हरि काेइराला
उर्लाबारी, असार ५ गते । मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्ष ०८१ र ०८२ का लागि १ अर्ब ५ करोड १६ लाख ४३ हजार ५ सय रुपियाँको अनुमानित बजेट प्रस्ताव गरेको छ ।
बुधबार नगरको १२ औँ नगर सभामा उपप्रमुख मिनाकुमारी खतिवडाले बजेट प्रस्तावित बजेट प्रस्तुत गर्नु भएको हो । उपप्रमुख खतिवडाले प्रस्तावित गर्नु भएको बजेट आर्थिक वर्ष ०८० र ०८१ को भन्दा ८ करोड ३१ लाख ८१ हजार ५०२ रुपियाँले कमी हो ।
आव २०८० र ०८१ मा प्रस्ताव गरिएभन्दा ८ करोड ७७ लाख १६ हजार ४७ रुपियाँ मात्र वास्तविक आय गरेको नगरपालिकाले चालु खर्च तर्फ ५६ करोड ८३ लाख ८१ हजार ७१९ रुपियाँ विनियोजन भएकोमा ६३.६८ प्रतिशत अर्थात् ३६ करोड १९ लाख ८१ हजार ५०९ रुपियाँ खर्च गरेको छ । यस्तै पुँजीगत खर्च तर्फ ५६ करोड ६४ लाख ४३ हजार २८३ रुपियाँ विनियोजन भएकोमा ५९.०५ प्रतिशत अर्थात् ३३ करोड ७० लाख ५९ हजार ५१५ रुपियाँ खर्च गरिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८० र ०८१ मा २१ करोड ६९ लाख ४४ हजार ११४ रुपियाँ आन्तरिक आम्दानी गरेको छ ।
चालु आवका लागि नगरले सङ्घीय सरकार वित्तीय समानीकरणबाट १६ करोड २१ लाख,सङ्घीय सरकार विशेष अनुदान ३ करोड, सङ्घीय सरकार सशर्त अनुदान ४५ करोड ८४ लाख, सङ्घीय सरकार समपूरक अनुदान १ करोड ५० लाख, सङ्घीय सरकार वन रोयल्टी ३७ लाख, विज्ञापन करबाट ३ लाख ५० हजार प्रदेश सरकारबाट वित्तीय समानीकरण १ करोड १३ लाख १८ हजार ,प्रदेश सरकार समपूरक अनुदान १ करोड ५० लाख ,प्रदेश सरकार सवारीसाधन करबाट प्राप्त हुने ९७ लाख ७५ हजार, प्रदेश सरकार शसर्त अनुदान ५८ लाख २ हजार रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै, मूल्य अभिवृद्धि करबाट प्राप्त हुने १० करोड ,जनसहभागिता बाट १ करोड ९० लाख र आन्तरिक आम्दानी तर्फ ९ करोड ९१ लाख ८७ हजार गरी कुल १ अर्ब ५ करोड १६ लाख ४३ हजार ५ सय रुपियाँको अनुमानित बजेट प्रस्ताव गरिएको छ ।
खर्चतर्फ प्रशासनिक खर्च १४ करोड ९१ लाख ६० हजार ,नगर गौरवको आयोजनाका लागि १ करोड,समपूरक कोषका लागि २ करोड,भवन निर्माण १ करोड,विपत् व्यवस्थापन १ करोड २५ लाख ,नगरपालिका विशेष क्षेत्रगत योजना तथा कार्यक्रम २७ करोड ४७ लाख ८१ हजार रुपियाँ विनियोजन गरिएको छ ।नगरले चालु खर्च ४२ करोड ८१ लाख १० हजार अर्थात् बजेटको ४०।७१ प्रतिशत र पुँजीगत तर्फ ६२ करोड ३५ लाख ३३ हजार ५ सय रुपियाँ अर्थात् ५९।२९ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।
नगरले हरेक विद्यालयमा मनोपरामर्शदाता नियुक्ति गर्ने,किसानलाई अनुदानको व्यवस्था गर्ने,वैदेशिक रोजगारबाट फर्किएकाहरूलाई विशेष कार्यक्रम ,गर्भवती महिलाको घर घरमा पुगेर स्वास्थ्य परीक्षण लगायतका कार्यक्रम ल्याएको छ ।
 
                                
                             
                                                 
                                                             
                                                                -square-thumb.jpg) 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                