माछा फार्म सञ्चालन गरिरहेका उहाँलाई व्यवसाय सुरूगर्दा उत्पादित माछाको बजारका विषयमा केही चिन्ता थियो ।
अमेरिकामा बेरोजगारको दर बढ्यो
अमेरिकी रोजगारदाताहरूले अप्रिलमा अपेक्षा गरेभन्दा कम १ लाख ७५ हजार जागिर थपेका छन् । बेरोजगारी दर फेरि ३.९ प्रतिशतमा पुगेको छ ।
सगरमाथा जाने बाटो भत्किएपछि आरोहण ठप्प
सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहणको मुख्य मार्ग खुम्बु आइसफल क्षेत्रमा बाटो भत्किएपछि सगरमाथा आरोहण ठप्प भएको छ । पहिलो क्याम्प नजिकैको ५९०० मिटर उचाइमा शनिवार राती करिब एक सय मिटर भन्दा लामो दुरीमा बाटो भत्किएपछि आरोहण कार्य रोकिएको हो ।
मौरीपालनका निम्ति अनुदान बढाउन किसानको माग
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण भए तापनि सरकारी निकायले ध्यान नदिँदा पछाडि परेको गुनासो गरेका छन् । तीन तहकै सरकारबाट मौरीपालक किसानलाई प्रोत्साहन नहुँदा आफूहरू मर्कामा परेको उनीहरूको गुनासो छ ।
घरेलु उद्योग महोत्सवको तयारी
नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ को तयारी पूरा भएको छ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासङ्घले राजधानीमा पत्रकार सम्मेलनमार्फत मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । स्वदेशी उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक वैशाख २६ गते बुधबारदेखि ३० गतेसम्म राजधानीको प्रदर्शनीमार्गमा आयोजना गर्न लागेको हो ।
एडिबीले नेपाललाई सहयोग बढाउने
दातृ संस्था एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ । एडिबीको ५७औँ वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलिसिमा रहेका अर्थसचिव मधुकुमार मरासिनीसँगको ‘साइड लाइन’ वार्तामा एडिबी अध्यक्ष मासात्सुगु आसाकावाले उक्त प्रतिबद्धता जनाउनुभएको हो । त्यसअघि सचिव मरासिनीले जलवायु परिवर्तनमा नगण्य योगदान भए पनि नेपाल त्यसबाट उच्च प्रभावित मुलुकको सूचीमा रहेकाले त्यससँग जुध्न सहयोग बढाउन प्रस्ताव गर्नुभएको थियो । सो क्रममा अध्यक्ष मासात्सुगुले नेपाललाई जलवायु परिवर्तनका नकारात्मक प्रभावसँग जुध्न सहयोग बढाइने बताउनुभएको हो ।
‘आर्थिक विकासमा ग्रिल तथा स्टिलजन्य व्यवसाय अपरिहार्य’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले देशको आर्थिक विकासका लागि ग्रिल तथा स्टिलजन्य व्यवसाय अपरिहार्य भएको बताउनुभएको छ । ग्रिल तथा स्टिल व्यवसायी महासङ्घ नेपालको २९ औँ स्थापना दिवसको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री तामाङले पूर्वाधारको विकास नभएसम्म देशको आर्थिक विकास नहुने भन्दै ग्रिल तथा स्टिल उद्योगहरूको संरक्षण र प्रवर्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।
साढे सोह्र लाख किसान सूचीकृत
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान वर्गीकरणको कार्यलाई तीव्रता दिएको छ । त्यसका लागि किसानलाई सूचीकृत गर्ने कार्य गरिरहेको छ । कृषि मन्त्रालयले शुक्रबारसम्म १६ लाख ५५ हजार किसान घरपरिवार सूचीकृत गरिसकेको छ । कृषि मन्त्रालयले आर्थिक वर्षको अन्तिमसम्म १८ लाख किसान घरपरिवार सूचीकृत गर्ने लक्ष्य राखिएको सो मन्त्रालयका सहसचिव प्रकाश सञ्जेलले जानकारी दिनुभयो । आगामी आवमा किसान सूचीकरण गर्ने कार्य सकाएर नमुनाका रूपमा भए पनि केही किसानलाई परिचयपत्र वितरण गर्ने तयारी रहेको उहाँले बताउनुभयो । राष्ट्रिय जनगणना २०७८ का अनुसार ४१ लाख घरधुरी किसान छन् । त्यसलाई आधार मान्ने हो भने अगामी आवमा २३ हजार घरधुरी किसानलाई सूचीकरण गर्नुपर्ने हुन्छ । हाल दैनिक तीन हजारका दर किसान सूचीकृत भइरहेका छन् ।
कृषि पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै बेथानचोक
काभ्रेको बेथानचोक गाउँपालिकालाई कृषि पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न लागिएको छ । व्यावसायिक कृषिमा बढ्दो लगानीसँगै पालिकाले कृषि पर्यटनका सम्भावनालाई समेटेर मनोरञ्जन, धार्मिक, पदयात्रा, साहसिक यात्रासँगै रैथानी बाली र विषादीरहित तरकारी खेतीको प्रवर्धनसम्बन्धी काम अघि बढाएको छ । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार पालिकालाई अर्गानिक खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्न पाँचदिने प्राङ्गारिक मल बनाउने तालिम सञ्चालन गरिरहेको बताउनुभयो ।
तेह्र प्रतिशतले बढ्यो पर्यटक आगमन
सन् २०२४ को सुरुदेखि नेपालमा हवाईमार्गबाट भित्रिने विदेशी पर्यटकको आगमन दर उत्साहजनक रूपमा बढ्दै गएको छ । पर्यटकीय सिजन चलिरहँदा सबैभन्दा बढी पर्यटक भित्रिएको सन् २०१९ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिलमा दुई प्रतिशत र सन् २०२३ को तुलनामा झन्डै १३ प्रतिशतले पर्यटक आगमन बढेको छ ।
रायोमा रमाएको मजुवा
धनकुटाको छथरजोरपाटी गाउँपालिका-६ स्थित मुजवा गाउँका भद्रबहादुर विष्ट अहिले रायो खेतीमा व्यस्त हुनुहुन्छ। केही महिना पहिले बारीमा लगाएको रायो अहिले आम्दानी लिने चरणमा छ। उहाँ अहिले दैनिक जसो रायो टिप्न, पानी लगाउन तथा बिक्री वितरण गर्ने कार्यमा व्यस्त हुनुहुन्छ।
सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ ।
जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ ।
बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्र
‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि कर तिर्न आलटाल गरेपछि काठमाडौँ महानगरपालिकाले ३५ दिनभित्र बुझाइसक्न पत्राचार गरेको छ ।
विदेशको आम्दानी चौँरीमा लगानी
फालेलुङ–४ का अजय केरुङले कतार र बहराइन गरी १२ वर्ष रोजागरी गरेर जोरजाम गरेको रकम घर फर्केलगत्तै चौँरी गोठमा लगानी गर्नुभएको छ । उहाँले गत माघमा १२ माउ चौँ
भोलीदेखि काठमाडौँका यी स्थानमा विद्युत् अवरुद्ध हुने
काठमाडौँका विभिन्न स्थानमा भोलीबाट विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
इपिएस रोजगारी : मागको तीन गुणा मात्र आवेदन लिइने
दक्षिण कोरियाले सन् २०२५ देखि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया भाषा परीक्षाका लागि माग सङ्ख्याको तीन गुणा सङ्ख्यामा मात्रै आवेदन लिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग इपिएस कार्यालय, मानव संसाधन विभाग (एचआरडी) कोरियाबिच विभिन्न चरणमा भएको छलफलपछि सो कुरामा सहमति भएको हो । पछिल्लो समयमा इपिएसमार्फत दक्षिण कोरिया जानेका लागि आवेदन भर्नेको सङ्ख्या अत्यधिक भएको र परीक्षा सम्पन्न गर्न वर्ष दिन लाग्ने अवस्थालाई नियन्त्रण गर्न एचआरडी कोरियाले सीमा तोकेको इपिएस शाखाले जनाएको छ ।
उद्यमी बन्न उपयोगी बन्दै सामाजिक सञ्जाल
भैरवा स्थायी घर भई हाल काठमाडौँ बसिरहनुभएकी सावित्रा रिमालले थरिथरीका अचार बनाउने गर्नहुन्छ ।
कसैको दबाब र स्वार्थपूर्ति हुनेगरी करका दर हेरफेर हुँदैनन् : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका आधारमा करका दर हेरफेर गरिने बताउनुभएको छ । अर्थमन्त्री पुनले करका दर हेरफर गर्नुपरे कसैको दबाब र स्वार्थपूर्ति नहुने गरी विवादरहित ढङ्गले हेरफेर गरिनेसमेत बताउनुभयो ।
आइटी क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट आउँछ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा पर्यटन, आइटी, जलविद्युत, खानिजन्य उत्पादन सिमेन्ट र कृषि क्षेत्रलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्नेगरी बजेट निर्माण गरिने बताउनुभएको छ ।
आयोजना बैंकमा प्रविष्ट गरेर योजनाको कार्यान्वयन गरिँदै
सुदूरपश्चिम प्रदेशमा विकास निर्माणसम्बन्धी योजना ‘प्रदेश आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली’मा प्रविष्ट गरेर मात्र कार्यान्वयन गर्न लागिएको छ ।
अमलाचौरका अग्निपीडितलाई राहत
घर गोठ जलेर बिचल्लीमा परेका यहाँका दुई परिवारलाई राहत उपलब्ध गराइएको छ । बागलुङ नगरपालिका-१२ अमलाचौरका अग्निपीडित परिवारलाई बागलुङ नगरपालिका, कालिका भगवती गुठी व्यवस्थापन समिति, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतले नगद तथा खाद्यान्न सहयोग गरेका हुन् ।