• १५ कात्तिक २०८२, शनिबार

मुस्ताङमा कुकुरको बन्ध्याकरण शिविर

blog

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा आयोजित शिविर ।

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), कात्तिक १४ गते । मुस्ताङमा छाडा छोडिएका सामूदायिक कुकुरले स्थानीय र पर्यटकलाई दुःख दिन थालेपछि पाँचवटै स्थानीय तहमा नियन्त्रणका लागि बन्ध्याकरण थालेको छ । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालयको आयोजनामा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङ र तथा स्थानीय तह पशु शाखासँगको समन्वयमा उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाबाट बन्ध्याकरण सुरु गरिएको हो ।

सार्वजनिक स्थानमा भुस्याहा कुकुरका कारण पर्यटकमा देखिएको त्रास तथा स्थानीय समुदायको समेत अनुरोधमा एक्यापले ’छाडा कुकुर नियन्त्रण कार्यक्रम’ मार्फत टोलबस्तीमै पुगेर बन्ध्याकरण गरिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले बताउनुमयो । 

प्रमुख पौडेलले भन्नुभयो, ‘‘छाडा कुकुरबाट समुदायदेखि पर्यटकसम्मलाई समस्या हुन थालेको छ । यो शिविरले संख्या बृद्धि नियन्त्रण गर्न पनि सहयोग पुग्छ ।’’ मुस्ताङमा स्थानीय, पशुचौपाया सँगै घुम्न आउने पर्यटकलाई समेत छाडा कुकुरबाट हानीनोक्सानी नहुनेगरी बन्ध्याकरण गरी प्रजनन दर घटाउन दुई चिकित्सकसहितको प्राविधिक टोली खटाइएको पौडेलको भनाइ छ । 

शिविरमा दुई भेटेरिनरी चिकित्सकसहितको टोलीले छाडा कुकुरलाई अनिवार्य तथा घरपालुवा कुकुरलाई स्थानीयको आवश्यकताअनुसार बन्ध्याकरण गरिएको छ । घरपालुवा कुकुर घरमालिकले शिविरसम्म ल्याउनुपर्ने भने छाडा कुकुर खटिएको जनशक्तिको सहयोगमा गाउँ तथा बजार क्षेत्रबाट छोपेर पशु एम्बुलेन्समा सङ्कलन गरी ल्याउनेृ गरिएको छ । 

कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरिन्छ । भाले कुकुरलाई भ्यासेक्टोमी र पोथी कुकुरलाई मिनिल्याप गराएपछि कम हिंस्रक हुने, आयु बढ्ने, स्वस्थ रहने, जथाभावी नहिँड्ने र संख्या घट्ने भएकाले हेक बर्ष शिविर सञ्चालन गर्ने गरिएको आयोजक एक्यापले जनाएको छ ।