• २२ पुस २०८१, सोमबार

धान दिवस मनाउने तयारी

blog

काठमाडौँ, असार १२ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न कार्यक्रम गरी २१ औँ राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव २०८१ मनाउने भएको छ । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ असार १५ गते विभिन्न कार्यक्रम यो महोत्सव मनाउन लागिएको कृषि विभागले जनाएको छ । सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ यो दिवस मनाइने विभागले जनाएको छ । 

राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन धानको मुख्य भूमिका रहेको छ । यो धान दिवस २०६१ सालदेखि मनाउँदै आएको छ । प्रत्येक असार १५ लाई धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउन लागिएको यो दिवसका लागि देशको आवश्यकता र प्राथमिकताका आधारमा विभिन्न नारा तय गर्दै आएको छ । 

असार १५ गतेका दिन नेपालीले रोपाइँ गर्दै खेतमा दही चिउरा खान गरेको छ । खेत नगएका पनि सो दिन घरमै दही चिउरा खाएर धान दिवस मनाउँदै आएका छन् । रोपाइँ गरी दही चिउरा खानाले गति परिने विश्वासले आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाइँ गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खाने गरेको पाइन्छ । दोहोरी रोपाइँ गीतको रन्कोमा रोपाइँ गर्नु असारको अर्को आकर्षण हो ।  

असार १५ सम्म लाठे र बाउसेलाई आली जोर्ने र मेलो बनाउन चटारो छ भने कोरी बाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बिउ काट्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तरखरमा जुटेका हुन्छन् ।