युवालाई स्टार्ट अप कार्यक्रम सञ्चालन गर्न कर्जा
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आगामी आर्थिक वर्षमा एक हजार युवालाई स्टार्ट अप कार्यक्रम सञ्चालन गर्न कर्जा प्रदान गरिने बताउनुभएको छ ।
सरकारले पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने
सरकारले देशभरका पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।
सहकारी संस्थाको सुपरिवेक्षणका लागि विशिष्टकृत नियामक निकाय स्थापना गरिने
सरकारले सहकारी संस्थाको सुपरिवेक्षण र नियमनका लागि विशिष्टिकृत नियामक निकाय स्थापना गर्ने भएको छ । मङ्गलबार आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी संस्थाको सघन सुपरिवेक्षण र नियमनका लागि विशिष्टिकृत नियामक निकाय स्थापना गरिने बताउनुभएको हो ।
गरिब नागरिकलाई विद्युतीय चुल्हो उपलब्ध गराउने
सरकारले गरिब नागरिकका लागि विद्युतीय चुह्लो उपलब्ध गराउने घोषणा गरेको छ ।
दश महिनामा ६० प्रतिशत बजेट खर्च
चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ ।
धितोपत्र व्यवसायीको कमिसन घट्यो
नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र व्यवसायीको सेवा शुल्क (कमिसन) घटाएको छ । अर्थमन्त्रालयको स्वीकृतिपछि कमिसन घटाइएको बोर्डले जनाएको छ ।
छाक टार्ने असनको तरकारी बजार (फोटो फिचर)
झिसमिसेमै असनका पेटीहरूमा खर्पन र पोको बोकेर तरकारीका खुद्रे व्यापारीहरूको भीड लाग्न सुरु हुन्छ । किनकि बिहान ८ बजेभन्दा पछि असनको व्यापारको शैली फेरिन्छ । बिहान तरकारी त दिउँसो र रातीसम्म कपडा र अन्य व्यापार ।
करछलीको ८९ लाख मूल्यको मुस्ताङ गोल्ड रक्सी बरामद
इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले बिल बिजकभन्दा बढी मदिरा लोड गरिएको एउटा ट्रक नियन्त्रणमा लिएको छ । धनुषाको मिथिला नगरपालिका–६, ढल्केवर चोकबाट सोमबार साँझ मुस्ताङ गोल्ड ब्रान्ड मदिरा बोकेको मालवाहक एउटा ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
वित्तीय सङ्घीयतामा मध्यम सुधार
प्रदेश तथा स्थानीय तहमा सार्वजनिक वित्तीय व्यवस्थापनका लागि नेपालमा कानुनी र संस्थागत सुधारले निरन्तरता पाए पनि यो मध्यम गतिमा रहेको एक अध्ययनले देखाएको छ । विश्व बैङ्कले सार्वजनिक गरेको नेपाल वित्तीय सङ्घीयता अध्ययनको दोस्रो संस्करणले सङ्घीय राजस्व सङ्कलन घट्दा त्यसको प्रभाव देखिएको उल्लेख गरेको छ । सङ्घीय राजस्व घट्दा प्रदेश तथा स्थानीय सरकारका लागि उपलब्ध वित्तीय स्रोतमा आएको कमीसँगै वित्तीय सङ्घीयताको सुरुवात भएयता पहिलो पटक प्रदेश तथा स्थानीय तहले वित्तीय घाटाको सामना गरेको पनि अध्ययनले देखाएको छ ।
प्रविधि विकासमा निजी क्षेत्रको सहभागितामा जोड
सूचना प्रविधिसँग सम्बन्धित पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । लगानी विस्तारबिना सूचना प्रविधिको पहुँच बढ्न नसक्ने भएकाले निजी क्षेत्रको लगानी अपरिहार्य हुने उनीहरूको मत छ । नेपाली दूरसञ्चार सेवाप्रदायकसहित सूचना प्रविधिका सरोकारवालासमेत सम्मिलित हुवावे डिजिटल तथा इन्टेलिजेन्ट एपेक कार्यक्रमका क्रममा डिजिटल प्रविधिको विकास र प्रयोग प्रवर्धन गर्न निजी क्षेत्रबिच विभिन्न स्वरूपमा सहकार्य विस्तार गर्न उनीहरूको सुझाव थियो ।
खाद्य अधिकार तथा सम्प्रभुतासम्बन्धी नियमावली कार्यान्वयन
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी नियमावली २०८० कार्यान्वयनमा ल्याएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएपछि त्यसलाई राष्ट्रपतिबाट प्रमाणीकरण गराई कार्यान्वयनमा ल्याएको छ । खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५ को दफा ४६ ले दिएको अधिकार प्रयोग गरी यो नियमावली बनाएर कार्यान्वयनमा ल्याएको हो । नियमावलीले खाद्य सुरक्षा, भोकमरी नियन्त्रण, लक्षित घरपरिवारलाई खाद्यको व्यवस्था तथा किसान सुरक्षाको विषयमा विशेष जोड दिएको छ । स्थानीय तहले नियमावलीले तोकेबमोजिम ढाँचामा सर्वेक्षण गरी लक्षित घरपरिवार पहिचान गरेर पहिचानपत्र दिएर मात्र खाद्यान्नको व्यवस्था गरिने भनिएको छ ।
जहाँ एकै दिन सुरु गरिन्छ मार्सी धान रोपाइँ
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–९ को जिउलामा मार्सी धान रोपाइँ सुरु भएको छ । कर्णालीकै राम्रो मार्सी धान उत्पादन हुने चिल्खायाको जिउलामा सोमबारदेखि रोपाइँ सुरु भएको हो । वर्षमा एउटा बाली मार्सी धान मात्र लगाउने चिल्खायाको खेतमा सबै किसानले एकै साथ धान रोपाइँ सुरु गरेका छन् । वडा नं ९ का वडाध्यक्ष नरेन्द्रबहादुर रोकायाले अन्य गाउँका नागरिकको सहयोगमा सबै घरपरिवारका सदस्यले एकै दिन मार्सी रोप्न सुरु गरेको बताउनुभयो । अध्यक्ष रोकायाले आज एक जनाले भोलि अर्को एक जना गर्दै पालैपालो धान रोपाइँ गर्दा एकैनासको उत्पादन नहुने परम्परागत विश्वास रहेकाले एकै दिन रोपाइँ गर्ने चलन रहेको बताउनुभयो ।
छ हजार सात सय पाँच जनाले सम्पत्ति विवरण बुझाएनन्
सार्वजनिक पद धारणा गरेका छ हजार सात सय पाँच जनाले गत आर्थिक वर्ष २०७९÷८० मा आफ्नो सम्पत्ति विवरण नबुझाएको पाइएको छ ।
आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
सरकारको आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
व्यापार मेलामा साढे सात करोडको कारोबार
घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा राजधानीको भृकुटीमण्डपमा सुरु भएको १७ औँ औद्योगिक व्यापार मेलामा सात करोड ६५ लाख रुपियाँको कारोबार भएको हो । पाँच दिनसम्म चलेको औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सम्पन्न भएको छ । आइतबार सम्पन्न भएको मेलालाई दुई लाख ५३ हजारले अवलोकन गरेका थिए । महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले मेला सोचेभन्दा सफल भएको जानकारी दिनुभयो । मेलामा प्रत्यक्ष/अप्रत्यक्ष, अडर, बुकिङसमेत गरी समग्रमा सात करोड ६५ रुपियाँ बराबरको कारोबार भएको उहाँले जानकारी दिनुभयो ।
केयरगिभरमा इजरायल जान अन्ठाउन्न जनाको भिसा जारी
इजरायलमा दीर्घकालीन स्याहार केन्द्रका लागि नेपाली सहायक श्रमिकका रूपमा केयरगिभरमा जान स्वास्थ्य परीक्षण गरेका ४२५ युवामध्ये ५८ जनाको भिसा जारी भएको छ । दीर्घकालीन स्याहार केन्द्रका लागि नेपाली सहायक श्रमिकका लागि इजरायल दूतावासले ५८ जना युवा जेठको दोस्रो साताभित्र इजरायल उडान गर्ने गरी भिसा जारी भएको हो ।
सुशासनका पक्षमा उभिएकाले राजश्व बढाउन सफल भयौँ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासनका पक्षमा दृढतापूर्वक उभिएकाले आफ्नो मन्त्रालयले अघिल्लो आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षमा राजश्व वृद्धि गरेको बताउनुभएको छ ।
तोलामा तीन सयले घट्यो सुनको मूल्य
स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ३८ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३८ हजार एक सय निर्धारण भएको छ ।
अशुद्ध पानी वितरण गर्ने पानी उद्योगमा सिल, एक लाख ९० हजार जरिवाना
नेपालगन्जका विभिन्न उद्योग तथा फर्म व्यवसायमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा कैफियत पाइएका विभिन्न उद्योग तथा फर्मलाई कारबाही गरिएको छ । अनुगमनका क्रममा कैफियत पाइएका दुई वटा उद्योग सिल गरिएको छ भने विभिन्न चार वटा उद्योगलाई कारबाही गरी एक लाख ९० हजार रुपियाँ जरिवाना गरिएको छ ।
बाख्रापालनबाट मनग्गे आम्दानी
इच्छाशक्ति र केही गरेर देखाउने सोच भए गाउँघरमै बसेर राम्रो पैसा कमाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ, बाँकेको राप्ती सोनारी गाउँपालिका–७ की सीता दमाईंले । उहाँले घरमै बाख्रापालन गरेर अहिले वार्षिक तीन लाख रुपियाँ चोखो आम्दानी गरिरहनुभएको छ । राप्ती सोनारी गाउँपालिका–७, निबुवाटार बस्ने दमाईंले दुई बाख्राबाट सुरु गर्नुभएको व्यावसायबाट अहिले खोर नै भरिभराउ छ । सिलाइकटाइबाट जीवनयापन गर्दै आएको दमाईं परिवारले एउटा बाख्रो र पाठी उपहार पाएपछि सुरु गरेको व्यावसायबाट अहिले ३० वटा खसी बाख्रा उहाँको खोरमा छन् ।
केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो,उपभोक्ता भने महँगो तिर्न बाध्य
चालु आर्थिक वर्ष २०८०/८१ को चैत महिनामा सेवा र वस्तुको महँगी घटेको तथ्य सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत आव २०७९/८० को चैत महिनाको तुलनामा चालु आवको चैत महिनामा वस्तु र सेवाको महँगी झन्डै आधाले घटेको हो । केन्द्रीय बैङ्कको प्रतिवेदन अनुसार गत आवको चैत महिनामा ७.७६ प्रतिशत रहेको महँगी चालु आवको चैतमा घटेर ४.६४ प्रतिशतमा सीमित रहेको छ । खाद्य तथा पेय पदार्थको महँगी पनि गत वर्षको चैतको तुलनामा घटेको छ । गत आवको चैतमा ६.९३ प्रतिशत रहेको महँगी चालु आवको चैतमा ५.२१ प्रतिशतमा सीमित रहेको देखिएको छ ।
दुध खरिद सुनिश्चित दैनिक सात हजार लिटर खरिद गरिने
मकवानपुरका दुग्ध उत्पादक किसानले उत्पादन गर्दै आएको दुध मिल्क होलिडे, उचित मूल्य नपाउनेलगायतका समस्या झेलिरहेको समयमा पूर्वी मकवानपुरको बकैया गाउँपालिकाका किसानले उत्पादन गरेको दुध बिक्री सुनिश्चित भएको छ । बकैया गाउँपालिकाभित्र उत्पादन हुने दुध १० वर्षसम्म खरिद बिक्री गर्ने गरी गाउँपालिका र डेरी उद्योगबिच सम्झौता भएको हो । बकैया गाउँपालिका कार्यालय र भक्तपुरको चाँगुनारायण नगरपालिका–५, खरिपाटीस्थित शिवपुरी फ्रेसडे डेरी उद्योगबिच बकैया गाउँपालिकामा उत्पादित दुध खरिदसम्बन्धी १० बर्से सम्झौता गरिएको हो ।
नौ महिनामा साढे छ अर्ब भित्रियो विदेशी लगानी
मुलुकमा नौ महिना साढे छ अर्ब प्रत्यक्ष वैदेशिक लगानी (एफडिआर्ई) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्म छ अर्ब ४८ करोड रुपियाँ भित्रिएको छ । गत वर्ष सो अवधिमा दुई अर्ब ६२ करोड रुपियाँ भित्रिएको हो । गत वर्षको तुलनामा चार अर्ब १४ करोड रुपियाँले बढी भत्रिएको हो । सो अवधिमा मुलुकबाट पुँजीगत ट्रान्सफर १९.२ प्रतिशतले कमी आएर चार अर्ब ७८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर पाँच अर्ब ९१ करोड कायम भएको थियो । नीतिगत सुधारसँग मुलकमा भित्रिने विदेशी लगानीमा सुधार आएको हो ।
किसानलाई परिचयपत्र वितरण गरिने
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अगामी आर्थिक वर्षदेखि किसानलाई परिचयपत्र वितरण गर्ने भएको छ । १६ लाखभन्दा बढी किसान सूचीकृत भइसकेका र तिनलाई वर्गीकरण गरी परिचयपत्र वितरण गरिने कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता सवनव शिवाकोटीले बताउनुभयो ।