• १२ असार २०८१, बुधबार

प्रतितोला छ सयले घट्यो सुनको मूल्य

blog

काठमाडौँ, असार ३  गते । बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु. छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज प्रतितोला रु. एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ । 

आइतबार छापावाला सुन प्रतितोला रु. एक लाख ४२ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन आइतबार प्रतितोला रु. एक लाख ४२ हजार एक सयमा कारोबार भएकामा आजका लागि रु. एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ ।

त्यस्तै, चाँदी आज प्रतितोला रु. एक हजार आठ सय निर्धारण भएको छ । आइतबार चाँदी प्रतितोला रु. एक हजार आठ सय २० मा कारोबार भएको थियो ।  रासस