लाप्चाबाट मानसरोवर कैलाशको दर्शन
नेपाली भूमि नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न सुरु भएको छ । लिमी जाने न्यालु लेकमा जमेको हिउँ पन्छाएर सडक सुचारु भएसँगै लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्ने कार्य सुरु भएको हो । तीन दिनअघि लाप्चा पुगेर भारतीय तीर्थयात्रीलाई मानसरोवर कैलाशको दर्शन गराएर फर्किनुभएका पर्यटन व्यवसायी रिञ्जिन लामाले न्यालुको हिउँ पन्छाएर सडक सुचारु भएसँगै यस वर्षको मानसरोवर कैलाशको दर्शन सुरु भएको बताउनुभयो ।
दक्ष जनशक्तिलाई मात्र वैदेशिक रोजगारीमा पठाइने
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले पाउने क्षतिपूर्तिबापतको रकम बढाउने तयारी भएको जानकारी दिनुभएको छ । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई दिँदै आएको क्षतिपूर्ति रकम सात लाखबाट बढाएर १० लाख पु¥याउने तयारी गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “वैदेशिक रोजागारीमा गएर मृत्यु हुने श्रमिकका परिवारलाई क्षतिपूर्तिबापतको रकम १० लाखसम्म पु¥याउने प्रस्ताव अघि बढाएका छौँ ।” श्रममन्त्री अर्यालले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिनको उपलब्धिबारे जानकारी दिने उद्देश्यले आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।
चौरानब्बे हजार ५१३ मेट्रिक टन मल मौज्दात
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो चालु आर्थिक वर्षमा तीन लाख ८९ हजार ४९७ मेट्रिक टन रासायनिक मल आयात गरेको छ । त्यसमध्ये तीन लाख ६९ हजार ५१८ मेट्रिक टन मल बिक्रीवितरण गरिसकेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले दुई लाख ३२ हजार ५२१ मेट्रिक टन मल आयात गरेर एक लाख ३१ हजार ४१९ मेट्रिक टन बिक्री गरिसकेको छ भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले एक लाख ५६ हजार ९७६ मेट्रिक टन आयात गरेर ९८ हजार १९७ मेट्रिक टन बिक्री गरिसकेको छ । जेठ २८ गतेसम्मको तथ्याङ्क अनुसार कृषि मन्त्रालयसँग युरिया, डिएपी र पोटाससहित हाल ९४ हजार ५१३ मेट्रिक टन मल मौज्दात रहेका छन् ।
घरेलु श्रमलाई मर्यादित बनाउन माग
घरेलु श्रमलाई मर्यादित बनाउन घरेलु श्रमसम्बन्धी कार्यविधि बनाउन माग गरेका छन् । घरेलु श्रमिक मञ्च र स्वतन्त्रता अभियान नेपालको सहकार्यमा ‘अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवस’ को सन्दर्भमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले घरेलु श्रमसम्बन्धी छुट्टै कार्यविधिको माग गर्नुभएको हो । संयुक्त राष्ट्र सङ्घले सन् २०११ जुलाई १६ मा घरेलु श्रमिकसम्बन्धी महासन्धि (आइएलओ १८९) पारित गरेर विश्वभरका घरेलु श्रमिकको हक अधिकारको सवाललाई पनि मान्यता दिएको अवसरमा हरेक वर्ष अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवस मनाउँदै आएको हो ।
बचतकर्ताको दुई अर्ब ८२ करोड अपचलन
दुई अर्ब ८२ करोड रुपियाँ अपचलन गरेको कृषि विकास बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका चार सञ्चालक कानुनको फन्दामा परेका छन् । पति अध्यक्ष र पत्नी व्यवस्थापक रहेको उक्त सहकारीका अध्यक्षसहित १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकामध्ये चार जना पक्राउ परेका हुन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार कृषि विकास सहकारीका अध्यक्ष, व्यवस्थापक र दुई जना सञ्चालक सदस्यलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।
प्रयोग गर्न नजान्दा गुम्दै छ नाइट्रोजन
आफूसँगै भएको नाइट्रोजनको स्रोत गोठेमललाई सही रूपमा प्रयोग गर्न नजान्दा नेपाली किसानले करोडौँ मूल्य बराबरको नाइट्रोजन र युरिया मल गुमाइरहेका छन् । यससँगै रासायनिक मल खरिदका लागि बर्सेनि ठुलो परिमाणमा नेपाली पैसा बिदेसिने गरेको छ । गोठेमलको स्रोतमा गोबरलाई बढी लिने प्रचलन किसानमा छ । तर गोठेमलबारे अनुसन्धान गरिरहनुभएका कृषि प्रचार अधिकृत कृष्ण धितालले पशुको गोबरमा भन्दा मूत्रमा नाइट्रोजन र पोटासको मात्रा अधिक रहने बताउनुभयो ।
मधेस प्रदेशको बजेट २२ करोडले घट्यो
मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रस्तुत गरेको बजेटभन्दा २२ करोड कम हुने गरी आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको छ ।
नेप्से परिसूचक १७ अङ्कले घट्यो
यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ०४ अङ्कले घटेर दुई हजार ९५ दशमलव २५ को विन्दुमा कायम भएको छ ।
घट्यो हेटौँडा उपमहानगरको बजेट : दुई अर्ब ४३ करोड विनियोजन
हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट चालु आवको भन्दा घटेर आएको छ।
११ महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च
चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा सरकारको विकास खर्च ४४ दशमलव ६७ प्रतिशत मात्रै देखिएको छ ।
तोलामा एक हजार छ सयले बढ्यो सुनको मूल्य
स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ४१ हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४२ हजार आठ सय निर्धारण भएको छ ।
दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान
विसं २०५५ मा १६ लिटर दूध सङ्कलन गरी दूधको बजारीकरण थालेको बागलुङ नगरपालिका–१२ टाकुरीको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले हाल दैनिक आठ सय लिटर दूध बिक्री गर्दै आएको छ ।
रातामाटे सबस्टेसन निर्माणको सम्झौता
मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को प्रशारणलाइन परियोजना अन्तरर्गत बन्ने थप एक सबस्टेसनको निर्माण सम्झौता भएको छ । नवलपरासीमा बन्ने न्यु बुटवल सबस्टेसनको ठेक्का सम्झौता लगत्तै एमसीए–नेपालले नुवाकोट जिल्लाको बेलकोटगढी–७ रातमाटेमा ४०० केभी सबस्टेसन निर्माण गर्न शुक्रबार भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको हो । ग्यास इन्सुलेटेड स्विचगियर (जीआईएस) प्रविधिमा आधारित र एक हजार मेगाभोल्ट एम्पियर क्षमताको हुने रातमाटे सबस्टेसनको निर्माण ३९ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको एमसीए नेपालले जनाएको छ ।
बजेटमा सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकता
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताउँदै भौगलिक वस्तुस्थिति र प्राविधिक जनशक्तिको विकासले नेपाल प्रतिस्पर्धीका रूपमा विकास हुँदै गइरहेको बताउनुभयो । शनिबार आयोजित राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पुनले सूचना प्रविधि क्षेत्रमा नेपाललाई प्रतिस्पर्धी बनाउन सरकारले सबै खालको वातावरण निर्माण गर्ने प्रतिबद्ध रहेको बताउनुभयो । आइटी क्षेत्रमा प्रतिस्पर्धाका आधार देखिएको भन्दै राज्यले उच्च प्राथमिकता दिने उहाँले बताउनुभयो ।
एघार महिनामा चवालिस अर्ब वैदेशिक लगानी प्रतिबद्धता
चालु आर्थिक वर्षको ११ महिनामा मुलुकमा ४४ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म ३५९ परियोजनामार्फत ४४ अर्ब ४० करोड रुपियाँ प्रतिबद्धता आएको हो । विदेशी लगानीमा सञ्चालित उद्योगबाट दुई हजार ३२३ जनालाई रोजगारी दिने अनुमान गरिएको छ । गत वर्षको जेठ मसान्तसम्ममा ३४ अर्ब ५८ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । गत वर्षको तुलनामा झन्डै १० अर्ब रुपियाँ बढीको लगानी आएको विभागको तथ्याङ्कले देखाएको छ । नीतिगत सुधारसँग यो वर्ष वैदेशिक लगानी प्रतिबद्धतासँगै भित्रिने रकममा समेत सुधार हुँदै आएको छ ।
समस्याग्रस्त सहकारीको दायित्व पैँतिस अर्बभन्दा बढी
हालसम्म समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाको ३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार रुपियाँ बराबरको दायित्व यकिन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीका अनुसार समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाका बचत माग दाबी गरिएको निवेदन अनुसार ३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार बराबरको दायित्व यकिन भएको छ । सहकारीमन्त्री अधिकारीले एक सय दिनको उपलब्धि तथा प्रगति र आगामी दिनका कार्ययोजना सार्वजनिक गर्दै सहकारीका समस्यालाई तत्कालै सम्बोधन गर्न उच्चस्तरीय आयोग गठन गर्ने कार्यको प्रारम्भ भएको बताउनभयो । दुई वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति व्यवस्थापन तथा दायित्व फरफारक गर्नका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको उहाँले बताउनुभयो ।
खुम्चियो प्रदेशको बजेट
आन्तरिक स्रोत बढ्न नसकेको र सङ्घीय अनुदानसमेत घटेपछि अधिकांश प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को आय तथा व्ययको अनुमान (बजेट) घटाएका छन् । सात वटै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरूले शनिबार आआफ्नो प्रदेश सभामा प्रस्तुत गर्नुभएको बजेट चालु आवको तुलनामा केही घटाएर ल्याउनुभएको हो ।
बागमती प्रदेश : कृषिमा साढे दुई अर्ब बजेट
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ मा कृषिमा आधुनिकीकरणसँगै उत्पादन वृद्धि गर्दै रोजगारीको अवसर सिर्जना गर्ने नीति लिने भएको छ।
सुदूरपश्चिमको बजेट ३१ अर्ब ६२ करोड ९८ लाख
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले सुदूरपश्चिम प्रदेश सभामा बजेट पेश गर्नुभएको छ ।
गण्डकीमा ३३ अर्बको बजेट
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ को बजेट ल्याएको छ। आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले शनिबारको प्रदेशसभामा आर्थिक वर्ष ०८१/०८२ को बजेट प्रस्तुत गर्नुभएको हो।
लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९७ करोड
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ को लागि ३८ अर्ब ९७ करोड बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री चेतनारायण आचार्यले चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ९४ हजार र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख बजेट विनियोजन गरेको शनिबार प्रदेशसभामा जानकारी गराउनुभयो ।
कर्णाली प्रदेश: आगामी आवका लागि ३१ अर्ब ४१ करोड बजेट विनियोजन
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ ।
कोशीको बजेट ३५ अर्ब २७ करोड, पूर्वाधार विकास प्राथमिकतामा
कोशी प्रदेश सरकारले शनिबार प्रदेश सभामा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले विभिन्न शीर्षकमा ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो।
कर्णाली प्रदेशको बजेटमा भौतिक पूर्वाधार तथा सहरी विकासलाई प्राथमिकता
कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षका लागि भौतिक तथा सहरी विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।