समय अघि नै सडक निर्माण सकियो तर भुक्तानी भएन
निर्धारित मिति भन्दा अगाडी नै सडक निर्माण भएर गाडी गुडे पनि भुक्तानी नभएको पाइएको छ । सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लागत साझेदारीमा निर्माण गरिएको सडकका लागि पठाउनु पर्ने बजेट हालसम्म नपठाउँदा सडक निर्माण भएर सञ्चालनमा आए पनि भुक्तानी हुन नसकेको हो ।
लान्द्रुकमा हनी हन्टिङ महोत्सव हुँदै
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७, लान्द्रुकमा हनी हन्टिङ महोत्सव २०८१ हुने भएको छ । पर्यटकीय गाउँ लान्द्रुकमा आउँदो जेठ ८ देखि १० गतेसम्म महोत्सव हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
स्वदेशी वस्तुको उपभोग बढाउन जोड
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । उद्योग मन्त्रालयसँगको साझेदारीमा नेपाल उद्योग परिसङ्घले मङ्गलबार आयोजना गरेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो, “तुलनात्मक लाभ लिई व्यापार विस्तार गर्न पनि स्वदेशी उद्योगलाई प्रवर्धन गर्न आवश्यक रहेको हो ।”
अस्वस्थ प्रतिस्पर्धा गर्दा सहकारी समस्यामा
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरूले बैङ्कभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताउनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन) ले आयोजना गरेको दोस्रो लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा मन्त्री अधिकारीले सहकारीहरू आफ्नो मूल्य मान्यता र सिद्धान्तविपरीत अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्या सिर्जना भएको बताउनुभयो ।
सहकारीको बेथिति समस्या सातै प्रदेशमा
सङ्घीय सरकार मातहतका २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको कारबाही प्रक्रिया अघि बढाइरहँदा सातै प्रदेशमा दर्ता भएका सहकारीमा झन् ठुलो सङ्कट देखिएको छ । सातै प्रदेशमा दर्ता भएका सयौँ सहकारी सञ्चालकले कमजोर आर्थिक अवस्था रहेका हजारौँ नागरिकको बचत अपचलन गरेर फरार भएका छन् ।
करका दरहरु हेरफेर हुँदैनन् : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा कुनै एक व्यवसायीक समूहलाई सरप्राइज दिनेगरी कुनै पनि करका दरमा हेरफेर नहुने बताउनुभएको छ।
सगरमाथा आरोहण गर्न चार सय १४ जनाले लिए अनुमति
सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी चार सय १४ ले अनुमति लिएका हुन् ।
आगलागीमा पीडितलाई घर बनाउन राहत रकम दिने
आगलागीमा परेका परिवारलाई सङ्घीय सरकारले घर बनाउन राहत रकम उपलब्ध गराउने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकमा सरकारले उपलब्ध गराउने राहत रकमबारे जानकारी गराउनुभएको हो ।
चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको उद्योग तथा वाणिज्य विभागले चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ ।
सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम हुँदैन : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम नहुने स्पष्ट पार्नुभएको छ । बैङ्क तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिन मन्त्रालयमा आयोजित छलफलमा मन्त्री पुनले सरकार निजी क्षेत्रको अभिभावक पनि भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।
दस महिनादेखि रोकियो मध्यभोटेकोशीको काम
सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग गरेको पैसा दिन नसकेपछि मध्यभोटेकोशी जलविद्युत आयोजनाको काम दस महिनादेखि रोकिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताल, मोटरबाटोको लागि स्थानीयले १० करोड रकम आयोजनासँग माग गरेका छन् ।
बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक
‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन् ।
सित्ताके च्याऊ खेती
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीस्थित फाँटमा व्यावसायिक रुपमा गरिएको सित्ताके च्याऊ खेतीको टनेल । काठको मुढामा उत्पादन गरिने उक्त जातको च्याऊ स्थानीय तथा काठमाडौँका तरकारी बजारमा माग बढेको उत्पादक बताउँछन् ।
अरुण नदी तर्न अझै फेरीकै भर
उत्तरी क्षेत्रबाट भोजपुर–संखुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा वैकल्पिक उपायको रुपमा फेरीको सहायताले सवारी तथा ढुवानी साधन तारिँदै । वर्षायाम सुरु भएसँगै पानीको बहाव बढ्ने भएकाले करिब छ महिना फेरी बन्द हुने हुँदा यस क्षेत्रका स्थानीयको जनजीवन कष्टकर बन्दै आएको छ ।
तरकारीमा विषादी प्रयोग सचेतनाको अभाव
तरकारीमा प्रयोग हुने विषादीका बारेमा धेरैलाई चेतना छैन भने कतिपयलाई त्यसका बारेमा जानकारी पनि नरहेको पाइएको छ । तरकारीमा जथाभाबी विषादी प्रयोगले आमउपभोक्तामा जोखिम बढ्दै गएको र त्यसले कतिपयको ज्यान पनि जाने गरेको विभिन्न अध्ययनले देखाएको छ । सन् २०२१ मा क्लिनिकल टक्सियोलोजी जर्नलमा प्रकाशित इन्टेन्सनल पेस्टिसाइड पोइजनिङ एन्ड पेस्टिसाइड सुसाइड इन नेपाल अध्ययन अनुसार तराई क्षेत्रमा विषादी दुरुपयोग ठुलो सङ्कट उत्पन्न भइसकेको र यहाँ प्रतिएक लाखमध्ये २५१ जनाले कृषि क्षेत्रमा उपयोग हुने विषादी खाएर आत्महत्या गरेको अध्ययनले देखाएको छ ।
सम्झौता भएको अठार वर्षपछि एकीकृत जाँच चौकी सञ्चालन
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालनमा आएसँगै व्यापारमा सहजीकरण हुने बताउनुभएको छ । नेपालगन्ज नाका स्थित एकीकृत भन्सार जाँच चौकीको आज शुभारम्भ गर्दै उहाँले औपचारिक रूपमा सञ्चालनमा आएपश्चात् दुई देशबिचको व्यापारमा सहजीकरण हुने बताउनुभएको हो ।
घट्यो पेट्रोलियम पदार्थको खपत
बजारमा पेट्रोलियम पदार्थको खपत घटेको छ । बजारमा माग कम हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी आएको हो । डिजेल, खाना पकाउने एलपी ग्यास र मटितेलको खपतमा कमी आएको हो । इन्धनको खपत कम हुँदा आयातमा समेत कमी आएको छ । नेपाल आयल निगममा गत आवको तुलनामा चालु आवको नौ महिनामा डिजेल चार प्रतिशत, मटितेल ११ प्रतिशत र खाना पकाउने एलपी ग्यास ५.३३ प्रतिशतले कमी आएको हो । पेट्रोलको खपत १.६१ प्रतिशत र हवाई इन्धनको खपत १७.६७ प्रतिशतले बढेको निगमले तथ्याङ्क छ ।
बिर्तामोड नगरपालिकाद्वारा बिरामीलाई सहयोग
‘मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात’ भएका बिरामीलाई औषधि उपचार खर्चबापत सरकारले मासिक पाँच हजार उपलब्ध गराउँदै आएको छ ।
धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
कैलालीको धनगढी उपमहानगरपालिकाले २३ करोड ४० लाख ९३ हजार राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाले चालु आव २०८०/८१ को साउनदेखि चैत मसान्तसम्म सो राजस्व सङ्कलन गरेको हो ।
लगानीकर्ताको विश्वास आर्जन
मुलुकको आर्थिक रूपान्तरणका लागि ठुला पूर्वाधार एवं उत्पादन परियोजनामा स्वदेशी र विदेशी निजी लगानी आकर्षित गर्ने उद्देश्यबाट प्रेरित भएर एकद्वार निकायका रूपमा १२ वर्षअघि लगानी बोर्डको स्थापना भएको हो । मुलुकको तीव्र आर्थिक विकासका लागि आवश्यक लगानीको खाडल पूर्ति गर्न निजी क्षेत्रको लगानी सार्वजनिक–निजी साझेदारी (पिपिपी) अवधारणामा र लगानीकर्ताले पूर्ण निजी स्वामित्व रहने गरी निजी स्वपुँजी र ऋण परिचालन भई सञ्चालन हुने परियोजना लगानी बोर्डमार्फत सहजीकरण हुँदै आएका छन् । छ अर्ब रुपियाँ वा सोमाथिका र ऊर्जा परियोजनाको हकमा दुई मेगावाट र सोमाथिका परियोजनाको समग्र प
परिश्रमी हातहरू
मधेश प्रदेशका जिल्लाहरूमा व्यावसायिक कृषिप्रति आकर्षण बढ्न थालेको छ । परम्परागत जीवन निर्वाहमुखीभन्दा आधुनिक व्यावसायिक खेतीबाट बढी कमाइ हुन थालेपछि आकर्षण बढेको हो । पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका युवा, महिला, अनुभवी मानिसले व्यावसायिक रूपमा तरकारी, फलफूल, पशुपन्छीपालनमा लागेका छन् । सिराहाको लहान नगरपालिका–२४, झुटकी मानिकदहका रतन साह करिब १०/१५ वर्षअघि आफ्नै खेतमा स्थानीय काउली (फूलकोबी) खेती गर्नुभएको थियो । त्यसपछि साह तरकारी खेती छोडेर बढी पै
‘अर्थतन्त्र सङ्कटोन्मुख छैन’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रमा हाल देखिएको दबाब अन्त्य गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग आइतबार भएको भेटमा प्रधानमन्त्री दाहालले अर्थतन्त्र सङ्कटोन्मुख छैन, चलायमान पनि हुन नसकेको बताउनुभएको हो । “अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक भएर पनि आर्थिक गतिविधि विस्तार हुन सकेको छैन,” प्रधानमन्त्रीले भन्नुभयो, “अर्थतन्त्रको जग बलियो बनाउने गरी सरकारले नीति तथा कार्यक्रमको खाका बनाइरहेको छ ।” मौद्रिक र वित्तीय नीतिको प्रभावकारी समन्वय गर्नका लागि सरकारले प्रयास गरिरहेको बताउँदै प्रधानमन्त्री दाहालले सहकारी समस्या समाधानका लागि पनि सरकारले ठोस निर्णय गर्ने तयारीमा रहेको धारणा राख्नुुभयो ।
श्रमिकको न्यूनतम पारिश्रमिक अझै कार्यान्वयन भएन
सरकारले उद्योग/प्रतिष्ठानमा काम गर्ने श्रमिकका लागि लागु गरेको न्यूनतम पारिश्रमिक सबै उद्योग/प्रतिष्ठानमा कार्यान्वयन नपाएको तथ्य सार्वजनिक भएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले गरेको श्रम कानुन कार्यान्वयनको विद्यमान अवस्थाबारेको श्रम अडिट प्रतिवेदन २०८० मा सरकारले गत साउन १ गतेदेखि लागु गरेको १७ हजार तीन सय न्यूनतम पारिश्रमिक २१.७ प्रतिशत उद्योग/प्रतिष्ठानमा कार्यान्वयन भएको छैन ।
कुलेखानी जलाशयमा पानी मौज्दात घट्यो
कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवर तालको पानी विद्युत् उत्पादनमा गत वर्षको यही समयको तुलनामा यो वर्ष कम पानी प्रयोग भएको छ । रन अफ रिभरमा आधारित नेपालका जलविद्युत् आयोजनाको नदी, खोलाको पानी सतह घट्दै जाँदा जलाशाययुक्त आयोजना कुलेखानी जलविद्युत् आयोजनाको तीनै वटै जलविद्युत् केन्द्र पूर्ण क्षमता चल्दै आएको हो ।